काठमाडौं उपत्यकाको मध्यभागमा रहेको टुडिखेल कुनै बेला एशियाकै सबैभन्दा ठूलो परेड मैदान मानिन्थ्यो । लाखौं मानिस अट्न सक्ने टुँडिखेलमा ठूला ठूला सैन्य कवाज तथा सरकारी समारोह आयोजना गरिन्थ्यो । ऐतिहासिक स्रोतहरूका अनुसार अहिलेको रत्नपार्क, खुल्लामञ्च, टुFडिखेल, सैनिक मुख्यालय, रंगशाला, भृकुटी मण्डप र बसपार्कसहितको विशाल खुल्ला चौरलाई विशाल खुलामञ्चको रूपमा चिनाउने गरिन्थ्यो । कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन्। काठमाडौँको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै टुँडिखेल रहन गएको हो । यो ख्य: धार्मीक , साँस्कृतिक र पर्यायवरणीय र राजनितिक हिसाबले पनि महत्वपुर्ण रहेको छ । कुनै बेला त्यस चौरमा बिभिन्न दिगु…
Author: Kathmandu Khabar
काठमाडौँ- ‘सपना भुलाइ सारा’ गीतका गायक अब सम्झनामा सीमित भएका छन् । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उनको कालजयी विसं २०४२ मा रेकर्ड भएको थियो । सङ्गीतकर्मीले उनलाई अन्तिम श्रद्धाञ्जलि दिँदै ‘सपना भुलाइ सारा’ गीत गाउँदै बिदाइ गरे । उनको बिदाइमा उपस्थित अधिकांशका आँखा रसाएका थिए । कालजयी गीत गाएका गायक वैद्यको बिदाइ कसैका लागि सहज थिएन । उनी गायकसँगै कवि पनि थिए । वैद्यको निधनले साङ्गीतिक र साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको श्रद्धाञ्जलि दिनेको भनाइ थियो । बाल्यकालमा आमाबाट नेवारी भाषाको सरस्वती बन्दना सुन्दै हुर्किएका गायक वैद्य त्यही समयमा गीतसङ्गीतप्रति आकर्षित भए । त्यसपछि बुबाले एक…
काठमाडौं । सत्तरी वर्षीया मैया श्रेष्ठको फोटोग्राफीमा लगाव छ। सानैदेखि त होइन तर बिहे भएपछि फोटो खिच्ने रुचि जागेको उनी बताउँछिन्। “ग्राहकहरूले मलाई नपत्याएर फोटोग्राफर बोलाउनुहोस् त भन्छन्। म नै हो फोटोग्राफर भनेपछि अचम्म परेर मलाई हेर्छन्,” श्रेष्ठले बताइन्। फोटोग्राफरसँग बिहे भएका कारण फोटो खिच्ने सिप सिक्न उनलाई धेरै समय लागेन। करिब १० वर्षदेखि उनले स्टुडियोमा विभिन्न साइजका फोटो खिच्दै आएकी छन्। विभिन्न औपचारिक फारममा आवश्यक पर्ने पासपोर्ट साइजका फोटो खिच्नु उनको मुख्य काम हो। श्रीमान्ले खोलेको स्टुडियोमा उनलाई सघाउँदै गर्दा आफूले फोटोग्राफीसम्बन्धी धेरै कुरा सिकेको उनी बताउँछिन्। “डिजिटल क्यामेरा आएपछि मलाई छोराले फोटो खिच्न र कम्प्युटर चलाउन सिकाइदियो, मैले…
– वासुदेव अधिकारी पहिलेभन्दा अचेल सहर-नगर घनत्वयुक्त हुँदैछन् । गाउँ रित्तिदो छ, सहर भरिँदो । सहरमध्ये पनि एउटा सहर रित्तिँदै अर्को सहर भरिँदो छ । भरिएको नगरमा धेरै मानव, धेरै खालका मानवीय व्यवहारको समागम हुँदा जसको व्यवस्थापन चुनौतपूर्ण बन्दै गएको छ । नगर व्यवस्थापन जटिल मानवीय व्यवस्थापन हो । यो स्थानीय सरकार तथा जनताबीचको जीवन्त सम्बन्ध र सहकार्यको प्रतिबिम्बन पनि हो । नगर व्यवस्थापनमा त्यहाँको आय, योजना, सङ्कल्प, पूर्वाधार, नगरबासीको संस्कार तथा अनुशासन, स्थानीय तथा केन्द्रीय सरकारको सहकार्यलगायतका विषय प्रकटित हुन्छन् ।प्रभावकारी नगर व्यवस्थापनका लागि नगरको आफ्नो मौलिकता वा विशिष्टताको पहिचान, स्रोत परिचालन र नगरबासीसँगको हातेमालो महत्पूर्ण विषय रहिआएको छ…
