Author: Kathmandu Khabar

काठमाडौँ ।जमिनमुनिको पानी अत्यधिक प्रयोगका कारण काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह वार्षिक एक मिटर तल झरिरहेको छ । अव्यवस्थित ढंगमा हुने डिप बोरिङ र बस्ती विस्तारका कारण ‘रिफिल’ क्षेत्र अभावले बर्सेनि भूमिगत पानीको सतह झरिरहेको जलविज्ञहरूले बताएका छन् ।  जलविद् मधुकर उपाध्याका अनुसार यो समस्या काठमाडौंको रिङरोडभित्र अझै बढी चर्कँदो छ । कतिपय ठाउँमा निकै गहिरो इनार खन्दा वा डिप बोरिङ गर्दा पनि पानी नआउने अवस्था छ । ‘हरेक वर्ष भूमिगत पानीको सहत धसिँदै छ, तर सरकारी निकायले यो समस्याबारे कुनै अध्ययन गर्दैन, गरे पनि प्रतिवेदन लुकाउँछ । केही समयअघि गरिएको एक अध्ययनले उपत्यकाकाे अधिकांश ठाउँमा पानीको सतह वार्षिक रूपमा एक मिटर तल झरिरहेको जनाएको थियो,’…

Read More

काठमाडौँ । नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।  स्वर्गीय भृगुरामको अन्त्येष्टि सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका तीन छोरा र एक छोरीमध्ये एक छोरा, एक छोरी र श्रीमतीको निधन भइसकेको छ । छोरी नायिका नविना श्रेष्ठको २०५१ सालमा निधन भएको थियो ।  नेपालभाषाका प्रख्यात गायकका रुपमा चिनिनुहुने भृगुरामले गायक र अभियनको क्षेत्रमा लामो योगदान दिएका थिए ।  भृगुराम विक्रम सम्वत् १९९० कात्तिक महिनामा त्यौड टोलको तुंबहालमा जन्मिनुभएका जन्मिएका हुन्  । सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थाल्नुभएका…

Read More

काठमाडौं ।  सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।प्राधिकरणले संस्थाको वित्तीय पुनः संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक समितिको गत मङ्सिर २५ गते बसेको बैठकले आवश्यक निर्णय गरेको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी रु तीन खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत…

Read More

काठमाडौँ- चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक  हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् । अध्यागमन विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् । वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय…

Read More

काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज (सोमबार) देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ। माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतस्थानमा माघस्नान गर्नभक्तजनको भीडलाग्छ।ती ठाउँमा विशेष मेला समेत लाग्ने गर्छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ।  सूर्य उत्तरायण हुने…

Read More

काठमाडौं। आवश्यक खर्च जोहो गर्नसमेत हम्मे पर्न थालेपछि सरकारले बढी राजस्व गुमाएका केही क्षेत्रको कर बढाउने तयारी गरेको छ। चालु वर्षको आधा समय आज सकिँदैछ। सरकारसँग अनिवार्य दायित्वहरु बढ्दै जाने तर आम्दानी नहुने भएपछि बिगतमा विराएका क्षेत्रहरुको कर बढाउने गृहकार्य गरेको हो। सरकारले राजस्व संकलनको दबाबमा पहिलो प्रथामिकतामा विद्युतीय सवारी (इभी) को कर बढाउन चाहेको छ भने त्यसपछि तयारी पोसाक (रेडिमेड गार्मेन्ट्स) र चुरोटको बढाउने योजना बनाएको छ। चालु वर्षको सरकारको कुल राजस्व लक्ष्य १४ खर्ब ७२ अर्ब रुपैयाँ उठाउने हो। शनिबारसम्म ४ खर्ब ८९ अर्ब रुपैयाँ उठेको छ। यो कुल लक्ष्यको ३३.२६ प्रतिशत मात्र हो। सरकारले राखेको लक्ष्य भेट्न…

Read More

लगातार डेढ सातादेखि बढेको शीतलहरबाट रौतहटको जनजीवन प्रभावित बनेको छ। जिल्लाका गरिब तथा विपन्न बस्तीमा यतिवेला जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिवेला विहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्मे परेको छ। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका रौतहटका गरिब तथा विपन्नहरूका लागि अहिलेको शीतलहर र ठन्डी अभिशाप बनेको छ। घरमा पर्याप्त ओढ्ने ओछ्याउने नभएका कारण उनीहरू पराल बालेर घुर ताप्न बाध्य भएका छन्। चिसोका कारण अहिले बालबच्चामा विभिन्न रोग देखा पर्न थालेको र आफूहरूसँग पर्याप्त न्यानो लुगा नभएकाले समस्या भएको चन्द्रपुर-५ नहर टोलकी तेतरिया देवीले बताइन्। विपन्न तथा गरिब बस्तीहरूमा जाडो छल्नका लागि स्थानीय तहहरूले समेत कुनै…

