काठमाडौँ । कांग्रेस पृष्ठभूमिका रास्वपा सांसद तथा मनिष झा चर्चामा रहिरहने पात्र हुन् । उनी काम पनि चर्चामा रहन्छन् भने बोलीका कारणले पनि चर्चामा रहन्छन् । यतिखेर उनी फरकखाले विषयमा चर्चामा छन् । उनी एक व्यवसायीलाइ पार्टीको केन्द्रीय विभागमा लैजान पैसा नै कोशेली बुझेको आरोप लागेको छ ।
यतिखेर प्रश्न उठेको छ, राइट टु रिकलको कुरा गर्ने रास्वपाले सांसद मनिष झालाई के गर्ला ? मधेश प्रदेशका सभापतिहरू यतिखेर रास्वपाका सांसद मनिषप्रति रुष्ट भएको समाचारहरू प्रकाशित भएका छन् । मधेशीको प्रतिनिधित्व गर्ने गरी छानिएका सांसद मनिष झामाथि आफूसम्बद्ध व्यक्तिहरूलाई रास्वपाको सांगठानिक समितिहरूमा भर्ती गराउनका निमित्त लबिङ गर्नमा तल्लीन हुने गरेको आरोप छ ।
झाले वीरगञ्जका मारवाडी व्यवसायी मुर्ली जलानलाई प्रदेश विभाग हुँदै केन्द्रीय विभागसम्म लैजान १६ लाख कोशेली बुझेको संगीन आरोप लागेको छ । मुर्ली जलान वीरगञ्जका व्यवसायी हुन् । उनी रास्वपा सांसद हरि ढकालका मित्र भएकाे बुझिएको छ । रास्वपाका डिपी अर्यालदेखि अन्य ठूला नेता वीरगञ्ज जाँदा उनीहरूलाई पालनपोषण गर्ने प्रमुख व्यक्ति जलान नै हुन् ।