Author: Kathmandu Khabar

काठमाडौं ।  नेपाली लेखक संघ काठमाडौँले नेपाली साहित्य मूर्धन्य हस्तक्षर कवि तथा साहित्यकार वैरागी काँइलाको लेखनयात्रा तथा व्यक्तित्वको बारेमा  परिचर्चा गरेको छ । नेपालकै जोठो साहित्यिक संस्था नेपाली लेखक संघको काठमाडौँ शाखाले नियमित श्रृंखलाको रूपमा सुरू गरेको स्रष्टाहरूका लेखन यात्रा तथा व्यक्तित्वका बारेमा परिचर्चा गर्ने कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रम साहित्यकार एवम् कवि वैरागी काँइलामा समर्पित गरिएको थियो । स्वयम् वैरागी काँइला उपस्थित कार्यक्रममा उनका बारेमा प्रा. डा. अभि सुवेदी र प्रा. ज्ञानु अधिकारीले परिचर्चा गरेका थिए । कार्यक्रममा वैरागी काँइलाको निजी जीवनदेखि लेखन पक्ष, दृष्टिकोण एवम् लेखनगर्भका बारेमा सुवेदी एवम् अधिकारीले परिचर्चा गरेका थिए । कार्यक्रममा डा. तुलसी भट्टराइ एवम्…

Read More

काठमाडौं । देशका अधिकांश भागमा पानी नपरेको तथा धेरैजसो दिन घाम लागेकाले हिउँदको तापक्रम सरदरभन्दा बढी रहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रकाशित गरेको गत नोभेम्बर र डिसेम्बर (कात्तिक १५ देखि पुस १५ सम्म)को अवधिको जलवायु सम्बन्धी तथ्यांकले मनसुनपश्चात् र हिउँदको यो अवधिमा विगत सरह तापक्रम ओरालो नलागेको देखाएको छ। जसले गर्दा अचाक्ली जाडो महसूस हुन पाएन। विभागका अनुसार यी दुवै महीनामा दिनको औसत तापक्रम सरदरभन्दा धेरै रह्यो। रातमा भने हिमाली क्षेत्रमा विगतको सरदरभन्दा तापक्रम चिसियो भने दक्षिणी भागमा विगतको औसतभन्दा तापक्रम बढी भयो। विभागका अनुसार नोभेम्बर (कात्तिक १५ देखि मंसीर १५ सम्म) र डिसेम्बर (मंसीर १५ देखि पुस १५ सम्म) दुवै…

Read More

काठमाडौं ।  तामाङ समुदायले शनिबार सोनम ल्होसार मनाउँदैछ। यो ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ।   ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ। आजदेखि खरायो वर्ष पूरा गरी मेघ वर्ष प्रवेश भएको छ। मुसा, गाई, बाघ, खरायो,  मेघ (ड्राागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ। स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको छ। राजजधानीमा रहेका…

Read More

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारले गरेको प्रतिबन्ध खुलाउन निरन्तर ताकिता गरिरहेको छ।माघको दोस्रो साता एक पाकिस्तानीसहित पाँच सदस्य एक हप्ता विभिन्न निकायसँग छलफल गरेर फर्केलगत्तै दुई सदस्य टोली फेरि काठमाडौं उत्रिएका छन्।टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै  कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निणर्य गरेको थियो। टिकटकले सरकारको निणर्य पुनर्विचार गर्न पटकपटक आग्रह गरेको थियो। पत्र नै पठाएर उसले सरकारको आग्रहअनुसार आपत्तिजनक भिडिओ हटाउन तयार रहेको जनाएको थियो। तर, नेपाल सरकारले प्रतिबन्ध नहटाएपछि टिकटकका प्रतिनिधिहरूले निरन्तर काठमाडौंमा भेटवार्तालाई तीव्रता दिएका छन्।  काठमाडौँमा आएको पाँच सदस्यीय टोलीले प्रहरीको साइबर ब्युरोसँग छलफल गराइदिन अनौपचारिक प्रस्ताव राखेको…

Read More

काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ। बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्ता रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो। क्यानडासँग खेल्ने नेपाली टोलीः रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल…