काठमाडौं । यदि श्रीमान-श्रीमती अथवा अन्य रोमान्टिक सम्बन्धमा भावनात्मक कमी हुन सक्छ । उनीहरुबीच शारिरीक सम्बन्ध निर्माण समेत विस्तारै कम हुँदै जान्छ तर परिवार वा समाजको दबाबा कारण उनीहरु अलग हुन सकेका हुँदैनन् । यसलाई भनिन्छ-रुममेट सिन्ड्रोम ।उनीहरु एकै छतमुनि हुन्छन् । सँगै खानपिन हुन्छ । काम, खर्च र घरको जिम्मेवारी पनि आधा-आधा गर्छन् । बाहिरबाट हेर्दा राम्रो जोडीका रुपमा देखिन्छन् । तर, भित्रभित्रै सम्बन्धमा दरार बढ्छ र एक समय त बोझका रुपमा लिन थाल्छन् । मनोविज्ञानका भाषामा ‘रूममेट सिन्ड्रोम’ भनिन्छ । विभन्न कारणले सम्बन्धमा यसको प्रवेश हुन्छ । यो प्रवेश गरेदेखि नै जोडीको सम्बन्धमा नकारात्मक प्रभाव पर्न थाल्दछ ।…
काठमाडौं । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच अहिले काठमाडौँको विभिन्न टोलमा नाच्नेकाम भइरहेको छ । सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ । आज काठमाडौँको लगनमा नचाइएको भए पनि यो जात्रा गएको दसैँबाट सुरुभएको हो । बडादसैँको टीकाको दिन टेकुस्थित पचली भैरव मन्दिरबाट सुरु भएको यो जात्रा काठमाडौँस्थित मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गर्ने प्रचलन रहिआएको छ । १२ वर्ष खड्ग सिद्ध जात्राको क्रममा श्री भैरवले…
सुनिल उलक झट्ट हेर्दा यी तक्मा कुनै मुस्लिम शासकका हुन् जस्तो लाग्दछ । यसमा उर्दु भाषा मात्र प्रयोग भएको छ । अन्य कुनै पनि भाषामा केही पनि लेखिएको छैन । तर एक तर्फ भने राजा सुरेन्द्रको तस्विर राखिएको छ । जसले गर्दा नेपालसंग यस तक्माको सम्बन्ध छ भन्ने सहजै अनुमान गर्न सक्छौ । एक हिन्दु राष्ट्रको हिन्दु राजाले केवल उर्दुमा लेखिएको तक्मा किन र कसलाई दियो होला भन्ने निकै रोचक कथा छ । आखिर यस तक्मामा उर्दु भाषामा के लेखिएको छ भन्नेमा जाउँ । यसमा लेखिएको उर्दुको नेपाली अनुवाद यस प्रकारको छ । (समर्पित) श्री महाराजाधिराजा सुरेन्द्र विक्रम शाह बहादुर…
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला र सख्खरको भौगोलिक संकेत प्राप्त गर्न प्रक्रिया शुरु गरेको छ। कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले प्रक्रिया शुरु गरिसकेको छ। सुन्तलाबारे अध्ययन गरी त्यसको प्रमाणसहितको प्रस्ताव कृषि मन्त्रालयमा पठाइसकेको छ। कृषि मन्त्रालयले अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ। जुजुधौ र सख्खरमा एकाधिकारका लागि पनि भौगोलिक संकेत लिनका लागि प्रक्रिया शुरु भएको जिन बैंकका अधिकारी आरपी मैनालीले बताए । जुजुधौ र सख्खर नेपालीको आधिकारिक खाद्यवस्तु हो, त्यसको भौगोलिक संकेत (जीआई ट्याग) लिई हाल्नुपर्ने भनी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा प्रस्ताव गरिसकेको बताउँदै उनले नार्कमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि…
