Author: Kathmandu Khabar

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ ।टुंगो लगाइएको नामप्रति  गगन थापाको लिखित असहमति पेश गरेका छन् । टुंगो लगाएको नाममा संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ जना रहेका छन् । गए राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् । मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन् । वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । विष्णु देवी…

Read More

जनैपूर्णिमाको दिनलाई रक्षाबन्धनको रुपमा मान्ने गरिन्छ । त्यो बन्धनको पनि बन्धन बाँधेर एउटा कानुन वि.सं. १९९० को दशकमा नेपालमा बनेको भेटिएको छ । जसले जनै कसले लगाउने, जबर्जस्ती जनै निकाल्नेलाई कारबाही हुने जस्ता व्यवस्था गरिएको थियो । संवत् १९९२ सालमा बनाइएको नियमअनुसार जनै लगाउन पाउने नपाउने, जनै निकाल्न पाउने नपाउने जस्ता विधि बाँधिएको थियो । सो कानुनको ११ नं नियम अनुसार जनै नपाउने जातले जनै लिने दिने दिलाउनेलाई जनही ६० रुपैयाँ दण्ड गर्नू, बेमार्गको दीक्षामन्त्र जानीजानी दिनेलाई ५० रुपैयाँ दण्ड गर्ने व्यवस्था उल्लेख छ । त्यस्तै, बेहक्मा जनै झिक्ने र झिक्न लगाउनेलाई १०० रुपैयाँ दण्ड गर्नू र बेहक्मा झिकाइमाग्नको जात…

Read More

यो वर्ष हालसम्मै धेरै धान उत्पादन भएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्मै धेरै धान फलेको हो। मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७/७८ मा थियो। सो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम छ। कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो। तर उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए। उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादकत्व ४.९७ प्रतिशतले…

Read More

राजाराम फुयाल उपत्यकाका वरिपरि पहरेदार जस्ता बनेर बसेका महाभारत र शिवपुरी पर्वत शृखला हेर्ने रहर र उत्सुकता पुरा गर्न यसपटक हामीले लाकुरी भन्ज्यांगलाई गेट वे बनाउने निधो गर्यौ । जहाबाट एकैपटक दुवै पहाडको रसास्वादन गर्न सकिन्छ । ककनीदेखि झुलेसम्मको पुरै शिवपुरीलाई निहाल्ने सहि बिन्दु पनि लाकुरी नै हो भने महाभारत खण्डको फुलचोकी चन्द्रागिरी खण्डलाई निहाल्ने बिन्दु पनि यहि हो । भनिन्छ, मानिसको जिन्दगी सुख र दुखको संगम हो । मानिसहरू दुखबाट टाढा भाग्न विभिन्न गतिविधिे गर्छन । त्यस्तै गतिविधिमा पदयात्रा पनि पर्छ । पदयात्रा गर्ने एउटा ठाउ हो लाकुरी भन्ज्याङ । लाकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको…

Read More

काठमाडौं । हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति बाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ। तत्कालीन सरकारले २०५२ सालमा गरेको निर्णय सहित योजना अघि बढाएको कान्ति वाल अस्पतालका निर्देशक डा. पंकज रायले बताएका हुन्। उनले आइतबार अस्पतालको ६२ औ स्थापना दिवसको अवसरमा यस्तो जानकारी दिएका हुन्। २०५२ सालमा सरकारको निर्णय अनुसार बालरोग विशेषज्ञ मणिन्द्र रञ्जन बरालको संयोजकत्वमा वाल स्वास्थ्य अध्ययन संस्थान सभाव्यता अध्ययन कार्यदल गठन गरेको थियो। सरकारको २०७७÷०७८ को नीति योजनाले पनि यो अस्पताललाई बालरोग सम्बन्धी उच्च शिक्षा…

Read More

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको नाममा सहमति भएको छ । उम्मेदवार चयन गर्न पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकमा सिटौलाको नाममा सहमति भएको हो । बैठकमा सहभागी एक नेताले भने, ’सिटौलाजीको नाममा सहमति भएको छ अन्यबारे छलफल जारी छ । सिटौला टिकट लिएर विराटनगरका लागि प्रस्थान गरिसकेका छन् ।’ कांग्रेसको डा शेखर कोइराला पक्षले गत साल भएको निर्वाचनमा पराजितलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबनाउने भने पनि सिटौलाको नाममा भने सहमति गरेको स्रोतले बतायो । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले  सत्ता गठबन्धनमा भागबन्डा लगाउँदा १० सिट पाएको छ ।  संसदीय बोर्डको बैठकपछि आजै बस्ने कार्यसम्पादनको बैठकले अन्य…