Read More

ब्याजमा लगाएको पैसा समयमै फिर्ता नगरेको भन्दै पोलमा बाँधेर कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । महोत्तरीमा पोलमा बाँधेर कुटपिट गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा पिपरा गाउँपालिका-६ का रामकुमार शर्मालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।उनका अनुसार शर्माले मंगलबार धनुषाधाम नगरपालिका-५ का ४२ वर्षीय नरेश मण्डललाई पोलमा बाँधेर कुटपिट गरेका थिए । महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए ।

Read More

इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निणर्य गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निणर्य गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकणर् पौडेलले जानकारी दिए । इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७०  विद्यालय छन् ।  अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उनले बताए । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निणर्य लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ । उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निणर्य गरेको प्रमुख…

Read More

काठमाडौं । नेपाल कानुन राजको समस्या, खस्कँदो अर्थतन्त्र र राजनीतिक भद्रगोलबाट गुज्रिरहेको छ । सामाजिक क्षेत्रमा सकारात्मक संकेत देखिएको छैन । सबैको आशाको अन्तिम केन्द्र जुनसुकै समाजमा न्यायालयलाई लिइन्छ । तर,हाम्रो मुलुकको सन्दर्भमा न्याय क्षेत्र आफ्नो लिकमा नहिँडेको  भएतापनि अहिले सामान्य सुधारको संकेत  पाइएको छ । अमेरिकामा मुख्यालय रहेको स्वतन्त्र संस्था वर्ल्ड जष्टिस प्रोजेक्टको पछिल्लो प्रतिवेदनमा नेपालमा कानुनी राजको अवस्थामा सुधार हुनै लागेको ब्यहोरा उल्लेख छ । वासिङ्ग्टनमा मुख्य कार्यालय रहेको उक्त संस्थाले गरेको अध्ययनमा नेपाल विश्वका १४२ मुलुकमध्ये ७१ औं स्थानमा उक्लिएको देखिन्छ । ‘पहिलेको भन्दा नेपालको अवस्था सुध्रिएको हो,’ एक जना न्यायाधीशले दाबी गरेका छन् । प्रतिवेदनमा अघिल्लो वर्षको…

Read More

काठमाडौं, २६ माघ । नेपालमा ‘स्ट्रेन्थ लिफ्टिङ्ग’ क्षेत्र पनि बिस्तारै खेलको रुपमा विकसित हुँदैछ । देशैभर स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुन थालेका छन् भने खेलाडिहरू पनि उत्पादन भैरहेका छन् । यसैबीच काठमाडौंको बुढानीलकण्ठ (कपन)मा देशव्यापी स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । स्ट्रेन्थ लिफ्टिङ्ग संघ, काठमाडौंले एक पत्रकार सम्मेलन गरी उक्त  प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना हुनेछ । स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले  पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । उनले प्रतियोगिताको उद्धेश्य  खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । केसीले नेपाल सरकारले खेलाडीहरुको हितका लागि केही गर्न नसकेको…

Read More

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न मुलुकमा मान्छे पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ घुस बुझने गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान दिएका छन् । पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि १ करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका छन् । काभ्रेको पाँचखाल-३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे…

Read More

काठमाडौं : साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेकाहरू परदेश यात्राअन्तर्गत पशुपतिनाथ मन्दिर  आएका छन् ।  पौष शुक्ल पूर्णिमामा शुरु भएको व्रतअन्तर्गत व्रतालु विभिन्न तीर्थस्थलको यात्रा गर्ने गर्छन् यस क्रममा माघ कृष्ण औँसीमा पशुपति क्षेत्र आउने परम्परा छ।   व्रतालु मन्दिर, फर्पिङ, पनौती र चाँगुनारायणमन्दिर पनि जाने छन्।माधवनारायणव्रतको टोली पशुपतिनाथ आइपुग्दा उनीहरूलाइ हेर्न पत्रकारदेखि सर्वसाधारण पशुपतिनाथ पुगेका थिए ।

