Author: Kathmandu Khabar

भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा आयोजित  एक कार्यक्रममा एमाले विदेश विभाग प्रमुख रहेका राजन भट्टराईले नेपाली राजनीतिक अन्दोलनको जग नै भारतीय प्रभाव भन्न पुगेका छन् । राजधानीमा भएकॊ सॊ कार्यक्रममा बॊल्दै उनले आधुनिक नेपाली राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताउँदै भारतकै प्रभावमा नेपालमा राजनीतिक परिवर्तन भएको बताए । ‘नेपाल-भारत सम्बन्धः सम्भावना र चूनौति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको आन्दोलनको प्रभावस्वरुप राजनीतिक चेतनाको विकास भएर राणा शासनबाट नेपाललाई मुक्त गराउनुपर्छ भन्ने चेतनाले तत्कालीन नेपाली नेताहरु लागिपरेका उनले बताए । उनले नेपाललाई राणा शासनबाट मुक्त गराउनमा भारतीय स्वतन्त्रता आन्दोलनको ठूलो योगदान र प्रभाव रहेको बताए । उनले नेपाल-भारतबीच…

Read More

हिजोबाट नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस अभियान’ प्रारम्भ भएको छ ! कार्यक्रम सुरू भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिलो दिन मेची पुलबाट कञ्चनश्री, झापा बजार, कञ्जीवारी, खजुरगाछी हुँदै अहिले मोरङ पुगेका छन् । थापा आफ्नो सामाजिक सन्जालमा लेख्छन्, हामीले अभियानको क्रममा यात्रा गर्ने घोषणा पछि सबैजनाले ’कम सुनाउने बढी सुन्ने गर्नुपर्छ है!’ भनेर सुझाव दिनुभएको छ। हाम्रो अभियानको मुख्य उद्देश्य नै त्यहीँ हो, संवाद सँगै यात्रा। पूर्वी नेपालको मौसम चिसो छ । गगन थापा पहिलो दिनको यात्रबारे लेख्छन्, आज जाडो थियो, तर हामी सँग संवाद गर्न, भेटघाट गर्न धेरै जना हामी सँग जोडिनुभयो। आज हामीले कृषकका, युवाका, स्थानीय आम समुदायका…

Read More

भक्तपुरको नःपुखु कुनै बेला फोहोरले भरिएको हुन्थ्यो । पानी र रक्सीका बोतल, प्लाष्टिकलगायत फोहोरका सामग्रीले ढाकिएको हुन्थ्यो । पोखरीमा पानी भन्दा धेरै फोहोरहरू हुन्थे । नःपुखु वरिपरी पनि त्यस्तै फोहोर थिए । त्यसैले स्थानीयले यो पोखरीलाई ’गुह्या’ पोखरी पनि भन्थे । परापूर्व कालमा खेतमा काम गरेपछि हात खुट्टा धुन यो पोखरीको पानी प्रयोग गरिन्थ्यो ।  म्ये गाः (राँगा पाल्ने ठाउँ) र पशुहरूलाई नुहाइदिनको लागि पनि यो पोखरीको प्रयोग हुन्थ्यो । यो पोखरीको अर्को विशेषता पनि रहेको स्थानीय बुढापाका बताउँछन् । यहाँको पानी प्रयोग गर्दा शरीरमा आएको घाउ, डन्डीफोर, आँखा पाकेको जस्ता रोग निको हुने । तर समयसँगै पोखरीमा बढेको फोहोरले मानिसहरू यहाँको पानी प्रयोग…

Read More

काठमाडौं । समय विक्रम संवत् १९९७ साल माघ छ गतेको समय थियो । उनलाई राज्यद्रोहको मुद्दामा फाँसी दिने तय भइसकेको थियो । फाँसीअघि उनलाई शंकर शमसेर र बहादुर शमसेरले सिंहदरबारमा बयानका लागि बोलाए । सो दिन बिहानै १० बजेदेखि ११ बजेको बीचमा नेपाल प्रजा परिषद्का सबै सदस्यहरूलाई नेल, सिक्री र हतकडीका साथ पाश्र्ववती सैनिकको घेरामा राखी सिंहदरबार फुटबल चौरमा लगियो । उनीहरुलाई पश्चिमपट्टि फर्काएर उभ्याइएको थियो । अघिल्तिर पालमा राणाहरु र चौरमा भारदार बसिरहेका थिए । अन्य सदस्यहरू ल्याएको केही क्षणमा एकछिनपछि सदर जेलबाट शुक्रराज शास्त्रीलाई पनि हतकडी, नेल सिक्रीमा सिंहदरबारमा नै ल्याइयो । बहादुर शमशेरले ‘त्यस्तो कार्यहरू गरेर तँ…

