काठमाडौं । नेपाली कांग्रेसले देशभर समुदायमा कांग्रेस अभियान चलाइरहेको छ । राजधानीमा कांग्रेस बिभिन्न तप्काहरू समुदायमा बिबिध गतिबिधि गरिरहेका छन् । यसैबीच नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ प्रदेश ख ले बुढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित जगन्नाथ मन्दिर सरसफा तथा साँझ दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ । प्रदेश ख सभापति रामप्रसाद लुइँटेलले जारी गरेको एक सूचना तथा निमन्त्रणा अनुसार माघ २२ गते सोमवार साँझ ४ बजे जगन्नाथ मन्दिर सरसफाइ तथा दीप प्रज्ज्वलन हुने जनाइएको छ ।
Author: Kathmandu Khabar
विश्व इतिहासमा पहिलो विश्वयुद्धपछि मात्र राहदानीको प्रचलन भएको मानिन्छ । त्यो बेला एकबाट अर्को देशमा आउन जान धातुका राहदानी जारी भएको पाइएको परराष्ट्रविद् डा. मदनकुमार भट्टराई सुनाउँछन् । औपचारिक प्रचलन भने सन् १९२० ताका लिग अफ नेसन्सको सम्मेलनको एक बैठकमा मुद्दा उठेपछि मात्र कागजमा अक्षर कुँदेका राहदानी प्रचलनमा आएको दाबी उनले गरे । नेपालसँग बेलायतको कुटनीतिक सम्बन्ध सन् १८१६ मा स्थापना भएको हो । नेपाल बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामै पहिलो मानिन्छ । नेपालले सन् १९३४ देखि लन्डनमा दूतावास समेत स्थापना गरेको छ । त्यहीपछि राहदानीको सुरुवात भएको मानिन्छ । सोही आसपासमै नेपालले राहदानी जारी गर्ने औपचारिक प्रक्रिया…
आइतबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी…
उप्किएका छपनी र लथालिंग परेका ढुंगा। वरिपरि सिस्नो र बनमाराको जंगल। लेउ लागेको कुवामा पातैपात। बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका-२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो। गाउँ-गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ। सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन्। सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मत सम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ। “गोरेटो बाटोको नामोनिसान छैन। जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नसिएका छन्।…
शाक्यमुनि बुद्धलाई ‘विष्णुको अवतार’ मान्ने गरिन्छ । यो व्याख्यालाई कतिपय बौद्ध अध्येताले ‘अपव्याख्या’को संज्ञा दिने गर्छन् । यो व्याख्याले बुद्ध धर्ममा ह्रास आउँछ र यसको क्षयीकरण हुन्छ । तर त्यो भन्दा ठूलो क्षयीकरण बौद्ध शास्त्रमा लेखिएका “प्रतिमा-लक्षण” र बुद्धका शारीरिक लक्षण र गुणहरूविपरीत बनाइएका यस्ता मूर्तिहरूले पनि बुद्धको शासनलाई छोट्याउँदछ । बुद्धको मूर्ति हेर्दा बुद्धका शारीरिक बनौट, भावभंगीले हाम्रो मनमा एक किसिमको शान्ति र ज्ञानको लागि उत्सुकता जगाउनुपर्छ। मनमा यस्तो भावनाका ‘रस’ पैदा हुनुपर्छ जसले गर्दा अध्यायमा, संसार छोड्न, समाधिमा लाग्न, शील र सदाचार पालन गर्न प्रेरणा मिलोस्। प्रस्तुत बुद्धको मूर्ति बैजनाथ गाउँपालिकाको कृषि प्रदर्शनीमा राखिएको हो । माघ १७…
केही विद्यार्थीले अमेरिकामाबाट सुरु गरेको एउटा परियोजना आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ। यद्यपि यसको उद्देश्य भने फेरिएको छैन। यसको उद्देश्य आज पनि मानिसहरूलाई इन्टरनेटको माध्यमबाट नजिक बनाउनु र विज्ञापनबाट आयआर्जन गर्नु हो। फेसबुक २० वर्ष पुग्दै गर्दा यसले संसारलाई कसरी फेरिदिएको छ त्यसबारे यहाँ चर्चा गरिएको छ। फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल पनि थिए। तर सन् २००४ मा सुरु भएको मार्क जकर्बर्गको यो वेबसाइट तत्काल लोकप्रिय बन्यो। त्यसले यस किसिमको वेबसाइट कति चाँडो प्रभावशाली बन्न सक्छ भने देखायो।स्थापनाको एक वर्ष नपुग्दै फेसबुकका प्रयोगकर्ता १० लाख पुगे। तस्बिरमा आफ्ना साथीहरूलाई “ट्याग“ गर्ने, परिवर्तन वा “रिफ्रेश“ भइरहने “फीड“…