भक्तपुरको चाँगु नारायण मन्दिरमा नारायणको अगाडि घुँडा टेकेको गरुड देख्न सकिन्छ । मन्दिरको मूल ढोका अगाडि घुँडा टेकेको गरुडको ढुङ्गाको मूर्ति काठमाडौं उपत्यकाको सबैभन्दा महत्वपूर्ण मूर्तिकला मानिन्छ । एक नाग (सर्प) आफ्नो घाँटीमा बेरिएको छ जसले गरुड र तक्षकको कथालाई जनाउँछ । हनुमान, परशुराम, अश्वस्थमा जस्ता आठ किसिमका देवताहरू छन् । जसलाई हामी अष्टचिरञ्जीवी मान्ने गर्छौँ । त्यसैगरी भगवान गरुण पनि हरेक युगमा जोडीसँग बसेको देख्न सकिन्छ। भगवान गरुडको बारेमा धेरैलाई थाहा भएको हुनुपर्छ। यिनी भगवान् विष्णुका वाहन हुन् । गरुडलाई विनायक, गरुत्मत, तार्क्य, वैन्तेय, नागन्तक, विष्णुरथ, खगेश्वर, सुपर्णा र पन्नगाशन नामले पनि चिनिन्छ। गरुडलाई हिन्दू धर्मसँगै बौद्ध धर्ममा पनि…
पछिल्लो समय गुठी जग्गालाई रैकर बनाएर आफ्नो बनाउने रोग चलेको छ । विसं २०३३ को गुठी संस्थान ऐनले पनि रैतान नम्बरी गर्ने छुट दिएपछि अहिले गुठी जग्गा विभिन्न बहानामा रैकर गर्ने चलन रहेको छ । विक्रम सम्बत १९६० सालको श्री ३ चन्द्रको यस सनदमा घुस खाई खुवाई अन्याय गरेकोलाई नालिस गरी ऐनबमोजिम सजाय गर्नू भन्ने उल्लेख भेटिएको छ। ‘गुठीबाट भोगचलन गरी आयाकोमा जाँचका हाकीम कारिन्दा समेत मिली घुस खाई रैकरमा दर्ता गरी दिया’ भन्ने उल्लेख छ । गुठी जग्गामाथिको अनधिकृत अतिक्रमण संस्थानको प्रमुख समस्याको रूपमा रहेको छ । त्यसमा पनि गुठी तैनाथी जग्गामाथिको अतिक्रमण अत्यधिक रहेको छ । गुठी जग्गा…
काठमाडौँ । बीपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। थोरै अवधि मुलुकको शासनसत्ता सम्हाले पनि मध्ययुगीन व्यवस्थामा पिल्सिएका ‘रैती’ लाई जनताका रूपमा परिवर्तन गर्न ल्याउन बीपीको ठूलो योगदान छ। राणा शासनविरुद्ध २००७ सालको क्रान्तिका नायक बीपी नै थिए। बीपीको कद जति उच्च थियो, त्यति नै उनको जीवन सादगीपूर्ण थियो। उनी प्रधानमन्त्री भएका बेला सार्वजनिक एउटा तस्बिरले पनि त्यसलाई पुष्टि गर्दछ। घरको सुत्ने कोठामा खिचिएको त्यो तस्बिरले अन्तर्राष्ट्रिय छापामा खूब चर्चा र स्थान पाएको थियो। तस्बिर साधारण छ। सादगीले भरिपूर्ण छ। साधारण भएकाले नै त्यस तस्बिरले ‘असाधारण’ चर्चा पाएको हो। तस्बिरमा प्रधानमन्त्री कोइरालासँग चियाको कप र बिहानको खाजाको प्लेट देखिन्छ। उनले…
राजनीति नै व्यावसायिक बन्दै गएको जनगुनासो बढ्दै गएको बेला संविधान सभा सदस्य शान्ता चौधरी भने अचार व्यवसायमा सक्रिय हुनुहुन्छ। नेकपा (एमाले)की नेत्री शान्ता चौधरीले २२ प्रकारका अचार बनाउँदै आएकी छिन् । दैनिक खसी र कुखुराको मासुको अचार बढी माग हुने गरेको चौधरीले बताइन् । उनले दैनिक १० केजी खसी र कुखुराको मासु बिक्री गर्दै आएकी छिन् । उनका अनुसार खसीको अचार चार हजार सात सय प्रति केजी र कुखुराको मासुको अचार तीन हजार प्रति केजी बिक्री भइरहेको छ। चौधरीले डल्ले खुर्सानी, लप्सी, अमला, खुर्सानी, लसुन, तामा, मुलाको अचार बढी माग हुने गरेको बताउनुभयो। घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाँडागाउँमा सञ्चालनमा…
पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ। उनका अनुसार नेपालले विक्रम सम्वत् २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता-रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन्। सो हुलाक टिकटमा विक्रम सम्वतको साल उल्लेख भएपनि अहिले इस्वी सन् २०२४ मा अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा समारोह आयोजना हुन लागेको भन्दै त्यसलाई एउटा अच्चम्मको संयोगका रूपमा कैयौँ भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उल्लेख गरिरहेका छन्। नेपाली हुलाक टिकटको चर्चा भारतमा पनि भइरहेकोमा कतिपय नेपाली हुलाक टिकट सङ्कलकहरू खुसी छन्। तर तथ्यलाई बढाइचढाइ प्रस्तुत गर्न…
परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले उक्त आग्रह गरेका हुन्। ‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’ परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरे। ‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन्। आफन्तको शव…
काठमाण्डाै – चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलो पटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्नसमेत प्रदान गरेको छ । नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिनुभयो । नगर प्रहरी प्रमुखको परीक्षामा कोही उत्तीर्ण हुन नसकेपछि फेरि आवेदन खोलिने भएको छ । अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमान्डमा टोली परिचालन हुने र नगर प्रहरीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने मेयर गिरीले बताए । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान…
थाहा नगरपालिका- १ का वडाध्यक्ष हेरमान गोपाली अवैध बाटो हुँदै इजरायल पुगेका छन्। उनी एक महिनाअघि थाइल्याण्डको बाटो हुँदै इजरायल पुगेका हुन्। वडाध्यक्ष गोपाली पहिला पनि इजरायलमा काम गरेका फर्किएका हुन्। थाहा नगरपालिका उप-प्रमुख भरत गोपालीका अनुसार उनी गत महिना थाइल्यान्डको एउटा कार्यक्रममा जाने भनेर हिडेका थिए। अहिले उनी इजरायल पुगेको सूचना आएको छ। उनले राजीनामा भने दिएका छैनन्। ‘उहाँ गत महिना थाइल्यान्डमा एउटा कार्यक्रममा जानु छ भनेर जानु भएको हो,’ उनले भने, ‘अहिले इजराय पुगेको थाहा पाइयो। योभन्दा अरु थाहा छैन।’ वडाअध्यक्ष गोपाली नगरपालिकाको प्रवक्तासमेत थिए। वडाध्यक्ष गोपालीले दुई महिनाअघि नै वडासदस्य सरोज प्रधानलाई कार्यवाहक बनाएर हिँडेको वडा कार्यालयले…
भक्तपुर वडा नं ५ सुकुलढोका टोलमा एक चोक रहेको छ जसको नाम विद्यापिठ हो । साधारणतया आचाजुहरुको आगंछें भनेर चिनिने यस चोकमा कर्मचार्यहरुको आगं देवता रहेको छ । यो चोक हेर्दा जति समान्य देखिन्छ त्यति नै विशिष्ट पनि रहेको छ । यस चोकको पहिलो विशेषता यहाँ सूर्यविनायकको मन्दिर रहेको छ। हुबहु सूर्यविनायक मन्दिरकै संरचनामा यहाँको गणेश मन्दिर पनि निर्माण गरिएको छ । त्यस्तै, अर्को विशेषतामा यहाँ रहेको ल्वहं हिति हो । यहाँ रहेको ल्वहं हिति पूर्व दिशा फर्किएको छ । यो हिति सूर्यविनायकको हितिबाट सुरू हुन्छ भन्ने मान्यता रहेको छ । गुन्ही पुन्ही (जनैपूर्णिमा) का दिन नौ वटा पूर्वाभिमुख ल्वहं…
काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘नाप नक्सा भएको जग्गा दर्ता गर्न छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशित भएको मितिले दुई वर्ष र कार्यालयमा यसअघि नै निवेदन गरी फर्स्योट हुन बाँकी पुराना प्रतिवेदनहरु फस्यौंट गर्ने म्याद यो…
तीन महिनाअघि सुनसरीमा नेपाल प्रहरीका एक जवानले टाउकोमा गोली हानेर आत्महत्या गरे । कोशी गाउँपालिका–४, कोशी कटानमा कार्यरत सप्तरीको रुपनी नगरपालिका–२ का प्रहरी जवान अमितेश मण्डलले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका हुन् । कोही नभएको बेलामा सुत्ने कोठामा राति पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको थियो । मण्डलले घरायसी तनावका कारण यस्तो कदम चालेको अनुसन्धानबाट खुलेको छ । भक्तपुर नगरपालिका–१, भावाचोक बस्दै आएका ४४ वर्षीय ज्ञानकाजी मानन्धरले गत मंसिर ६ गते आफ्नै घरको तेस्रो तल्लाबाट हामफालेर ज्यान दिए । पछिल्लो एक दशकदेखि डिप्रेसनको औषधि समेत सेवन गर्दै आएका उनले घरको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन् । …
बिक्सन महर्जन काठमाडौं । कला, संस्कृति, सभ्यता, जात्रापर्वको धनी नेवा: समुदायको जन्मदिन मनाउने अलगै तरिका छ । नेवा: समुदायले तिथिअनुसार जन्मदिन मनाउने गर्छ । जन्मदिन कहिले परेको छ भनी थाहा पाऊन आफ्नो जन्म तिथिको आसपास अगाडि सो व्यक्तिको जात: (जन्म कुण्डली) देखाउन जाने गरिन्छ । जन्मदिन परेको दिन नेवा: समुदायको घरबाट धौ बजि (दहि चिऊरा) दिने चलन रहेको छ । यो कार्य बिहानै गरिन्छ । यदि कसैको घरभित्रको सदस्यको जन्मदिन परेको छ भने जन्मदिन परेको व्यक्ति स्वयम् मन्दिरमा गएर वा सो व्यक्तिको नाममा चामल ढोगाएर मन्दिरमा पूजा गइन्छ । त्यसपछि टोलका मान्छेलाई बोलाएर दहि चिउरा बाँड्ने गरिन्छ, दही चिउरासँगै भिजेको…
काठमाडौं । नेपाली सुगम संगीत आकाशका विशिष्ट तारा गायक योगेश वैद्यको निधन भएको छ। उनको निधन बारेमा समिक्षक प्रकाश सायमीले पुष्टि गरेका छन् । स्वर्गीय बैद्य २०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा युग कवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि उनको चर्चा हुन थाल्यो। भाषिक आन्दोलन चलिरहेको त्यो समय साहित्यिक तथा सांस्कृतिक अभियानमा सक्रिय हुन थालेका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठ लगायतको साथ थियो। २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ’कति प्यासी छ जिन्दगी’ गीत गाएपछि उनी अझै चर्चित भए। त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको…
काठमाडौं । कपनको मिलनचोक तरकारी बजारका लागि पछिल्ला १ दशकदेखि प्रख्यात छ । विशेषगरेर साँझपख यहाँ तरकारीलगायत सन्ध्याकालीन सडक व्यापार हुने गरेको छ । यो ठाउँ काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगमस्थल स्थल पनि हो । जहाँ गत वर्षामा डोजर लगाएर चखुंचा खोला खोलिएको थियो । खोला खोलिए पनि खोलेपछि के गर्ने बारेमा काम नहुँदा यो ठाउँ तरकारी व्यापरका लागि मात्र हैन खोला गन्हाएर बस्न नसक्ने भएको छ । काठमाडौं महानगरले अनानफनानमा खोला व्यवस्थित गर्न डोजर चलाएपछि साँघुरो बनेको चखुंचा खोलाको किनारमा हरेक साँझ त्यहाँ व्यापार गर्ने र खरिद गर्नेको भिड लाग्ने गर्छ । जहाँ ताजा तरकारी, फलफूल, पानीपुरीदेखि लत्ताकपडा, पोलेको…
युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए । राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए । उनी राणाका हातमा गएको राजकीय अधिकार फर्काउन क्रियाशील रहे । त्यसैले राणाहरू त्रैलोक्यप्रति सशंकित भए । त्रैलोक्य राजा नबन्दै उनको निधन वि.सं.१९३४ मा ३० वर्षको अल्पायु उमेरमा नै भएको हुँदा उनका छोरा पृथ्वी वीर विक्रम शाह नेपालका राजा बने । राजगद्दी उत्तराधिकारसम्बन्धी प्रचलित व्यवस्थाअनुसार श्री ५ का छोरा वा छोरापट्टिका नाति, नाति नभए पनाति, पनाति नभए मौसुफका भाइ, भाइ नभए भाइका छोरा, भाइका छोरा नभए भाइका छोराका छोरा र नाति पनि नभए पनाति राजगद्दी उत्तराधिकारी हुने उल्लेख…
काठमाडौँ । दैनिक उपभोग्य वस्तु र रासायनिक मलको विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ अब भने निजी भवन निर्माणमा प्रवेश गरेको छ । भूकम्प उच्च जोखिममा रहेको नेपालमा भौगोलिक अवस्था सुधाउँदो र जोखिम कम हुने घर निर्माणको प्रविधिसहितको नयाँ कम्पनी स्थापना गरी साल्ट ट्रेडिङले नयाँ व्यवसायमा हात हालेको हो । नेपालका दुर दराजका बस्तीहरुसम्म निर्माण सामग्री सहजै पुर्याउन सक्ने गरी नयाँ व्यवसाय सुरु गरिएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए । ‘नेपाल भूकम्पीय उच्च जोखिममा रहेको देश हो । र, भौगोलिक रुपमा निर्माण सामग्री ओसार पसारको लागि पनि उत्तिकै खर्चिलो हुन्छ । यस्ता समस्या समाधान गरेर उचित मूल्यमा उपयुक्त…
कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रारा घुम्न ६ महिनामा ६ हजार सात सयभन्दा बढी पर्यटक पुगेका छन्। रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार पाँच सय ५७ सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ जना गरी ६ हजार सात सय १३ पर्यटकले रारा भ्रमण गरेका हुन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षक अधिकृत राजु घिमिरेले ६ महिनामा ६ हजार सात सय १३ पर्यटकले रारा भ्रमण गरेको बताए। चालू वर्षको सुरुवाती ६ महिनामै रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले सुखद र खुसीको लक्षण देखिएको पनि उनको भनाइ छ।दसैँ/तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएको…
काठमाडौं । बिहीबार अष्टमीको दिन हिजो निर्मल तीर्थबाट ल्याएको सोही जलले अभिषेक गरी मछिन्द्रनाथको महास्नान गर्ने गरिएको छ। यस महास्नानको समयमा काठमाडौंको श्री कुमारी माजुलाई पनि जनबहालमा ल्याउनुपर्ने प्रचलन रहेको छ। श्री कुमारीबाट दर्शनपश्चात् महास्नान गरी श्रद्धालुहरूलाई जल दिने गरिन्छ। मछिन्द्रनाथको महास्नानको समयमा पहिलोपटक जलाभिषेक गर्दा यदि जल देवताको दायाँ बगेमा माथिल्लो भेग तथा बायाँ बगेमा तल्लो भेगका किसानहरुले सबैभन्दा पहिला धान रोपाइँ गर्न पाउने जनविश्वास रहेको छ । हरेक वर्ष पोंहेलाथ्व अष्टमी अर्थात् पौष शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान गर्ने प्रचलन रहेको छ। काठमाडौको केलटोलस्थित जनबहालमा रहेको सेतो मछिन्द्रनाथलाई मन्दिर नजिकै रहेको न्हवं दबु अर्थात् महास्नान गराउने…