Read More

काठमाण्डौ  । भोलिको माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेको भिड लागेको छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ ।  बजारमा अहिले तराईबाट आउने घर-तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको समितिले जनाएको छ। समितिका अनुसार काठमाण्डौ उपत्यकामा मुख्यगरी सर्लाही, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटबाट तरुल भित्रिने गरेको छ ।  आज तरूलको भाउ किलोमा १० रूपैयाँले घटेको समितिले जनाएको छ । आज तरूलको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ रहेको छ। हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो…

Read More

दोहोरी साँझमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । घटनामा  संलग्न मानिएका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका अनुसार २५ पुसको साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा भेटिएका थिए । उनीसँगै दोहोरी साँझमा रहेका कृष्णपुर नगरपालिका–४ का २८ वर्षीय टेकबहादुर नायकले घर पुर्याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै मृत्यु भएपछि उनको शव…

Read More

कमैया शब्दको आधुनिक अर्थ बँधुवा मजदुर हो । नेपालमा विभिन्न प्रकारका बँधुवा मजदुरहरू छन्, ती मध्येकमैया प्रथा सम्भवतः सबैभन्दा बढी शोषणकारी रूप थियो । कमैया प्रथा कृषि मजदुर र जमिनदारबीच हरेक वर्ष हुने करारमा आधारित हुन्थ्यो । कमैयाले हरेक माघी अर्थात् नववर्षमा जमिनदारसँग करार गथ्र्यो । जमिनदारले एउटा निश्चित पारिश्रमिक दिने वाचा गर्नुपथ्र्यो । यस्तो पारिश्रमिक धेरैजसो धानको रूपमा हुन्थ्यो । यसको बदलामा कमैयाले जमिनदारको लागि वर्षभरि काम गर्नुपथ्र्यो । कमैया भन्नाले परिवारको गुर्धरिया (परिवारको मूली अर्थात् प्रायः जेठो दाजु)बाहेक अन्य सबै वयस्क पुरुष सदस्यहरू भन्ने बुझिन्थ्यो । कमैया तथा उसकी श्रीमती (कमलहरी) परिवारको लागि धानलगायत अन्य खाद्य उत्पादन गर्न…

Read More

थारुहरूले आजदेखि माघी पर्व मनाउँदैछन् । माघी पर्व थारु समुदायले तीन दिनसम्म मनाउने गर्छन् । यस चाडलाई यिनीहरुले धुमधामसँग मनाउने गर्छन् । यस पर्वमा विवाहित छोरी ज्वाइँलाई बोलाएर मीठो–मीठो खानेकुरा खुवाउने गर्छन् । माघिको अघिल्लो दिन यिनीहरूले सुङ्गुर काट्ने गर्छन् । नजिकको खोलामा गएर माछा मार्ने चलन छ । यस पर्वलाई यिनीहरुले नयाँ वर्षको रुपमा लिने गर्दछन् । माघीाई थारु समुदायले तीन दिनसम्म मनाउने गर्दछन् । यस चाडलाई यिनीहरूले धुमधामसँग मनाउने गर्दछन । माघिअघिल्लो दिन यिनीहरूले सुँगुर काट्ने गर्छन् । नजिक खोलामा गएर माछा माने चलन छ । यस पर्वलाई यिनीहरूले नयाँ वर्षका रुपमा लिने गर्दन् । माघी माघ १…

Read More

काठमाडौँ । नेपालका छ प्रतिशतभन्दा धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको चेतावनीका रूपमा औँल्याएका छन्। जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए। रिक्त घरहरू ‘मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको’ राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता बताउँछन्। कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारीसमेत रहेका हेमराज रेग्मीले बीबीसीसँग भने, “यी बसोबास योग्य भइकन पनि मानिसहरू नबसिरहेका घरहरू हुन्। यो निकै उल्लेख्य सङ्ख्या हो।” एक जना योजनाविद् प्राध्यापक पीताम्बर शर्माले पहाडी भेगको सम्पदा र जमिनको प्रयोग कम हुन थालेको बताउँदै त्यहाँको…