भक्तपुरको दत्तादत्र स्क्वायरमा रहेको पुजारी मठ विभिन्न आकर्षक काष्ठ कलाकृतिको लागि आकर्षक मानिन्छ । पुजारी मठमा रहेको एउटा महत्वपूर्ण कलाकृति हो विमान झ्याल । विमानको स्वरूपमा बनाइएको यस्तो झ्याललाई विमान झ्याल भनिएको पाइन्छ । झ्यालको मध्यभाग खुला छ । माथिल्लो भागमा ढोकाको माथिल्लो भागमा राखिनेस्वरूप बनाइएको छ । सो झ्यालमा दायाँबायाँ उडिरहेका अप्सराहरूको चित्र बनाइएको छ । किनारमा सर्प आकृति बनाइएको छ । झ्यालको दायाँबायाँ खम्बाहरू छन् । खम्बाहरूमा विभिन्न खाले सानासाना बुट्टाहरू कुँदिएका छन् । यी खम्बाहरूको दायाँबायाँ सानासाना जालीदार बुट्टाहरू बनाइएका छन् । उक्त जालीभित्रबाट बाहिर हेर्न सकिन्छ । यी जालीदार ठाउँहरूको दायाबायाँ सानासाना खम्बाहरू छन् । खम्बाहरूमा विभिन्न…
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुकुम्वासीको घर निर्माणका लागि श्रमदान गरेका छन्। शुक्रबार विराटनगर -१६ दरैयाका सुकुम्वासी शिव राईको घर निर्माणमा मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन्। विराटनगर-१६ दरैयाका राईको मोरङ क्षेत्र नम्बर-५ बाट निर्वाचित सांसद योगेन्द्र मण्डलको पहलमा घर निर्माण थालिएको थियो। आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो। घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो। घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए। जाडो मौसममा पाँच जनाको परिवार कष्टकर रूपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलले बताए। मुख्यमन्त्री कार्कीले गरिब, दलित, सुकुम्वासीको…
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाण्डूको उत्तरी क्षेत्रमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना भएको विषयमा थप मानिसहरूमाथि पनि अनुसन्धान हुनसक्ने जनाएको छ।हालसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानका क्रममा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरिएको र थप व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको बताएको छ। “तत्कालीन अवस्थामा जग्गा दिने निणर्य गर्ने बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष र जग्गा लिएका मानिसहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ,” अनुसन्धानको नेतृत्व गरेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले भने।“यो जग्गा लिने/खाने नियतका साथ अनुसन्धानबाट देखियो पुष्टि भयो भने थप मानिसहरू पक्राउ र अनुसन्धानको दायरामा हुनेछन्।” प्रहरीले पक्राउ गरेकामध्ये एक जना…
काठमाडौं । नेपाली कांग्रेसले संसद अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो । यदि छोड्नै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निणर्य भएको छ। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,’यदि अत्यावश्यक जानै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृति गराएरै मात्रै जान पाउने निर्देशन भएको छ।’ यसैगरी कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ। नेता लेखकले भने, ’सभा र समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदको कुरा सुन्ने र सरकारलाई सदनका प्रति…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना सार्वजनिक भएको छ । नगरपालिकाको वडा नं २ का चारजना जनप्रतिनिधिले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै नगरपालिकामा छानबिन तथा कारबाहीको माग गर्दै निवेदन पेश गरेसँगै हस्ताक्षर किर्तेको गम्भीर विषय सार्वजनिक भएको हो । बुढानीलकण्ठ वडा नं २ रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा बस्नका लागि वडाध्यक्ष राजेन्द्र श्रेष्ठसहित दुईजना व्यक्तिको नाम उल्लेख गर्नका लागि किर्ते हस्ताक्षर भएको निवेदनमा पेश गरिएको प्रमाणले देखाएको छ। सोही किर्ते हस्ताक्षर भएको भनिएको निणर्यका आधारमा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले विद्यालय व्यवस्थापनमा जाने व्यक्तिहरू भनेर नगरपालिकालाई पत्र काटेको पाइएपछि किर्ते काममा वडाध्यक्ष श्रेष्ठको हात रहेको भन्ने विषय मजबुत भएको…
राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति २९ प्रतिशत मात्र रहेको छ । आयोजनाको एकाधबाहेकका स्थानमा निर्माणमा अवरोध नरहे पनि हालसम्मको प्रगति तुलनात्मक रूपमा सुस्त देखिएको छ । नेपाल सरकारबाट छ वर्षअघि नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस आयोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनासम्मको समष्टिगत भौतिक प्रगति २९.६२ प्रतिशत रहेको छ । गत पुस महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै आयोजनाले समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित ३०.४५ प्रतिशत रहेको जनाएको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले आयोजना अन्तर्गत ठेक्का लागेका प्याकेजमा तीव्र गतिमा काम भइरहेको जानकारी दिए । उनका अनुसार आयोजनाको…
काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा आज नेपालले छिमेकी टोली भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी खेल नेपाली समयअनुसार दिउँसो १ः४५ मा हुनेछ ।नेपाल सुपर सिक्सका खेल खेल्नुअगावै सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५विकेटले पराजित भएको थियो भने भारत ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ। आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ।पराजितहुँदा पनि भारत रनरेटको आधारमा सेमिफाइनल खेल्न पाउने । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए । त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए…
काठमाडौं । केही समयअघिसम्म पनि नेपाल भन्ने बित्तिकै काठमाडौंको चार भञ्ज्याङभित्रको स्थानलाई चिनाउने गरिएको थियो । राणा काल र सोभन्दा पहिलेको बानी नहटेको भए पनि काठमाडौंलाई नेपाल नभन्नू भन्ने आदेश २०१५ सालमा नै तत्कालीन राजा महेन्द्रले दिएका थिए । २०१५ साल चैत्र १४ को राजपत्र नेपाल गजेटमा नेपाल भन्नाले सबै नेपालको पूर्वदेखिसम्मको भूभागलाई जनाउने भन्दै काठमाडौंलाई काठमाडौंकै नामले सम्बोधन गर्नुपर्ने आदेश उनले दिएको थियो । यो राजा महेन्द्रको ठाडो निर्देशनमा भएको थियो । सो राजपत्रमा भनिएको छ ‘अब उप्रान्त प्रत्येक शिक्षा संस्था, नगरपालिका, पञ्चायत र सबै सरकारी अड्डाखाना समेतले नेपाल भन्नाले समस्त राज्य सम्झनुपर्छ र राजधानी मात्रलाई सम्बोधन गर्दा काठमाडौं…
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज गर्नुभएको हो । तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएको थियो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन…
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एकहजार एक सय ३७ ले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन्। तीन हजार दुई सय १३ गम्भीर र १३ हजार एक सय २२ जना सामान्य घाइते भएका ढकालले बताए। प्रवक्ता ढकालका अनुसार सो…
काठमाडौं । त्यसो त उपमेयर पद आफैमा ‘सेरेमोनियल’ झैँ लाग्छ । “न काम छ न मान छ” भनेजस्तो यो पदको उपज कताकता महिलाका लागि भनेर छुट्याइएको पुरूषवादी सोचग्रस्त मानसिकतामात्र हो कि जस्तो अनुभूति गर्न सकिन्छ । सम्भावनाको उच्चतामा रहेका कतिपय पात्रहरू यो पदमा पुगेर पनि भुत्ते बनिरहेका देख्दा यो पदको गरिमा नै नरहेको सहजै अनुमान गर्न सकिन्छ । काठमाडौँ जिल्लाका ११ उपमेयरमध्ये सम्भावनाको गणितामा अब्बल मानिएकी एक उपमेयर हुन् अनिता तामाङ । व्यक्तित्वदेखि धेरै हिसाबले अनितालाई उच्च सम्भावना भएको नेताको रूपमा लिन सकिन्छ । पढेलेखेकी तथा पार्टीभित्रको राजनीतिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी अनिता बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर हुन् । ०७९…
