काठमाडौं । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले सम्पूर्ण उत्पादन ठप्प गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैद्यखानाको हातामा पुगेर पूर्ण क्षमतामा चलाउने प्रतिबद्धता जनाएको तीन महिना नबित्दै वैद्यखाना धराशायी बनेको हो ।
वैद्यखानालाई नजिकबाट नियाल्नेहरू निरन्तरको राजनीतिक हस्तक्षेप, सञ्चालक समितिमा गैर व्यवसायिक मानिसको नियुक्ति र कर्मचारीको असहयोगका कारण वैद्यखाना यो अवस्थामा पुगेको बताउँछन् । कुनै समय करोडौंको आयुर्वेदिक औषधी बिक्री गर्ने सिंहदरबार वैद्यखानामा अहिले औषधी उत्पादन शून्य छ । कर्मचारीहरू घाम तापेर दिन बिताउँछन् । बिक्री कक्षदेखि लिएर कार्यकारी अधिकृत सम्मका सबै कर्मचारी फुर्सदमा देखिन्छन् ।
बैद्यखानासँगै रहेको बिक्री काउन्टर खाली छ । औषधि खोज्दै आउने उपभोक्ता रित्तो हात फर्किन बाध्य छन् । औषधी लिन आएका एक सेवाग्राहीले यहाँको औषधि गुणस्तरीय छ भन्ने सुनेकाले लिन आएर पनि नपाएको गुनासो गरे । सरकारी स्वामित्वको वैद्यखाना बन्द भएको खबर उनलाई ननिको लागेको छ । ‘वर्षौं पुरानो, जनताको माया पाएको अझ जनताको स्वास्थ्यसंग सरोकार राख्ने संस्था बन्द हुँदा सरकारका मान्छे के हेरेर बसेका छन् ?’ उनले प्रश्न गरे ।
पहिले वैद्यखानामा सेवाग्राहीको माग अनुसार १ सय ६० प्रकारका औषधीहरू उत्पादन हुने गरेकोमा अहिले भने उत्पादन र बिक्री वितरण शून्य भएको बजरा प्रबन्धक रेग्मी बताउँछन् । यद्यपि एक, डेढहप्तामैकच्चापदार्थकोमेसोमिलाएरउत्पादनथाल्नेउनीबताउँछन्।