Read More

काठमाडौँ । कांग्रेस पृष्ठभूमिका रास्वपा सांसद तथा मनिष झा चर्चामा रहिरहने पात्र हुन् । उनी काम पनि चर्चामा रहन्छन् भने बोलीका कारणले पनि चर्चामा रहन्छन् । यतिखेर उनी फरकखाले विषयमा चर्चामा छन् । उनी एक व्यवसायीलाइ पार्टीको केन्द्रीय विभागमा लैजान पैसा नै कोशेली बुझेको आरोप लागेको छ । यतिखेर प्रश्न उठेको छ, राइट टु रिकलको कुरा गर्ने रास्वपाले सांसद मनिष झालाई के गर्ला ? मधेश प्रदेशका सभापतिहरू यतिखेर रास्वपाका सांसद मनिषप्रति रुष्ट भएको समाचारहरू प्रकाशित भएका छन् । मधेशीको प्रतिनिधित्व गर्ने गरी छानिएका सांसद मनिष झामाथि आफूसम्बद्ध व्यक्तिहरूलाई रास्वपाको सांगठानिक समितिहरूमा भर्ती गराउनका निमित्त लबिङ गर्नमा तल्लीन हुने गरेको आरोप…

Read More

“तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या ।” यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो ।  चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले सङ्ख्वासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए । चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ । श्रेष्ठ परिवार २७५…

Read More

काठमाण्डौ – ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा आउँदो माघेसङ्क्रान्तिका दिन सोमवार चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो । नेवाः गुठी टोखाले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्त्वपूणर् योगदान गर्ने विशिष्ट व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागेको छ । त्यस्तै नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई पनि नगद ५० हजारसहित सम्मान गर्न लागेको हो । यस्तै टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई पनि २५/२५ हजार नगदसहित सम्मान गर्न लागिएको छ । यसैगरी टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख…

Read More

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले आलोचित भैरहन्छ । कहिले आफ्नो कर्मले त कहिले आफ्नो बोलिले । के गर्ने वा के बोल्ने हेक्का नभएका व्यक्तिरूपमा आलोचना भैरहने अधिकारीले कपन डुबानका बारेमा सांसद गगन थापा महानगर मेयर बालेन शाहलाइ दोष दिएका छन् । कमजोर शैक्षिक पृष्ठभूमि तथा विकाससम्बन्धि सोच एवम् आयातनका अभाव भएका मेयरहरूको गिन्तिमा पहिलो नम्बर पर्ने भनेर बुढानीलकण्ठमै आलोचित मेयर अधिकारीले नगरपालिकाभित्र एमालेले आयोजना गरेको एक कार्यक्रममा कपन डुबान समस्या समाधान गर्न सांसद गगन थापाले नचाहेको भनेर बताएपछि आलोचित भएका हुन् । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को वडा अधिवेसनको उदघाटन सत्रमा बोल्दै प्रमुख अधिकारीले आफ्नै…

Read More

रोजगार र नेपालीको नियतीसँग विदेशी भूमिको साइनो सयौँ वर्ष पूरानो हो । यो पूरानो साइनो अझै मजबुत हुँदैछ । आकाशमा उड्ने प्लेनदेखि धर्तीमा गुड्ने गाडी होस् वा पैदल नै हिँडेर होस् नेपालीहरू अमेरिकादेखि भारतसम्म रोजगारीका लागि दौडिरहेको देखिन्छ । तस्वीरमा देखिएको दृष्य नेपालगन्ज जमुनाह नाकाको हो । यो नाकाबाट पश्चिम नेपालका गरिब जनताको लस्कर भारततिर काको खोजीमा निस्किएका हुन् । यही भीडमा भेटिएका एउटा पात्र हुन् पश्चिम रुकुमको मुसिकोट नगरपालिका- ९ सुहाँराका ४२ वर्षीय टोपबहादुर परियार । गत बुधबार नेपालगन्जको जमुनाह नाकामा भेटिए का परियारको जाजरकोट केन्द्र भएर गएको भूकम्पमा उनको घर भत्केको छ । तर, उनले अहिलेसम्म राहत पाएका छैनन् । घर…