काठमाडौं । विक्रम संवत् २००७ सालभन्दा अघि राजाहरू सेरेमोनियल भूमिकामा रहेका थिए । उनीहरूलाई निश्चित तलबभत्ता दिइन्थ्यो । बाँकी राणाहरूले गरेको निर्णय अनुमोदन गर्नेबाहेक राजाको खासै भूमिका थिएन। विसं २००० सालमा राजा त्रिभुवन र राज परिवारको तलब/भत्ता दरबन्दीको लगत अनुसार तत्कालीन राजाको तलब भत्ताको बारेमा उल्लेख पाइन्छ । तत्कालीन राजा श्री ५ त्रिभुवनलाई कौसीतोषखाना बाट प्राप्त बहिखाता अनुसार मोरू १,०२९६७ र अन्य अड्डा ठाऊबाट गरेर ३,११, ४४२ मोरू र ३, १०, ७७३ कम्पनी रुपैयाँ गरेर वार्षिक छ लाखभन्दा धेरै तलब दिने गरिन्थ्यो । त्यस्तै, श्री ५ त्रिभुवनका दुई बड़ा महारानी, एक महारानी र दुई रानीलाई पनि अलग्ग भत्ता दिइन्थ्यो ।…
काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४/०२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरेको उल्लेख छ । भारतले नयाँ बजेटमा आर्थिक वर्ष २०२४/०२५ मा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ ११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ । यो सम्पूणर् रकम अनुदान सहयोगमार्फत उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०२३/०२४ को बजेटमा भारतले नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको थियो । चालु आर्थिक वर्ष २०२४/०२५…
काठमाडौँ- कोका-कोलाले नेपालमा सञ्चालन भएको ५० औँ वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो । सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका-कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो । पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका-कोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ । काठमाडौँरचितवनगरीकोका-कोलाको नेपालमा दुई ओटा उत्पादन कारखाना रहेका छन् । देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका-कोलाले १ हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ भने ५ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन.एन…
काठमाडौं । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । तथ्याङ्क अनुसार औसतमा दैनिक…
काठमाडौं । बाग्मती प्रदेशले आफ्ना सवारीसाधन खरिद, मर्मत, भाडा तथा इन्धनका लागि एक वर्षमा पौने दुई अर्ब रुपैयाँ खर्चिएका छन् । सातै प्रदेशका पदाधिकारी तथा कर्मचारी र कार्यालय प्रयोजनका लागि सवारीसाधन खरिद एवं सञ्चालनमा एक अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खर्च भएको हो । यसमध्ये सवारीसाधन खरिदमा २४ करोड ८५ लाख, सवारीसाधन तथा मेसिनरी सामान भाडाका लागि २३ करोड २४ लाख, सवारीसाधन मर्मतमा ५४ करोड ६ लाख, पदाधिकारीको इन्धनका लागि आठ करोड ५७ लाख र कार्यालयको इन्धनका लागि ६४ करोड रुपैयाँ खर्च भएको हो । प्रदेशले कार्यालयका लागि आवश्यक सामग्री खरिद तथा सञ्चालनमा पनि मनग्य नै खर्च गरेका छन् । पानी तथा बिजुलीमा ५३…
काठमाडौं । ललितकला क्षेत्रका विशाल व्यक्तित्व हेम पौडेलको निधन भएको छ । ललितकला चराका चित्र कोरेर आफ्नो विशिष्ट परिचय बनाएका पौडेलले गएराति अन्तिम सास फेरेका छन् । बुधबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा उनको निधन भएको हो। साहित्यका गंगा कर्माचार्य पौडेलका पति हेम पौडेल पछिल्ला ३ दशकदेखि बुढानिलकण्ठको कपनमा बसोबास गर्दै आएका थिए । पौडेलको शव उनकै चाहना अनुसार टिचिङ अस्पताललाइ हस्तान्तरण(दान) गरिएकाे छ ।