Read More

काठमाडौं । करिब १०० वर्ष पहिले नेपाल आउने युरोपियनहरूलाई सरकारी सुविधा दिने गरिएको पाइएको छ । सरकारी निम्ता मान्न आएका युरोपियनहरूलाई सरकारले खानाको राम्रो बन्दोबस्त गर्ने गरेको भेटिएको हो । एक लालमोहरका अनुसार विक्रम सम्वत् १९८९ सालमा सरकारी निम्तामा आएका युरोपियनलाई प्रतिजवान दिनको दुई छाकका लागि कम्पनी ४ रुपैयाँ ८ आना सरकारी खर्च हुने गरेको भेटिएको हो । दैनिक खाना ( दुई छाक)को सूची अनुसार प्रत्येक दिन दुई पाऊरोटी र दुई वटा कुखुरा काट्ने गरिएको छ । त्यस्तै, दैनिक ८ वटा कुखुराको अण्डा, छ सेर दूध, दुई सीसी सोडा, २ आनाको फलफूल र छ आनाको मासु पनि दिने गरिएको छ…

Read More

बहादुर भवन (सुरुमा चार बुर्जा दरबार भनेर चिनिन्थ्यो) नेपालको राजधानी काठमाडौंमा रहेको राणा दरबार हो। केशर महलको उत्तरमा जमलको पश्चिममा अवस्थित दरबार परिसरलाई आँगन, बगैंचा र भवनहरूको प्रभावशाली र विशाल श्रृंखलामा समाहित गरिएको थियो। सुरुमा दरबार वीरशमशेर जबराले बनाएका थिए र विसं १९६२ मा आगलागीबाट ध्वस्त भएपछि रुद्र शमशेर जबराले पुनः निर्माण गरेका थिए। चारबुर्जा दरबार वीरशमशेर जबराले १८० रोपनी जग्गामा निजी आवासको रूपमा निर्माण गरेका थिए । निर्माणलगत्तै वीरशमशेरले यो सम्पत्ति आफ्ना तेश्रो छोरा रुद्रशमशेर जबरालाई हस्तान्तरण गरेका थिए, जो विसं १९५९ मा वीरशमशेर जबराको मृत्युपछि दरबारमा सरेका थिए । सन् १९६२ मा चारबर्ग दरबारमा आगलागी हुँदा नराम्ररी क्षति…

Read More

काठमाडौं । आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताए। मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेका छन् ।

Read More

काठमाडौं । विज्ञापनमा राखिएको एउटा बुँदालाई लिएर सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ । पूर्वपदाधिकारीले मात्रै उपकुलपतिका लागि आवेदन दिन पाउनेगरी यसअघि गरिएको सूचना तीन दिन पनि नपुग्दै रद्द गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्रतिबन्ध खारेज गर्न निर्देशन दिएपछि नयाँ सूचना जारी गर्दै उपकुलपतिको लागि गरिएको सूचना रद्द भएको बताइएको छ । पदाधिकारीबाट उपकुलपति नियुक्त गरी फेरि भागबन्डा गर्न थालियो भन्दै विरोध भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए । त्यसपछि समितिले शनिबार निर्णय गरेर यसअघिको सूचना रद्द गरेको जानकारी दिएको हो ।