Read More

काठमाडौं । नेपालमा महिलाहरू झन् असुरक्षित हुँदै गएको प्रहरी तथ्यांकले पुष्टि गरेको छ ।नेपालमा वर्षेनि दुई हजार बढी जबरजस्ती करणीको उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७५-०७६ मा दुई हजार २३० वटा जबरजस्ती करणीको उजुरी दर्ता भएको छ । जसमा कोशी प्रदेशमा ५४४, मधेशमा ३००, बागमतीमा २३०, गण्डकीमा १८१, लुम्बिनीमा ३६९, कणर्ालीमा १४० र सुदूरपश्चिममा १७० रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६-०७७ मा दुई हजार १४४ वटा जबरजस्ती करणीको मुद्दा दायर भएको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै बलात्कारको मुद्दा कोशी प्रदेशमा दर्ता भएको छ । सो प्रदेशमा ४८५, मधेशमा २८८, बागमतीमा २५६, गण्डकीमा १६२, लुम्बिनीमा ३४८, कणर्ालीमा १३९, सुदूरपश्चिममा २००, उपत्यकामा २६६ र ब्युरोमा…

Read More

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन् । उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए । ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रट्ठपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत बताए । मन्त्री रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने…

Read More

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिन न्यायाधीश कारबाहीमा पर्ने भएका छन् । उनलाई न्याय परिषद्ले कारबाही गर्ने भएको हो ।सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए ।  व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए । अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी प्रश्न…

Read More

काठमाडौं । पशुपतिनाथ मन्दिरको स्वामित्व रहेका नौवटा पोखरीमध्ये ६ वटा पोखरी नै गायब भएका छन्। करिब सय वर्षअघि बनेको अनुमान गरिएका ती पोखरीहरू हराएपछि अहिले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले त्यसको खोजबिनमा जुटेका छन्।   ‘करिब एक सयदेखि ७० वर्षअघि बनेका पशुपतिनाथ मन्दिरका नौवटा पोखरीलाई पहिलेकै अवस्थामा फर्काउने तयारी भइरहेको छ,’ कोषका सदस्यसचिव राजु खत्रीले भने, ‘अहिले गायब भएका पोखरीको खोजबिन भइरहेको छ।’ विकास कोषका अनुसार ती सबै पोखरी करिब तीन/तीन आनामा बनेका पाइएका छन्। यी सबै पोखरी हाल काठमाडौं महानगरपालिका ७ र ८ नम्बर वडा तथा साविकको पशुपति गाउँपञ्चायतमा रहेको रहेको पाइएको छ। यी पोखरीमध्ये धर्मशाला पोखरी वनकाली, राजराजेश्वरी…

Read More

अदालतमा सम्बन्ध बिच्छेद गर्ने संख्या बिकराल बन्दैगएको छ । यहाँ स्याङ्जा जिल्लामा गत आबमा लगत सरेका तीनसहित पछिल्लो छ महिनामा २२२ जनाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन् ।  अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जिल्ला अदालतमा अर्थिक बर्षमा दर्ता भएका मुद्दामा सम्बन्ध बिच्छेदका मुद्दा ४७ दशमलब ५४ प्रतिशत रहेको बताए ।  यहाँ पुरुषले २० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेकोमा अन्य मुद्दा भने महिलाले दर्ता गरेका हुन् । अदालतबाट १५३ मुद्दा फर्छ्यौट भएकोमा ६९ बाँकी रहेको र पुरुषले दर्ता गरेका १९ वटा मुद्दा बाँकी रहेका छन् ।  सम्बन्ध बिच्छेद बैदेशीक रोजगार र प्रबिधिको नकारात्मक प्रभावले बढी रहेको शर्माको भनाइ छ सामाजिक सञ्जालको गलत…

Read More

काठमाडौं । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले सम्पूर्ण उत्पादन ठप्प गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैद्यखानाको हातामा पुगेर पूर्ण क्षमतामा चलाउने प्रतिबद्धता जनाएको तीन महिना नबित्दै वैद्यखाना धराशायी बनेको हो । वैद्यखानालाई नजिकबाट नियाल्नेहरू निरन्तरको राजनीतिक हस्तक्षेप, सञ्चालक समितिमा गैर व्यवसायिक मानिसको नियुक्ति र कर्मचारीको असहयोगका कारण वैद्यखाना यो अवस्थामा पुगेको बताउँछन् । कुनै समय करोडौंको आयुर्वेदिक औषधी बिक्री गर्ने सिंहदरबार वैद्यखानामा अहिले औषधी उत्पादन शून्य छ । कर्मचारीहरू घाम तापेर दिन बिताउँछन् । बिक्री कक्षदेखि लिएर कार्यकारी अधिकृत सम्मका सबै कर्मचारी फुर्सदमा देखिन्छन् । बैद्यखानासँगै रहेको बिक्री काउन्टर खाली छ । औषधि खोज्दै आउने उपभोक्ता रित्तो हात फर्किन बाध्य…

