काठमाडौं खबर माघ २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसले देशभर समुदायमा कांग्रेस अभियान चलाइरहेको छ । राजधानीमा कांग्रेस बिभिन्न तप्काहरू समुदायमा बिबिध गतिबिधि गरिरहेका छन् । यसैबीच नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ प्रदेश ख ले बुढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित जगन्नाथ मन्दिर सरसफा तथा साँझ दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ ।
प्रदेश ख सभापति रामप्रसाद लुइँटेलले जारी गरेको एक सूचना तथा निमन्त्रणा अनुसार माघ २२ गते सोमवार साँझ ४ बजे जगन्नाथ मन्दिर सरसफाइ तथा दीप प्रज्ज्वलन हुने जनाइएको छ ।