Read More

काठमाडौं । गाइँचा प्याखँ नेपालको सांस्कृतिक राजधानी भक्तपुरमा देखाइने महत्वपूणर् नाच हो ।  यो प्याखँ ९ नाच ० हरेक बर्ष गाईजात्रामा टोल टोलमा प्रर्दशन गरिन्छ । गोलो आकारमा बसेर प्रत्येक नाँच्ने कलाकारले एउटा एउटा लौरो बोकेर संगीतको तालमा भुइँमा ट्वाक ट्वाक टेक्ने गरिन्छ। गीतको तालमा बिस्तारै गोलो घुम्नु पर्छ र घुम्दै गर्दा बीच बीचमा फरक्क फर्की अर्को तर्फ घुम्ने गरिन्छ। पुरुषहरुको नाच भएतापनि पछिलो समय केटीहरु पनि यस नान्चमा भाग लिन थालेका छन्। हरेक नाँच्ने कलाकारले दौरा ,सुरुवाल ,इष्टकोट ,नेपाली टोपी लगाएर नान्च्द्छ। मुखमा सेतो कपडाको मुकुट(मुखुण्डो) बनाएको हुन्छ । सेतो कपडाको टुक्रालाई आँखा, मुख, नाक पर्नेतिर प्वाल पारेर टाउकोको पछाडि…

Read More

काठमाडौं । शिवपुरीको फेदैमा रहेर पनि बुढानीलकण्ठ तथा टोखालगायतका नगरपालिकाका कतिपय स्थान खानेपानीको चरम हाहाकारमा रहेको छ । शिवपुरी जंगलबाट बग्ने खोला, खोल्सी तथा जरूवाहरूका पानीलाई व्यवस्थित गरेर यस भेकलाइ खानेपानीको दीर्घकालीन व्यवस्था गर्ने तयारी गरिरहेको सांसद गगन थापाले जनाएका छन् । सांसद थापाले बुढानीलकण्ठको कपनमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयले यो विषयमा चासो देखाएकोले बुढानीलकण्ठले खानेपानीको दीर्घकालीन बाटो पाउने आधार तय गर्न सक्ने बताएका छन् । बुढानीलकण्ठको कपनमा खानेपानी उत्पादन तथा वितरणमा पछिल्ला २ दशकदेखि सक्रिय कपन जोराधारा खानेपानी संरक्षण संस्थाको अधिवेशनलाइ सम्बोधन गर्दै सांसद थापाले सो कुरा बताएका हुन् । बुढानीलकण्ठ तथा टोखा भेकले दीर्घकालीनरूपमा खानेपानीको समस्या समाधान गर्न सक्ने…

Read More

काठमाण्डौ – अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ । पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा उड्दै झ्याल खसेको हो । उडेको ३५ मिनेटमै विमानलाई पोर्टल्याण्डमा आकस्मिक अवतरण गराइएको र यात्रु तथा चालक दलका १ सय ७७ जना सकुशल रहेका बीबीसीले जनाएको छ । झ्याल नै खसेपछि विमानभित्र खैलाबैला मच्चिएको थियो, भने हावाको चापका कारण विमानलाई नियन्त्रणमा राख्न चालक दलका सदस्यलाई हम्मे हम्मे परेको थियो । यो घटनापछि अलास्का एअरलाइन्सले बोइङ ७३७ म्याक्स ९ सिरिजका सबै ६५ वटा विमानलाई निरीक्षण गर्न अस्थायी रूपमा ग्राउन्डेड गरिएको जनाएको छ…

Read More

कोत पर्व नेपालको इतिहासमा दोश्रो ठूलो हत्याकाण्ड हो। रानीको बिश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरू बीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो। गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा सर्वप्रथम अभिमान सिंह बस्नेत मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे लगायतका ३१ जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यश घटनामा ११ चौतारिया, ६ पांडे ,३ थापा र ११ अन्य क्षेत्रीय भारादारकोहत्या भएक्क थियो। काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम…

Read More

– धन शमशेर ज.ब.रा ऐतिहसिक प्रमाणबाट पुष्ट हुन नसके तापनि हाम्रो यहाँ तुलजा विषयका किंवदन्तीहरू चलेर आएका छन् । ‘देवमाला’ मा यस विषयमा यस्तो लेखिएको छ- “अघि सत्ययुगमा दिव्य एक हजार वर्ष इन्द्रले श्रीसदाशिवको उपासना गर्दा, भगवान् आशुतोष प्रसन्न भै तुलजा भवानीको सुनमा अंकित भएको यन्त्र, मन्त्र र पद्धति (हस्तलिखित वंशावलीमा वज्र अर्थात हीरामा अंकित भएको भन्ने छ) इन्द्रलाई दिनुभयो । इन्द्रले पनि सो यन्त्र अमरावतीमा ल्याई भव्य मन्दिर बनाई यिनलाई विराजमान गराई आफ्नो इष्टदेवता मानी आराधना गरिरहेका थिए । पछि रावणको छोरा मेघनाथ स्वर्गमा आई इन्द्रसित लड्न थाल्यो र त्यहाँ तुलजा भवानी हुनुहुन्छ भन्ने कुरा बुझेकोले रोज नरबलि दिनेछु…