Read More

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची पुलबाट संवाद यात्रा शुरू गरेका छन् । भद्रपुरमा रहेको मेची पुल नजिकै आयोजना गरेको यात्रा शुभारम्भ कार्यक्रममा महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेत सहभागि थिए । कार्यक्रममा हालै राष्ट्रिय सभामा पुगेका वयोवृद्ध नेता कृष्ण सिटौला पनि सहभागि थिए । शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न संवाद यात्राको शुरू गरेको बताए । नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा शुरु गरेको भन्दै थापाले यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताए । कांग्रेसप्रति नागरिकको गुनासो सुन्न र समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको…

Read More

काठमाडौं ।  धरहरा पार्किङ भवनको पहिलो तलामा आज आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङस्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो। ‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘सरोकारवालासँगको समन्वयमा आईतबारबाट धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ।’ पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा…

Read More

नेपालमा राष्ट्रको इतिहास र संस्कृतिमा अमिट छाप छोड्ने असाधारण व्यक्तिहरूलाई सम्मान गर्न राष्ट्रिय नायक (राष्ट्रिय विभूति) को मान्यताको ठूलो महत्त्व छ। नेपालमा राष्ट्रिय नायकको मान्यता सन् १९५५ (विसं २०१३) मा महत्वपूर्ण घोषणासँगै सुरु भएको थियो । राजा महेन्द्रद्वारा नियुक्त प्रख्यात लेखक बालकृष्ण सामको नेतृत्वमा गठन भएको आयोगले पहिलो १३ राष्ट्रिय विभूतिको सूचीकरण गरेको थियो । देश र जनताका भलाइका लागि सम्पूर्ण जीवन समर्पण गर्ने असल राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रिय विभूति भनिन्छ व्यक्तिगत स्वार्थ, लोभ, अहदुकार जस्ता दुर्गुणलाई पर फालेर देश विकास र मानव हितका लागि लाग्ने तथा राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने मानिस राष्ट्रिय विभूतिका पक्तिमा पर्दछन् यस्ता व्यक्तिले…

Read More

जीआर रञ्जीत आजभन्दा ३० वर्ष पहिले भक्तपुर नगरमा एक अनौठो संस्कृति थियो । जुन हाल लोप भइसकेको छ । त्यो संस्कृतिको नाम “मार हवानेगु” हो । पुस शुक्ल पुर्णिमाबाट शुरु भएर माघ शुक्ल पूर्णिमासम्म भक्तपुरको खोर्‍हे (हनुमानघाट) मा लाग्ने एक महिने स्वस्थानी माताको व्रत भरी “मार हवानेगु” भनेर बिहान सबेरै तलको गीत गाएर सबैलाई उठाउने गर्छ । “दां दां मस्त दां दां । मिखा न्यग कां कां ।। तुति न्यपा चु चु । मार हवाने नु नु ।।” जसको अर्थ यस प्रकार रहेको छ । उठ बच्चाहरु उठ । दुईवटा आँखा खोल ।। दुईवटा खुटाले टेक । माधव भन्न जाऔ…

Read More

काठमाडौं : नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ।  स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडास्तरबाटै कार्यान्वयन गराउन पहल गर्नेगरी अभियान सञ्चालन गर्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरिने छ।  अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा छ हजार ७४३ वटै वडामा प्रतिनिधि खटाउने तय भएको पौडेलले बताए। अभियान सुशील कोइरालाको स्मृति दिवसका दिन माघ २६…