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईमाथि बजेट दुरूपयोग गरेको सार्वजनिक आरोप लागेको छ । ‘डोजर वडाध्यक्ष’ भनेर परिचित भट्टराइमाथि बजेट दुरूपयोग गरेको आरोपको समाचार प्रकाशित भएपछि हङ्गामा भएको छ । नगरपालिकाका जनप्रतिनिधिमध्ये क्षमता भएर पनि क्षमता प्रदर्शन गर्न नपाएका वडाध्यक्ष भनेर चिनिने भट्टराइलाई ०७९ स्थानीय चुनावमा मेयर पदको ‘दावेदार’ मानिए पनि अन्तर्पार्टी राजनीतिक दाउपेचले उनलाई पछाडि पारेको थियो । आगामी ०८४ सालको स्थानीय चुनावमा मेयरको संभावित उम्मेदवार भनेर एकातिर चर्चा छ भने अर्कातिर उनलाई कमजोर बनाउन पार्टी, पत्रकार तथा जनप्रतिनिधिकै एकतप्का मरिहत्ते गरेर लाग्ने गरेका छन् । आफूलाई लागेका कुरा फटाफट सामाजिक सन्जालमा राख्न माहिर…
काठमाडौं । गएको माघ ११ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई कोशीको एक सिटमा ‘घाटा’ लाग्यो। देशभर ‘क्लिनचिट’गर्ने गरी लागे पनि गठबन्धनभित्रको कमजोरीले एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेको खातामा गयो। कोशीमा २ सिटका लागि भएको निर्वाचनमा एक सिट कांग्रेसले जित्दा अर्को सिट एमालेले जित्यो। जहाँ माओवादीबाट उठेकी महिला कोटाकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भइन्। यता अर्को कोटामा भने कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले जिते। सत्ता गबठन्धनमा रहेका कांग्रेस-माओवादीले उठाएकी कार्कीको हारसँगै माओवादी असन्तुष्ट छ। कांग्रेसभित्रको अन्तरकलहले कार्कीले हारेको माओवादीको बुझाइ छ। यहाँ विपक्षी एमालेले राप्रपासँग तालमेल गरेको थियो। तालमेलको फाइदा उठाउँदै एमालेले चुनाव जितेको थियो। यसमा कांग्रेसभित्रको…
नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनी चितवन भरतपुर महानगरपालिका-१७ बेलुवाका स्थायी बासिन्दा थिए । पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए । उहनी कांग्रेसको महासमिति सदस्यसमेत रहेका थिए । बसचालक…
काठमाडौं । ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथलाई आज बुङमतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ। मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने चलनअनुसार दिउँसो तःबहाल लगिएको हो। किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ।
कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए। उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने बताए। पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दावी गरे। नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग…
धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा भारतबाट मान्छे बोलाएर बाँदर धपाइएको छ । गाउँमा बाँदरले धेरै दुःख दिन थालेपछि वडा कार्यालयले भारतको मथुराबाट ३ जना बाँदर धपाउन जान्ने व्यक्ति बोलाएको थियो । उनीहरुले एक महिनाको अवधिमा बस्ती वरपरबाट ५ सय बाँदर समातेर जंगलमा छाडेको वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । तीन जनाले बाँदरलाई खोरमा पारेर रातिको समयमा बस्तीदेखि टाढा चुरेको जंगलमा लगेर छाड्ने गरेका थिए । उनीहरुले बाँदर समात्न केरा, बदाम, चना लगायतको खानेकुरा दिने गर्थे । बाँदर लोभिएपछि खोरभित्र फलफूल राखिन्छ । भित्र पसेपछि बाँदरलाई बन्द गरिन्छ । त्यसपछि गाडीमा राखेर जंगलको सुरक्षित स्थानमा छोडिने गरिएको बाँदर समात्ने मथुराका भुला कुसेरीले…
विचार/विमर्श आजको फेसबुक तथा इन्स्टाग्रामको युगमा यसलाई तपाईँहरू आफूलाई एउटा मिथक बनाउने प्रक्रियाका रूपमा स्पष्ट अवलोकन गर्न सक्नुहुन्छ, अझ भनौँ भ्रमको दुनियामा आफूलाई धकेल्दै हुनुहुन्छ। साँच्चै आज कतिपय कुरा मानिसको दिमागबाट कम्प्युटरमा स्थानान्तरण भएका छन्। कसैलाई लाग्न सक्छ–यो निकै मनमोहक छ। तर होइन। यो त निकै डरलाग्दो विषय बनेको छ। आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्। अनलाइन सिर्जना र संसारमा रमाएका छन् र आफ्नै जीवनका सत्य र यथार्थलाई भ्रमित एवम् गलत किसिमले व्याख्या गरिरहेका छन्। (युवल नु हरारी, एक्काइसौँ शताब्दीका लागि) वास्तवमा अभाव, कठिनाइ…