रौतहटमा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन्। जिल्लाको गढीमाई नगरपालिका-७ मा घाँस काट्न र बाली हेर्न खेतमा गएकाहरुलाई बिहीबार साँझ स्यालले आक्रमण गरेको स्थानिय रामश्रय राय यादवले जानकारी दिए। स्यालको टोकाइबाट १८ जना घाइते भएको बताउँदै सोही वडाका वडा अध्यक्ष टपेन्द्र राय यादवले भने ‘यती नै भन्ने यकिन भइसकेको छैन्। १८ जनाभन्दा बढी नै घाइते छन।’ घाइते हुनेहरूमा अधिकांश गढीमाई नगरपालिका-७ धर्मपुर, धनाडी र लक्ष्मीपुर टोलका रहेका छन्। घाइते महेन्द्र महतो नुनिया, मन्तोरिया देवीलगायतका सबै जना प्रादेशिक अस्पताल गौरमा उपचार लागि पुगेको एक स्थानीय जानकारी दिए। स्थानीय स्वास्थ्य चौकी तथा नगर अस्पतालमा स्यालले टोकेपछि पाइने खोप उपलब्ध नभएकाले घाइते…
काठमाडौं । जननी देवीको रूपमा मातृदेवीको पूजा परम्परा प्रागऐतिहासिक कालदेखि सिन्धु सभ्यता र वैदिक कालमा पनि मातृदेवीको पूजा उपासना पछि गएर मातृका पूजा परम्पराबाट नै सप्तमातृका र अष्ट मातृकाको पूजा गर्ने परम्परा चल्यो । नेपालमा समेत ऐतिहासिक कालको प्रारम्भदेखि नै मातृका पूजाको परम्परा चलेको विश्वास गरिन्छ । नेपालमा पाइएका प्राचीनतम मूर्तिहरूमध्येको पाटन हौंगलबहालको मातृका मूर्ति पनि एक हो । यो मूर्ति प्रलम्बपादासनमा बसेकी, सिंगारिएको गद्दि जस्तो आसनमा दुवै खुट्टा तल झारी घुँडा फारेर बसेको यस मूर्तिले पैतालाको औलापट्टिको भागले भुइँमा टेकी कुर्कुचाचाहिँ आसनको तल्लो भागमा अड्याएर राखेको देखिन्छ । कुम पछाडि कपडा पट्टयाएको जस्तो स्वरूप देखिन्छ । देवीको कम्मरको माथिको भाग नग्न…
नेवारको समाजमा जातियता विभेद नेपाल सम्वत ५०१ देखि ५१६ सम्म शासन गर्ने मल्ल राजा अशोक मल्लको छोरा जय मल्ल (जयस्थिति मल्ल) ले समाजलाई व्यवस्थित गर्नको लागि सुधार गरेका थिए । राजा जयस्थिति मल्लले आफ्नो मन्त्री जगत भारो (श्रेष्ठ) र राजगुरु शिवदास उपाध्यायसहित अरु पाँच जना– १. कान्यकुण्जीब्राम्हण—कीर्तिनाथ उपाध्याय २.मेथिलब्राम्हण—रघुनाथ झा ३.रामनाथ झा ४.दक्षिणी ब्राम्हण — श्रीनाथ भट्ट ५.महिनाथ भट्ट आदिहरुको सल्लाहअनुसार तत्कालीन नेवारहरुलाई ६४ वटा जातिमा व्यवस्था गरेको देखिन्छ । ती ६४ वर्गमा विभाजित जातहरु लीलाभक्त मुनाकर्मीको नेपाली भाषाको ‘‘मल्लकालीन नेपाल” भन्ने किताबअनुसार जाति विभाजन यसरी छन् । १. कुलु (चर्मकार) — छालाको ब्याग, पानीको भाँडो, बाजा गाजा बनाउने २.…
काठमाडौं । चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ-सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै पर्यो,’ उनले भने। त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा (नाम परिवर्तन) ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्। सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ। ‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले…