Read More

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिका वडा नं ६ को इटलीटारमा बाटो बढाउन शक्ति प्रयोग गरेकोप्रति स्थानीयवासी आक्रोशित भएका छन् । अदालतको स्टे अर्डरसमेत ख्याल नगरी गुण्डागर्दी शैलीमा बिना सूचना मेयर र वडाध्यक्षले घर कम्पाउण्ड भत्काएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । ३ दिन अघिको अदालतबाट आएको स्टेअर्डरलाइ मतलव नगरी वडाध्यक्ष र मेयरले गरेको गुणडागर्दी शैलीमा ज्यादती गरेको भन्दै एक स्थानीयवासीले वडाध्यक्ष र मेयरले सार्वजनिक सम्पत्ति हडपेर घर बनाएर बसेको आरोप लगाएका छन् । काठमाडौँ ख़बर सम्बाददाता प्रत्यक्षरूपमा पुग्दा घाइते स्थानीयवासीहरूले एकस्वरमा भने, “खहरेमाथि घर हुने मेयर, राजकुलोमाथि घर हुने वडाध्यक्ष अनि बाटो बढाउने भन्दै जनताको घर भत्काउने ? यो अन्याय हैन…

Read More

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले बाटो बढाउने भन्दै अदालतको स्टे अर्डर उलंघन गरेर स्थानीयको घर कम्पाउण्डमा डोजर चलाएको छ । नगरपालिकाको वडा नं ६ इटालीटार जाने बाटो चौडा गर्ने भन्दै पूर्व सूचना बिना नगरपालिकाले डोजरसहित दलबल ल्याएर ज्यादति गरेको स्थानीयवासीले जनाएका छन् । स्थानीयवासीले काठमाडौँ खबरले जानकारी गराए अनुसार मेयर मिठाराम अधिकारी, वडा नं ६ का वडाअध्यक्ष रवि खड्कासहितका वडाध्यक्ष एवम् नगरप्रहरीले स्थानीयवासीमा निर्मम कुटपिटसमेत गरेको बताए । स्थानीयवासीले उपलब्ध गराएको भिडियोमा नगरप्रहरीसहित केही अरू मानिसले स्थानीयलाइ लछार पछार गरेको देखिन्छ । ३ दिन अगाडिको अदालतले दिएको स्टे अर्डर देखाउँदा वडा नं ६ का वडाध्यक्षले अन्टसन्ट गाली गर्दै बाटो “खोलेरै छाडिने…

Read More

काठमाडौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल आजको खेल जितेर सुपर सिक्समा पुगेको छ।  दोस्रो ब्याटिङ गरेको नेपालले ३२ बल बाँकी रहँदै अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको हो। अफगानिस्तानले जितका लागि दिएको १४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेटको क्षतिमा भेट्टायो। यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै जितका लागि नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १४५ रनमा अलआउट भयो। नेपालको जितमा बलर आकाश चन्दको ५ विकेट र कप्तान देव खनालको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो। नेपालका लागि ओपनर अर्जुन कुमालले १४ बलको सामना गरे र २ चौका हान्दै १० रन बनाएर आउट भए। उनी पाँचौँ ओभरमा आउट हुँदा नेपालको स्कोर ११ रनमात्र थियो।…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आफ्नो चुनावी क्षेत्रमा भैरहेका विकास निर्माणका बिभिन्न गतिबिधिका निरीक्षण गरेका छन् । नेपाली कांग्रेस स्थापना दिवश पारेर आयोजना गरिएको निरीक्षण तथा अनुगमन कार्य क्षेत्र नं ४ अधिकांश वडामा भएको बताइएको छ । सांसद थापाको प्रयास एवम् पहलमा भएका तथा अन्य विकासे गतिबिधिको बस्तुगत अनुगमनका लागि पार्टीसँगै थापा फिल्डमा पुगेको संसद सचिवालयले जनाएको छ । क्षेत्र नं ४ भ्रमणका क्रममा थापाले पार्टी पङ्तिसँग पनि भेटघाट गरेको बताइएको छ । -तस्वीरः बिजेन्द्र श्रेष्ठ