Read More

काठमाडौं । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारबाट सयौंको संख्याको र्‍याली पश्चिमतर्फ अघि बढ्यो। ‘हाम्रो संघर्ष जारी छ। मिटरब्याज पीडितलाई न्याय दे,’ र्‍यालीमा नारा घन्कियो। माघ १६ गते काँकडभिट्टाको मेचीपुलबाट सुरु भएको पैदलयात्रा नवौं दिन बुधबार महोत्तरीको बर्दिवास पुगेको थियो।  ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ ब्यानरमा सुरु भएको र्‍याली न्याय माग्दै काठमाडौंका लागि अघि बढेको हो। सहभागीमध्येका एक थिए– महोत्तरीको औरही–१ की ५५ वर्षीया रामकली साह। मिटरब्याजीले भएभरको सम्पत्ति हड्पेपछि उनी अन्तिम विकल्पका लागि र्‍यालीमा सहभागी भएकी हुन्। उनले ६ वर्षअघि गाउँकै छेवीलाल यादवसँग ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। गाउँको एक बिघा जग्गा छेवीलालको नाममा रजिस्ट्रेसन पास गरेर कर्जा लिइन्। जग्गा रजिस्ट्रेसनले मात्रै छेवीलाललाई…

Read More

काठमाडौं । बुढानीलकण्ठ क्षेत्र विकास समिति बनेको छ । लामो प्रतिक्षापछि बनेको क्षेत्र विकास समितिको रूप, रंगले जनसामान्यलाई किञ्चित प्रभाव पार्ने खालको भने छैन । क्षेत्र विकास समितिका नाममा एउटा पार्टीका कार्यकर्ताको जत्था मात्र देख्दा सर्वसाधारणलाई कुनै ‘मज्जा’ नआए पनि मन्दिरका महन्थ निगमानन्दलाई पनि ठूलै असर परेको छ । विदुरबिक्रम खड्कालाई अध्यक्ष बनाएर नगरपालिकाले पठाएको खबरसँगै ‘महन्थ निगमानन्दको निद उड्यो’ भनेर मन्दिर परिसरमा गाइँगुइँ चलेको थियो । बुढानीलकण्ठ नगरपालिकाले बिदुरबिक्रम खड्कालाई क्षेत्र विकास समितिको अध्यक्ष बनाउनुको पछाडि निगमानन्दसँग ‘पङ्गा’ लिन नै खोजेको आशय बुझ्न सकिन्छ । नगरपालिकाभन्दा आफू माथि भन्ने भ्रम र आडम्बरग्रस्त निगमानन्दलाई तह लगाउनकै लागि बिदुरबिक्रम खड्कालाई विकास…

Read More

काठमाडौँ । नेपाली लेखक संघ काठमाडौँले साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा कार्यक्रम गर्ने भएको छ । माघ २७ गते शनिवार काठमाडौँको धुम्बराही हुने विशेष कार्यक्रम साहित्यकार तथा कवि वैरागी काँइलाकै उपस्थितिमा हुन लागेको नेपाली लेखक संघ काठमाडोँले बताएका छ । धुम्बराही मण्डिखाटारस्थित गेट कलेजको सभाहलमा शनिवार दिनको १ बजे हुन लागेको कार्यक्रममा साहित्यकार समालोक प्रा.डा. अभि सुवेदी तथा साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले स्रष्टा वैरागी काँइलाका बारे परिचर्चा गर्ने नेपाली लेखक संघ काठमाडौँद्वारा वितरित निमन्त्रणा पत्रमा  बताइएको छ ।

