काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ६ को इटलीटारमा बाटो बढाउन शक्ति प्रयोग गरेकोप्रति स्थानीयवासी आक्रोशित भएका छन् । अदालतको स्टे अर्डरसमेत ख्याल नगरी गुण्डागर्दी शैलीमा बिना सूचना मेयर र वडाध्यक्षले घर कम्पाउण्ड भत्काएको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।
३ दिन अघिको अदालतबाट आएको स्टेअर्डरलाइ मतलव नगरी वडाध्यक्ष र मेयरले गरेको गुणडागर्दी शैलीमा ज्यादती गरेको भन्दै एक स्थानीयवासीले वडाध्यक्ष र मेयरले सार्वजनिक सम्पत्ति हडपेर घर बनाएर बसेको आरोप लगाएका छन् ।
काठमाडौँ ख़बर सम्बाददाता प्रत्यक्षरूपमा पुग्दा घाइते स्थानीयवासीहरूले एकस्वरमा भने, “खहरेमाथि घर हुने मेयर, राजकुलोमाथि घर हुने वडाध्यक्ष अनि बाटो बढाउने भन्दै जनताको घर भत्काउने ? यो अन्याय हैन ?” उनीहरूले भने । “एकपटक सूचनासम्म नदिकन आएर सिधै तहसनहस हुने गरी भत्काइदिने” ।
आक्रोशित स्थानीयवासीले एकस्वरमा भने, मेयर मिठाराम अधिकारीको घर सार्वजनिक खहरेमा परेको भनेर यति लामो समयदेखि आवाज उठिरहेको छ, त्यसको सुनुवाइ हुँदैन, वडाध्यक्ष रवि खड्काको घर राजकुलो माथि छ त्यसको सुनुवाइ हुँदैन तर हाम्रो आफ्नो जमिनमाथि डोजर लगाउन आउँदा सूचना चाहिँदैन ? गुण्डागर्दी शैली कुटपिट लछारपछार गर्न पाइन्छ ?
यसअघि मेयर मिठाराम अधिकारी तथा वडाध्यक्ष रवि खड्कासहितको टोली नगरप्रमहरी लिएर डोजर प्रयोग गर्न इटलीटार पुगेको थियो । स्थानीयवासीले अदालतको स्टे अर्डर देखाए पनि बाटो फराकिलो बनाउन डोजर प्रयो गरिएको थियो ?