काठमाडौं खबर माघ १८, २०८०
काठमाडौं । ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथलाई आज बुङमतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ। मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने चलनअनुसार दिउँसो तःबहाल लगिएको हो।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ।