काठमाडौं । बाग्मती प्रदेशले आफ्ना सवारीसाधन खरिद, मर्मत, भाडा तथा इन्धनका लागि एक वर्षमा पौने दुई अर्ब रुपैयाँ खर्चिएका छन् । सातै प्रदेशका पदाधिकारी तथा कर्मचारी र कार्यालय प्रयोजनका लागि सवारीसाधन खरिद एवं सञ्चालनमा एक अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खर्च भएको हो ।
यसमध्ये सवारीसाधन खरिदमा २४ करोड ८५ लाख, सवारीसाधन तथा मेसिनरी सामान भाडाका लागि २३ करोड २४ लाख, सवारीसाधन मर्मतमा ५४ करोड ६ लाख, पदाधिकारीको इन्धनका लागि आठ करोड ५७ लाख र कार्यालयको इन्धनका लागि ६४ करोड रुपैयाँ खर्च भएको हो ।
प्रदेशले कार्यालयका लागि आवश्यक सामग्री खरिद तथा सञ्चालनमा पनि मनग्य नै खर्च गरेका छन् । पानी तथा बिजुलीमा ५३ करोड ५७ लाख, फर्निचर तथा फिक्चर्स खरिदमा ४३ करोड ६६ लाख, घरभाडाका लागि ३९ करोड ४४ लाख, सञ्चार महसुलमा १९ करोड ४५ लाख र पुस्तक तथा सामग्रीमा १६ करोड ६१ लाख खर्च गरेका छन् ।