Read More

काठमाडौं । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने…

Read More

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘फ्री भिसा र फ्री टिकट’ खारेजी गरेको छ। श्रम मन्त्रालयले दुई महिनाअघि नै यो सुविधा खारेजी गरेको भए पनि बाहिर ल्याएको छैन। उक्त सूचना बाहिर नआउँदा वैदेशिक रोजगारीमा जाने कामदार फ्री भिसा र फ्री टिकटका नाममा ठगि रहेका छन्। श्रम मन्त्रालयका उच्च अधिकारीअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावरले भने फ्री भिसा र फ्री टिकटको खारेज भएको सूचना पाइसकेका छन्।  उनीहरूले खाडीका देश र मलेसिया जाने कामदारसँग अहिले एक लाखभन्दा बढी लागत खर्च उठाउन थालेका छन्। श्रम मन्त्रालयकै केही उच्च अधिकारी र म्यानपावर बीच एक प्रकारको सेटिङको रुपमा यसलाई मन्त्रालयका अर्का अधिकारी…

Read More

काठमाडौं । छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुख्र्यौली परम्परा र संस्कृति रहेको छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुख्र्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुख्र्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उहाँका ठूलोबुबा कृष्ण छन्त्यालले बताए । “हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियाँै, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ”,…

Read More

काठमाडौंमा रहेको पशुपतिनाथ हिन्दु तथा बौद्ध दुवैको एक प्रसिद्ध तीर्थस्थल हो । विशेषगरी हिन्दूहरूले पशुपतिनाथलाई आफ्नो आराध्यदेवको रूपमा पुज्दछन् । यी देवताहरुको पनि देवता (देवादिदेव) महादेव अर्थात् भगवान शिवशंकरको मन्दिर । महायान बौद्ध परम्पराअनुसार पशुपतिनाथलाई श्रीहेरूकको तीर्थ स्थलको रुपमा मानी आएको छ । बज्रयानाबौद्ध परम्परामा श्रीहेरुका बुद्धशासनलाई कायम राख्ने धर्मपालको रुपमा चिनिन्छ । पशुपतिनाथलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्वी मानिसहरुले महान तीर्थस्थलको रूपमा विश्वास गर्दै आएको छन् । लिच्छवीकालभन्दा अघि र लिच्छविकालमा काठमाडौं, पाटन र भक्तपुरमा बुद्ध धर्मको राम्रो विकास भई यस क्षेत्रमा बौद्ध विहार, चैत्य, बुद्ध प्रतिमा, बुद्ध सम्बन्धित विभिन्न प्रतिकहरू आदिको भव्यताकासाथ निर्माण भएको थियो। त्यसबेला पशुपतिनाथको प्रमुख…

Read More

काठमाडौं । हिजाे पूर्णिमादेखि स्वस्थानी व्रत प्रारम्भ भएको छ। माघ शुल्क पूर्णिमासम्म एक महिनासम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ। अहिले साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा धेरै व्रतालु स्वस्थानीको व्रत बसिरहेका छन्। योसँगै देशका हिन्दू धर्मावलम्बीले घर–घरमा हरेक दिन बिहान वा बेलुका स्वस्थानी कथा वाचन गरी व्रत बस्ने चलन पनि छ। पछिल्लो समय देशभित्र मात्र नभएर, भारतदेखि अमेरिका, अस्ट्रेलियामा बस्ने नेपालीले समेत विधि अनुसार स्वस्थानीको व्रत लिने गर्छन्। आज सारा नेपालीले अंगीकार गरेको स्वस्थानी कथा कुनै बेला नेवारहरूको मुख्य पर्व थियो भने उनीहरूले मात्रै मनाउथ्यो । स्वस्थानी ब्रतकथाको समापनको दिन माघ शुक्ल पूर्णिमामा नेवारहरूलाई मात्र बिदा…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली…

Read More

रूस-युक्रेनको युद्धका कारण बढ्दो तनावपछि रोजगारीका लागि रुसमा पुगेका ४५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । मस्कोस्थित नेपाली राजदूतावासको समन्वयमा उनीहरू विभिन्न मितिमा स्वदेश फर्केका हुन् ।  मस्कोस्थित नेपाली राजदूतावासले पछिल्लोपटक रोजगारीका क्रममा पुगेका ४५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि समन्वय गरेको छ । ‘पासपोर्ट दलालको कब्जामा रहेका नेपालीहरू पनि समन्वयका लागि आएका थिए । उनीहरूलाई आवश्यक ट्राभल डकुमेन्ट बनाएर पनि दूतावासले स्वदेश फर्कन समन्वय गरेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘रुसमा लाखौँ खर्च गरेर पुगेका नेपालीलाई नेपाली दलालले नै थप पैसा लिने गरेको विवरण पनि प्राप्त भएको छ । यसको पनि छानबिन भइरहेको छ ।’  अर्कोतर्फ रुसमा रहेका आफन्तलाई स्वदेश फिर्ताका लागि…