Read More

ताइवनको राष्ट्रपतिमा बेइजिङ विरोधी नेताको छवि बनाएका विलियम लाइ विजयी भएका छन्। हाल उपराष्ट्रपति रहेका डेमोक्रेटिक पिपुल्स पार्टीका अध्यक्ष विलियम लाइलाई बेइजिङले ‘समस्या सिर्जना गर्ने’ नेता भन्दै आलोचना गर्दै आएको छ। लाइ शनिबार भएको निर्वाचनमा राष्ट्रपतिमा विजयी भएका हुन्। डेमोक्र्याटिक पिपुल्स पार्टीको निकटतम प्रतिद्वन्द्वी पार्टी कोमिन्ताङको पराजयपछि विलियम लाइले छिट्टै राष्ट्रपतिको रुपमा देशको शासन सम्हाल्ने देखिएको छ। ताइवनाका सञ्चारमाध्यमहरूका अनुसार विलियम लाइ ५० लाख बढी मत प्राप्त गर्ने पहिलो राष्ट्रपति उम्मेदवार हुन्। उनले ५५ लाख ८६ हजार बढी मत शनिबार साँझसम्म पाइसकेका छन्। बेइजिङले ताइवानका जनतालाई लाइको विरुद्धमा मतदान गर्न आग्रह गरेको थियो। बेइजिङ निकट मानिने कोमिन्ताङ पार्टीले भने चुनावमा चीनसँग राम्रो…

Read More

साहित्य/निबन्ध योगेन्द्र उपाध्याय ‘पुष्प’ कहिलेकाँही मनमा आउने सवालहरुले मस्तिष्कलाई विचलित गराउँछन् । विचलित गराउने प्रत्येक प्रश्नहरु महत्वपूर्ण पनि हुँदैनन् तर महत्वपूर्ण नठानिएका प्रश्नहरु नै हुन् जसले विचलनको स्थितीसम्म जो कोहिलाई पनि पुर्याउने क्षमता राख्दछन् । महत्वपूर्ण ठानिएका प्रश्नहरु उत्तरसमेतका हुन्छन् । या भनौं महत्वपूर्ण रहेका विषयवस्तुहरुमाथिको गरिएका प्रश्नले नै मानिसलाई भौतिक विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो जस्तै यो जंगलमा रहेको बिरुवा घर आफू बस्ने ओढार नजिकैको स्थानमा गएर रोप्दा के होला? भन्ने प्रश्नले कृषिक्रान्तिको सुरुवात भयो भने केट्लीको ढक्कन बाफले कसरी उचाल्न सक्यो होला? भन्नेप्रश्नलेअठारौंशताब्दीमाऔद्योगिकक्रान्तिकोसुरुवातगर्यो। चरा कसरी उड्यो? पानी किन पर्छ? स्याउ कसरी खस्यो? मानिस बिरामी कसरी पर्छ? जस्ता…

Read More

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले करिब सवासय वर्षअघि फर्पिङमा नेपालकै पहिलो जलविद्युत् आयोजना बनाएका थिए। अहिले बन्द रहेको यो आयोजनाको जलभण्डारबाट करिब १०० मिटर उत्तरमा स्थानीय विकास श्रेष्ठ रेस्टुरेन्ट चलाउँछन्। पुरानो शैलीको घर भाडामा लिएर उनले रेस्टुरेन्ट चलाएका हुन्।  रेस्टुरेन्टलाई पुराना शैलीका भाँडा, राणाकालीन इँटालगायत सामग्रीले सजाएका छन्। यहाँ आउनेहरूले घर र सजावटको प्रशंसा गर्ने गरेको उनी बताउँछन्। तर पुराना शैलीका घर अहिले काठमाडौँ उपत्यकाको शहरी र आसपासका क्षेत्रमा देखिँदैन। फाट्टफुट्ट भेटिने यस्ता घर पनि अब भत्काइने समयको पर्खाइमा छन्। कतिपय घर आठ वर्षअघिको भूकम्पले कमजोर बनाएपछि बस्नयोग्य छैनन्। यद्यपि, शहर र आसपासमा भेटिने केही घर पुरानो समयका साक्षी बनेका छन्। ललितपुर…

Read More

काठमाडौं ।  माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो। टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ। टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो। टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्। उत्पादनपछि धेरै चाकु बजार पुगिसकेको छ। चाकु चिसो लागेका बेला पनि…

Read More

काठमाडौँ । सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो । २४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो । मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर…