Read More

पहिलो शीतयुद्धको चरम विन्दुको अवधिमा दक्षिण एसियाको भूराजनीतिको चरित्रलाई परन्तुसम्म प्रभावित गरिरहने तीन महत्वपूर्ण घटना भएका थिए। पहिलो, विश्व इतिहासको प्रस्थान विन्दुको रूपमा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण । दोस्रो, पाकिस्तानको विभाजन तथा स्वतन्त्र बंगलादेशको जन्म र तेस्रो सिक्किमको भारतमा भएको विलय। बंगलादेशको जन्म र सिक्किमको विलयपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले दक्षिण एसियाको लागि नयाँ रणनीतिक इतिहास मात्र होइन, भारतको दीर्घकालीन सामरिक हितअनुरूप क्षेत्रमा नयाँ रणनीतिक भूगोलसमेत रचना गरिन् । उपरोक्त दुवै घटना भारतको चीन र अमेरिकामाथिको ऐतिहासिक रणनीतिक विजयको शक्तिशाली परिचय थियो। सिक्किमको भारतमा भएको विलयपछि अप्रिल १६, १९७४ मा अमेरिकी विदेश मन्त्रालयमा विदेशमन्त्री डा. हेनरी किसिन्जर र…

Read More

भक्तपुरका विभिन्न नृत्यहरुमध्ये ‘खःप्याखँ’ पनि एक हो। मल्लकालमा काठमाडौं उपत्यकामा नाचहरूका साथै विभिन्न कथालाई समेटिएका नृत्यनाटिकाहरू पनि प्रस्तुत गरेको पाइन्छ । यसप्रकार काठमाडौं उपत्यकामा धेरै पारम्परिक नृत्यनाटिका छन्। मल्लकालमा प्रताप मल्ल लगायत अन्य राजाहरु आफै नाच्ने र नाटक खेल्ने गर्थे । पहिला रामकथा, कृष्णचरित, बुद्धको जीवनी प्रज्ञापारमितामा आधारित नृत्य र नृत्यनाटिका हालसम्म प्रचलित छन् । खःप्याखंँ पनि त्यसैको एउटा उपहार हो जसले आज पनि भक्तपुरको कला संस्कृति जोगाउन र सुन्दरता प्रदान गर्न सफल छ । खः प्याखँ १२ वर्षको एकचोटी मात्र देखाइन्छ भनी समय तोके तापनि यसको खास समयावधि तोकेको छैन । कलाकारहरुको मनसुवा र औगातले भ्याएमा प्रत्येक वर्ष नाटक…

Read More

मुगु खत्याड गाउँपालिका- १० रिगा गाउँकी २१ वर्षीया मानदेवी उपाध्ययाले गत ०७९ साउनमा सोरू गाउँपालिका-६ जिमा गाउँ भागीविवाह गरिन् ।  खत्याड गाउँपालिका- १० रिगा गाउँबाट मुगु जिल्लाकै सोरु गाउँपालिका- ६ जिमा गाउँ पुग्न मुगु जिल्लाबाट दूरी लामो पर्ने भन्दै बाजुरा जिल्लाको धुलाचौर हुँदै हुम्ला-बाजुराको सीमा रहेको कवाडी पुल तरेर मुगुको सोरूको जिमा जानुपर्ने थियो। हुम्ला-बाजुरा सीमामा रहेको कवाडी पुल पार गरेपछि कवाडा देवता (बाहान)लाई कालो बोकाको बलि दिन्छन् भन्ने जानकार नभएको मानदेवीले बताइन् । उनका अनुसार विवाह गरेको एक वर्ष भयो। ज्यानलाई बिसन्चो भइरहने, सपनामा पटक-पटक कहिले मान्छे, कहिले जनावरको देख्दा डर लाग्ने गरेपछि धामीझाँक्रीलाई सरन (हेराउन) पुगिन्। धामीझाँक्रीले…

Read More

काठमाडौं । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ । कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि…

Read More

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदाममा रहेको च्याङ्ग्रा कुकुरले टोकेर मारेको छ । पौष १८ गते बुधबार मध्यराति ४/५ वटा कुकुरको एक समुहले खोरभित्र छिरेर च्याङ्ग्राहरुमा आक्रमण गर्दा हालसम्म २२ वटा च्याङ्ग्रा मरिसकेको कम्पनीको बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । थापाका अनुसार नियमित दाना पानी खुवाएर खोरमा नै रहेको च्याङ्ग्राको समुहमा मध्यराति १२ बजेपछि ४/५ वटा कुकुरको एक समुहले आक्रमण गरेको हो । बिहान दाना पानी खुवाउने बेला उक्त च्याङ्ग्रा हेरचार गर्ने भाइहरु खोरमा पुग्दा च्याङ्ग्राहरु ढलिरहेको जानकारी दिएको प्रमुख थापाले बताइन् । लगत्तै अफिस आएर सिसिटिभी फुटेज हेर्दा कुकुरले टोकेको भन्ने निश्चित भएको उनले बताईन्…

Read More

बुढानीलकण्ठ क्षेत्रको पूरानो खानेपानी उत्पादन तथा वितरण गर्ने जोरधारा खानेपानी संस्थाले आज १५ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशन गर्दैछ । खानेपानी अभावले समस्याग्रस्त कपनको घनावस्तीमा रहेको जोरधारा खानेपानी संस्थाले आजै नयाँ नेतृत्व पाउने छ । १२०० भन्दा धेरै साधारण सदस्यहरूबीच हुने साधारण सभालाइ सांसद गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू पनि अतिथिको रूपमा सहभागि हुने आयोजकले जनाएको छ । साधारणसभामा संस्था आयव्यय विवरण तथा प्रगति विवरण पेश गरेर पार्टीका नेताहरूलाइ संस्था जिम्मा लगाउने पुरानो शैली यो अधिवेशनले तोड्ने उपभोक्ताले अपेक्षा गरेका छन् । खानेपानीको दीर्घकालीन समस्या समाधान हेतु विशेष काम गर्ने खाका…

Read More

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले केही दिनमै पानी काठमाडौं पठाउने तयारी गरिरहँदा स्थानीयले भने बन्द गर्ने चेतावनी दिएका छन्। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले यसबारे आन्दोलनका कार्यक्रम बनाउन शनिबार हेलम्बु गाउँपालिका वडा नम्बर २ को गणेशे बगरमा भेला डाकेको छ। हेलम्बु-२ का पूर्व वडाध्यक्ष छिरीङ ग्याल्बो लामाको नेतृत्वमा बैठक बस्न लागेको स्थानीयले बताएका छन्। मेलम्ची आयोजनाकै कारण भ्रेमाथाङ पहिरो सिर्जित भएको र नदीको तटीय क्षेत्रका बासिन्दाले क्षति भोगेको उनीहरुको आरोप छ। ‘तर हामीलाई कुनै क्षतिपूर्ति आएको छैन। आयोजनालाई हामी १२ बुँदे माग राख्छौं,’ संघर्ष समितिका लामाले भने, ‘त्यो पुरा नभए खानेपानी ठप्प पार्छौ।’ खानेपानी आयोजनाको कमजोरीका कारण मेलम्ची खोलामा आएको बाढीले…

Read More

आगामी जुनमा वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड सम्मिलित समूह ‘डी’मा परेको छ । दोस्रोपटक विश्वकप खेल्न लागेको नेपालले यसक्रममा टेस्ट मान्यता राष्ट्रहरू दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले टी-२० आईमा बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । दक्षिण अफ्रिका र श्रीलंकासँग भने पहिलोपटक खेल्ने अवसर पाएको हो । यस वर्षको विश्वकप वेष्ट इन्डिज र अमेरिकामा हुँदै छ । २० टोलीबीच ६ स्थानमा हुने खेलमा ५५ खेल आयोजना हुनेछन् । यसपटक विश्वकपमा क्यानडा,…

Read More

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसअघि दुई मुलुकका अधिकारीहरुबीच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति भएको थियो ।  सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन् । अब भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरेर नेपाली  बिजुली खरिद गर्ने बाटो खुलेको छ । नेपालको निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्छन् । नेपाल सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा…