Read More

काठमाडौं । गिरिबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरिदिएको छ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले उक्त जग्गा सट्टापट्टामा दिने निर्णय कानूनी प्रावधानअनुकूल नदेखिएको ठहर गरेको हो। सर्वोच्चले तत्कालीन सरकारको उक्त निर्णय र त्यस बमोजिम भए-गरिएका काम कारबाहीसमेत बदर हुने ठहर गरेको हो।कृषि उद्योग सञ्चालनका लागि हदबन्दी छुट पाएको जग्गा घरजग्गा व्यवसायमा लगाउन पाउने गरी झापाको गिरीबन्धु टी स्टेटका पक्षमा गरिएको सरकारी निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले आज पनि ‘हेर्दाहेर्दै’मा राखेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक…

Read More

काठमाडौं । १२२ औं सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तक्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ ।  ललित कला प्रज्ञा प्रतिष्ठानमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा तीन वटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले संयुक्त रुपमा बालकृष्ण समको तस्बिरमा माल्यार्पण गरेका थिए  ।  कार्यक्रममा बोल्दै कुलपति निशा शर्माले आजको यस कार्यक्रममा प्रदर्शन गरिएको वृत्तचित्रले बालकृष्ण सम रङ्गमञ्च र साहित्यका बाहेक चित्रकलाका पनि महान कलाकार हुन् भन्ने स्पष्ट पारेको बताउनुभयो । उहाँका कृतिहरु…

Read More

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपविरुद्ध आन्दोलनको घोषणा गरेको छ । श्रमजीवी पत्रकार र कर्मचारीहरुको आन्दोलनलाई पार लगाउन कान्तिपुरसँग गोप्य सम्झौता गरेको आरोप खेप्दै आएको महासंघले नै फागुन २ गतेदेखि आन्दोलन गर्न लागेको बताइन्छ ।  आन्दोलनरत पक्षसँग छलफल र तिनका माग सम्बोधनका लागि एक साताको समयसीमा दिँदै महासंघले अटेर गरेमा थापाथलीस्थित कान्तिपुर मुख्यालयको परिसरभित्र अनिश्चितकालीन रिले अनसन बस्ने चेतावनी दिएको छ ।  कान्तिपुरले थप बेवास्ता गरेमा आमरण अनसन बस्ने महासंघले जनाएको छ । गत मंसिर १५ गते भएको सम्झौता कार्यान्वयनमा कान्तिपुरले तदारुकता नदेखाएपछि महासंघले आन्दोलन घोषणा गरेको हो ।  ‘२०८० मंसिर १५ गते नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया…

Read More

काठमाडौं- काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी बुधबार छुट्दैछन् । यद्यपि उनी थुनामा भने छैनन् । उनी ग्राण्डी हस्पिटलको सबैभन्दा महँगो क्याबिनमा बसिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेश अनुसार आज छुट्ने भएका हुन् । अदालतले बिहीबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भनी सोमबार दुई दिन म्याद थप्ने आदेश दिएको थियो । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण…

Read More

काठमाडौं । पछिल्ला पाँच वर्षमा प्रदेश र स्थानीय तहमार्फत किसानको हातैमा पुग्ने गरी संघीय बजेटबाट ३६ अर्ब २२ करोड ४० लाख ७१ हजार वितरण गरिएको छ । तर, उत्पादन वृद्धिको लक्ष्य राखेर क्षेत्र नै तोकेर ससर्त अनुदान पठाइए पनि के–के शीर्षकमा कति अनुदान खर्च भयो, कति किसान लाभान्वित भए र अनुदान प्रवाहबाट कृषि उपज उत्पादनमा कति वृद्धि भयो भन्ने नियमन र अभिलेखसम्म छैन ।  संघीय बजेटबाट १५ जेठमै रकम पठाउनासाथ कृषि मन्त्रालयले बर्सेनि कार्यविधि बनाई तोकिएकै क्षेत्रमा मात्र रकम खर्चने मापदण्ड पनि पठाउने गरेको छ । तर, मापदण्डअनुसार खर्च भए/नभएकोबारे कुनै निकायले मूल्यांकन नगरेका हुन् ।  चालू आर्थिक वर्ष ०८०/८१ को स्थानीय तहमा वितरण…