Read More

काठमाडौं। ठेक्का लगाएको एक वर्षपछि बल्ल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ६ लाख कार्ड ल्याइएको छ।यातायात व्यवस्था विभागले गत वर्षको माघमा तीन महिनाभित्र उपलब्ध गराउने गरी १२ लाख स्मार्ट कार्ड खरिदको ठेक्का दिएकामा जर्मन ठेकेदार कम्पनीले गएराति ६ लाख कार्ड उपलब्ध गराएको हो। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले गएराति कतार एयरवेजको जहाजमार्फत कार्ड प्राप्त भएको जानकारी दिंदै प्रयोगशाला परीक्षण गरेपछि लाइसेन्स छपाइ थाल्ने बताए। उनका अनुसार प्रयोगशाला परीक्षण गर्न एक साता लाग्छ। ‘६ लाख कार्ड एयरपोर्ट भन्सारमा आइपुगेको छ। सबै प्रक्रिया पुर्‍याएर आइतबारतिर छुटाउँछौं,’ उनले बिजमाण्डूसँग भने, ‘प्रयोगशाला परीक्षण गरेपछि दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारीमा छौं।’ उनका अनुसार ठेकेदार…

Read More

काठमाडौं । बुढानीलकण्ठ क्षेत्रको पूरानो पानी उत्पादन तथा वितरण गर्ने कपन जोरधारा खानेपानी संरक्षण संस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । ठाकुरप्रसाद खकुरेल नेतृत्वको समितिका बरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद सापकोटा संस्थाको नयाँ अध्यक्ष भएका छन् । असरल्ल र आलोचनाको शिकार भैरहेको संस्थाको नयाँ पदाधिकारी बन्न धेरै जना इच्छुक देखिएपछि ढिलो गरी चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुमार कसुज श्रेष्ठ तथा महासचिव भेषबहादुर डोटेल चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा तपन पोखरेल चयन भएका छन् भने सचिवमा प्रकाश कटवाल चयन भएका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पद खानका लागि लामै रस्सकस्सी भएपछि अधिवेशन सकिएको लगभग एकहप्तापछिमात्र कार्यसमिति चयन प्रकृया…

Read More

काठमाण्डौ – काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले आउँदो माघ १ गतेदेखि काठमाण्डौ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी माघ १ गतेदेखि काठमाण्डौ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी गएको बुधवार बेलुकीदेखि फेरि काठमाण्डौमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने सहमति भएअनुसार बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पथान्तरण गरिएको छ । निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाण्डौ पथान्तरण गरिएको हो । ,…

Read More

दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना भएको छ ।  बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै  गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजे राप्ती नदीमा खसेको हो । बस राप्ति पुलबाट खसेर १२ जनाको मृत्यु भएको  इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बसमा करिब ३७ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार भएको जनाइएको छ । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको बताइएकाे छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

Read More

बाघभैरवलाई गोरखाका राजा पृथ्वीनारायण शाहको कुकृत्य देख्ने एउटा साक्षी देवताका रूपमा लिने गरिन्छ। पृथ्वीनारायण शाहलाई युद्धमा कीर्तिपुरका एक जना सिपाहीले काटेर मार्न खोज्दा अर्को सिपाहीले छेकेर युद्धको नियमअनुसार राजालाई राजाले मात्र मार्न पाउँछ हामीले हुँदैन भनी नमारी बचाएको मान्यता छ । त्यसपछि युद्ध भइरहेको स्थानबाटै पृथ्वीनारायण शाहलाई एक जना खड्गी र अर्को पुतवार नेवारले थानकोटबाट फर्काएर पठाएको भन्ने भनाइ छ । तर, यस्तो गुणको बदला उल्टैपछि फेरि पृथ्वीनारायण शाहले आक्रमण गरेर राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीलाई मारिसकेपछि निहत्था कीर्तिपुरका जनताको नाक काटेर १२ धार्नी नाक पृथ्वीनारायण शाहले थानकोटको त्रिभुवन पार्कनजिक न्हायद्वं भन्ने स्थानमा पुरिदिए भन्ने मान्यता छ । तर…

Read More

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आएका थिमिका सञ्जय था श्रेष्ठले बताए । यसअघि एक सय छ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाडौँ उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुइँ रविन (पाइड ह्वीटर) प्रजातिका चरासहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखीकरण गरिएको थियो । बढ्दो सहरीकरण र…

Read More

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । उनले भने, “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको…

Read More

– अच्युत रेग्मी काठमाडौं । नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले नेपालको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै शाहको तत्कालीन राज्य गोरखा, सिंहदरबारको मूलढोका तथा देशका विभिन्न स्थानमा राखिएका शाहका सालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ तर आज काठमाडौँको चन्द्रागिरि डाँडामा भने अलग्गै र नयाँ तरिकाबाट उहाँको स्मरण गरिएको छ । चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरिएको छ । त्यससमय भन्ने गरिएको नेपाल खाल्डो (काठमाडौँ उपत्यका)…

Read More