काठमाडौं खबर पुस २२, २०८०
काठमाडौं । करिब १०० वर्ष पहिले नेपाल आउने युरोपियनहरूलाई सरकारी सुविधा दिने गरिएको पाइएको छ । सरकारी निम्ता मान्न आएका युरोपियनहरूलाई सरकारले खानाको राम्रो बन्दोबस्त गर्ने गरेको भेटिएको हो ।
एक लालमोहरका अनुसार विक्रम सम्वत् १९८९ सालमा सरकारी निम्तामा आएका युरोपियनलाई प्रतिजवान दिनको दुई छाकका लागि कम्पनी ४ रुपैयाँ ८ आना सरकारी खर्च हुने गरेको भेटिएको हो । दैनिक खाना ( दुई छाक)को सूची अनुसार प्रत्येक दिन दुई पाऊरोटी र दुई वटा कुखुरा काट्ने गरिएको छ ।
त्यस्तै, दैनिक ८ वटा कुखुराको अण्डा, छ सेर दूध, दुई सीसी सोडा, २ आनाको फलफूल र छ आनाको मासु पनि दिने गरिएको छ । त्यस्तै, दुई पैसाको चिया, एक आनाको तरकारी दिने गरिएको थियो ।