Read More

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु भएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको जानकारी दिए । “पूरक जाहेरी छुट्टै दर्ता गर्नुपर्दैन, पुरानै मिसिलमा थप्ने हो, दर्ता नम्बर पनि पुरानै हुन्छ । सूर्यदर्शनबारे थप व्यक्तिहरुमाथि अनुसन्धान थालेका छौँ,” उनले भने । सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि…

Read More

काठमाडौं उपत्यकामा भएका घर, मन्दिर, पाटी, पौवा, विहार, दरबार, मठहरूमा विभिन्न किसिमका झ्यालहरू पाइन्छन् । तिमध्ये एक मुखे झ्यालहरू पनि एक हुन् । वास्तवमा भन्नुपर्दा काठमाडौं उपत्यकाका स्मारकहरूमा सबैभन्दा बढी मात्रामा एकमुखे झ्यालहरू पाइन्छन् । यस्ता झ्यालहरूमा आफ्नै किसिमको काष्ठकलाकारिता देख्न सकिन्छ । झ्यालहरू प्रायः जसो वर्गाकार र आयातकार चौकोसमा बनेका छन् भने खुला भागको आकार भने भिन्न रहेको पाइन्छ । प्रत्येक झ्यालका भागमा जोडिएका भागहरूको नाम अलग अलग हुन्छन् । एकमुखे झ्यालहरू पनि कुनै खोल्न सकिने अवस्थामा बनेका छन् भने कुनै आँखीझ्यालको रूपमा भित्रबाट मात्र बाहिर हेर्न सकिने तर खोल्न नसकिने स्वरूपमा बनाइएका छन् । आँखीझ्यालको प्रयोग सम्भवतः हावाको…

Read More

राजधानी काठमाण्डौलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ७० वर्ष पूरा भएको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीले थानकोटस्थित हालको चेकपोष्ट चोकमा देशकै पहिलो राजमार्गको उद्घाटन गरेकी थिइन् । राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ वर्ष पुगेको अवसरमा नेपाल–भारत सडक सम्पर्कका लागि यस राजमार्ग निर्माण गरिएको थानकोट चेकपोष्टमा राखिएको शिलालेखमा उल्लेख गरिएको छ । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित ७२ माइल लम्बाइको यस सडक काठमाण्डौको थानकोटबाट मकवानपुरको भैंसे दोभानसम्म भारतीय वायुसेनाका चिफ इञ्जिनियर लेफ्टिनेण्ट कर्नेल एन बी ग्रान्टको प्रत्यक्ष निगरानीमा निर्माण सम्पन्न भएको थियो । यस राजमार्ग निर्माण सम्पन्न भएपश्चात थानकोट…

Read More

निपेश ढाका शिवपुरी-नार्गाजुन राष्ट्रिय निकुञ्जमा नागमती बाँध निर्माण गर्ने कुरा अहिले चर्चाको विषय बनेको छ । यसले काठमाण्डौको मानव बस्तीमा असर पुर्‍याउन सक्ने खतराका बारेमा वातावरणविद्हरुले चासो व्यक्त गरिरहेका छन् । जुन नागमती खोला छ त्यसको वरपर रहेर २०६९ सालमा अध्ययन पनि गरेको थिएँ । त्यसको अध्ययन गरेको हुनाले त्यहाँको वातावरण तथा भूगोलका बारेमा पनि राम्रो जानकारी छ । त्यसबेलाको अध्ययनमा त्यहाँको हाइड्रोलोजिकल मोडल तथा अन्य कुराहरु पनि अध्ययनमा समावेश थियो । हाम्रो जस्तो गरिब देशमा विकास निर्माण हुनु र त्यसले आर्थिक तथा अन्य कुराहरुको पनि फाइदा त हुन्छ । तर, त्यसमा धेरै कुराहरु ध्यान दिनु आवश्यक हुन्छ । नागमती…

Read More

काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व संकलन भएको छ । यो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरी उक्त राजश्व संकलन गरिएको हो । उक्त राजश्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३, मधेश प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार रुपैयाँ संकलन भएको छ ।  यस्तै, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार…

Read More