Read More

काठमाडौँ – नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने कांग्रेसले जनाएको छ। जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त अभियानका लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिसकेको र केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६ हजार ७४३ वटै वडामा प्रतिनिधि खटिने उनले बताए। केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा…

Read More

भक्तपुरको खोह्रे (हनुमानघाट) मा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने व्रत नै स्वस्थानी व्रत कथा हो । हुन त यो व्रत साँखुस्थित शाली नदीमा पनि चल्ने गर्छ । तर यहाँको व्रत साँखुको भन्दा पुरानो रहेको मानिन्छ र यसको छुट्टै महत्व रहेको छ । तौमढीस्थित तील माधव नारायणलाई तौमढीबाट खोह्रे ल्याएर एक महिनासम्म पूजा गरी ब्रतालुहरूले दिनको एक छाक मात्र भोजन गरी व्रत बस्ने गर्छ । यो महिना भर घर-घरबाट माधव नारायणको दर्शन गर्नको लागि “मार हवानेगु” भने प्रचलन पनि रहेको छ । जसमा टोलका एक अगुवाले एक गीत गाएर सबैलाई जगाई खोह्रे लाग्ने गर्छ । त्यस्तै यस अवधिभर बिहान…

Read More

काठमाडौँ- राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।निर्वाचनको परिणामअनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् भने महिला क्लस्टरमा नेकपाएमालेकीरुक्मिणीकोइरालाविजयीभएकीछिन्। त्यस्तै मधेश प्रदेशमा महिला क्लस्टरमा जसपाकी पूजा चौधरी विजयी भएकी छिन् भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् । त्यस्तै बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल र महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएका छन् । त्यस्तै गण्डकी प्रदेशबाट महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लष्टरमा…

Read More

काठमाडौ । मिटर ब्याज पिडितले फेरि आन्दोलन थाल्ने भएका छन् ।  सम्पुर्ण किसान मजदुर एक होऔं ! वित्तीय शोषण र उत्पीडन विरुद्ध संघर्ष गरौँ !! भन्ने नाराकासाथ मिटर ब्याज पिडितहरुको पक्षमा आन्दोलन गर्दै आएको मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले हिजो बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आउने माघ १६ गतेदेखि सरकारका विरुद्धमा देशब्यापी आन्दोलन गर्ने बताएको छ । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष अबदेश कुसवाहले सरकारले पिडित किसान मजदुरको पक्षमा भन्दा साहु महाजन सुदखोरको पक्षमा काम गरीरहेको हुनाले पिडितले न्याय नपाएको र पिडितहरुले या त आत्महत्या गर्नुपर्ने या त सडकमा गएर भोकै बस्नुपर्ने अबस्था आएको बताए ।…

Read More

सेतो मच्छिन्द्रनाथ अर्थातु आर्यावलोकितेश्वरको साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको हो । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट ल्याई अष्टमीमा आर्यावलाेकितेश्वरलाई महास्नान गराइन्छ । महास्नानपश्चात् नवमीबाट मूर्तिलाई रङरोगन तथा साजसज्जा गर्ने गरिन्छ ।  नवमीमा मूर्तिलाई मन्दिर परिसरको दायाँ भागमा राखेर रङरोगन  गरिन्छ भने दशमीका दिन मन्दिरको अर्को भागमा राखेर मूर्तिलाई आकृति दिने काम हुने सेतो मच्छिन्द्रनाथ मन्दिरका पुजारीले जानकारी दिनुभयो । मन्दिरका मूल पुजारीबाट अहिले रङरोगन गरिरहनुभएको छ त्यसको रेखदेख र निर्देशन भने नरेन्द्र चित्रकारले गरिरहेका छन्  ।  चित्रकारका…