Read More

गोरखा । नेपाल एकीकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ । ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पदयात्रामा निस्किने सेनाको टोली काठमाडौँ हनुमान ढोका दरबार पुग्नेगरी पुस २१ गतेदेखि पदयात्रा थालनी गर्न लागिएको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षत्रीले जानकारी दिनुभयो । नेपाली सेनाले नेपाल एकीकरण गर्दा प्रयोग भएका तत्कालीन ऐतिहासिक पदमार्गको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारका लागि गोरखा दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट पदयात्राको थालनी गर्न लागेको उहाँले बताउनुभयो । पदयात्रामा निस्कने सेनाको टोली गोरखाबाट धादिङ, नुवाकोटहुँदै काठमाडाँैसम्म पुगेर पदयात्रा समापन हुने प्रमुख सेनानी क्षत्रीको…

Read More

काठमाडौं । बुढानीलकण्ठ भेकको सबैभन्दा पूरानो सामुदायिक खानेपानी संस्था हो, कपन जोरधारा खानेपानी संरक्षण संस्था । पचासको दशकको अन्त्यतिरबाट स्थानीय नागरिकहरूले खानेपानीको सहजताका लागि सुरू गरेको सानो अभियान विस्तारका क्रममा कपन जोराधारा खानेपानी संरक्षण संस्था बनेको हो । यस संस्थाले लगभग १२०० घरलाई  खानेपानीको आपूर्ति गर्दै आएको छ । भूमिगत पानीको प्रयोग गरेर कपन भेकमा काकाकुलझैँ भएको बस्तीमा यस संस्थाले खानेपानी वितरण गरेर उर्जा प्रदान गरेको थियो । करिब ५ लाख लिटरको वितरण ट्याङ्कीसमेत रहेको खानेपानी वितरण प्रणालीमा पछिल्ला समय भूमिगतरूपमा कम पानी निस्किन थालेपछि सांसद गगन थापा तथा उनको संसद कार्यालयको भूमिकामा खानेपानी संस्थानको पानी जोड्ने काम भएको छ…

Read More

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा यो वर्ष ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । नेपाली सेनाले भोलि शनिबार गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा गर्दैछ । पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ आइ नगर परिक्रमापछि पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपछि समापन हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुजको झण्डा…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वाग्मती आरतीको भिडियो खिच्ने विषयमा आएको सूचनामा अनभिज्ञ रहेको जनाएको छ । उसले आफ्नो लोगो दुरुपयोग भएङ्को भन्दै आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियोमाथि कपीराइट लाग्ने सूचनामा संलग्नता नरहेको कोषको भनाइ छ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले एक सूचना निकाल्दै पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने जनाइएको थियो । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको हस्ताक्षर रहेको विज्ञप्तिमा उक्त सूचना प्रकाशित भएकोमा कोषको कुनै पनि संलग्नता नरहेको पुनको भनाइ…

Read More

काठमाडौं । बुढानीलकण्ठ भेकको सबैभन्दा पूरानो सामुदायिक खानेपानी संस्था हो, कपन जोरधारा खानेपानी संरक्षण संस्था । पचासको दशकको अन्त्यतिरबाट स्थानीय नागरिकहरूले खानेपानीको सहजताका लागि सुरू गरेको सानो अभियान विस्तारका क्रममा कपन जोराधारा खानेपानी संरक्षण संस्था बनेको हो । यस संस्थाले लगभग १२०० घरलाई  खानेपानीको आपूर्ति गर्दै आएको छ । भूमिगत पानीको प्रयोग गरेर कपन भेकमा काकाकुलझैँ भएको बस्तीमा यस संस्थाले खानेपानी वितरण गरेर उर्जा प्रदान गरेको थियो । करिब ५ लाख लिटरको वितरण ट्याङ्कीसमेत रहेको खानेपानी वितरण प्रणालीमा पछिल्ला समय भूमिगतरूपमा कम पानी निस्किन थालेपछि सांसद गगन थापा तथा उनको संसद कार्यालयको भूमिकामा खानेपानी संस्थानको पानी जोड्ने काम भएको छ…

Read More

चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे  हात्तीले भरतपुर महानगरपालिका-२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उनले भने, ‘अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।’ हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । डियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिएका छन् ।

Read More