Read More

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)…

Read More

डा. ओममूर्ति अनिल जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ । पहिलेदेखि रक्तचाप नियन्त्रणमा नरहेका बिरामीमा जाडोको कारणले रक्तचाप बढ्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्वपूर्ण उपाय हो । चिसो मौसममा रक्तसञ्चार प्रणालीमा बढी दबाब हुन्छ । त्यसैले मुटुरोगी र मुटुरोगको उच्च जोखिम भएका व्यक्ति बढी सचेत हुनु जरुरी हुन्छ । उमेरले ६० नाघेका मानिस, मधुमेह वा…

Read More

गोरखाको धार्चे गाउँपालिका-४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ। एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरू हिउँले ढाकिएपछि मनमोहक देखिएको छ।समुद्री सतहदेखि २७५० मिटर उचाइमा अवस्थित गुप्सीपाखामा दिउँसो साँढे २ बजेदेखिको हिमपातले बस्ती सेताम्मे भएको हो। यस वर्षको पहिलो पटक हिउँ परेपछि सो बस्तीका बासिन्दा खुसी छन्। ‘पोहोर साल पनि हिउँ परेन। ढिलै भए पनि यसपटकचाहिँ पर्‍यो भनेर स्थानीयबासी खुसी छन्,’ स्थानीय तुले गुरुङले भने, ‘अझै ठूलो हिउँ परे बारीमा भर्खर उम्रिएको गहुँ, जौ सप्रिन्थ्यो भन्ने चाहना थियो, तर चाहेजति हिउँ अझै परेको छैन।’ उनका अनुसार अहिले गुप्सीबस्तीमा करिब दुई इन्चजति हिउँ जमेको छ। गुप्सीमा हिउँ परेपछि त्यस…

Read More

काठमाडौँ- व्यक्ति हत्याको आरोप लागेकी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई फेरि सत्ताको संरक्षण मिल्ने देखिएको छ। १५ वर्षअघि भएको एउटा हत्याको घटनामा संलग्न रहेको जाहेरीपछि गत शुक्रबार उनलाई पक्राउ पुर्जी जारी भएको थियो। सत्ताको नेतृत्व गरिरहेको माओवादी विद्यार्थी संगठनकी अध्यक्ष उनलाई प्रहरीले पक्राउ गरेको छैन। यसअघि पनि राजनीतिक संरक्षण प्राप्त भएकै कारण प्रहरीले पक्राउ नगरेको आरोप पीडित परिवारजनको छ। सिंहमाथि २०६५ फागुन २६ मा सुर्खेतस्थित वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयमा राजबहादुर मल्लको हत्याको आरोपमा दोस्रोपटक पक्राउ पुर्जी जारी भएको छ। राजबहादुर मल्लका बुवा नवराज मल्लले दिएको जाहेरीपत्रपछि सुर्खेत प्रहरीले कालीकोटको महावै गाउँपालिकाकी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’भनिने पदमबहादुर रावत,…

Read More

‍- रामेश्वरी पन्त स्वस्थानी व्रतको सुरुआत कहिले र कसरी भयो भन्ने सम्बन्धमा कुनै यकिन प्रमाण नभेटिए पनि हालसम्म नेपालमा पाइएको सबैभन्दा पुरानो स्वस्थानी कथा (राष्ट्रिय अभिलेखालयमा पाइएका पुस्तकहरूबाट प्राप्त जानकारी अनुसार) संस्कृत भाषामा वि.सं. १६२९(ने.सं.६९३)मा लेखिएको भन्ने कुरा अमेरिकी महिला जेस्सीका भेन्टिन बर्केन्होल्जको शोधपत्र (पृ.१४)मा उल्लेख छ । उनका अनुसार संस्कृत भाषामा लेखिएको आठपत्रे स्वस्थानी कथालाई ३० वर्षपछि वि.सं. १६५९ (ने.सं. ७२३)मा नेवारी भाषामा उल्था गरियो, जुन ३४ पत्रको थियो । यसपछि नेवारीमा लेखिएको २०७ वर्ष पछि र संस्कृतमा लेखिएको २३७ वर्ष पछि नेपाली भाषामा ५५ पत्रे स्वस्थानी लेखिएको पाइन्छ । वि.सं.१८६६(ने.सं. ९३०)मा नेपाली भाषामा उक्त ५५ पत्रे स्वस्थानी लेखिएको…

Read More