

काठमाडौं । नेपाल कानुन राजको समस्या, खस्कँदो अर्थतन्त्र र राजनीतिक भद्रगोलबाट गुज्रिरहेको छ । सामाजिक क्षेत्रमा सकारात्मक संकेत देखिएको छैन । सबैको आशाको अन्तिम केन्द्र जुनसुकै समाजमा न्यायालयलाई लिइन्छ । तर,हाम्रो मुलुकको सन्दर्भमा न्याय क्षेत्र आफ्नो लिकमा नहिँडेको भएतापनि अहिले सामान्य सुधारको संकेत पाइएको छ ।
अमेरिकामा मुख्यालय रहेको स्वतन्त्र संस्था वर्ल्ड जष्टिस प्रोजेक्टको पछिल्लो प्रतिवेदनमा नेपालमा कानुनी राजको अवस्थामा सुधार हुनै लागेको ब्यहोरा उल्लेख छ । वासिङ्ग्टनमा मुख्य कार्यालय रहेको उक्त संस्थाले गरेको अध्ययनमा नेपाल विश्वका १४२ मुलुकमध्ये ७१ औं स्थानमा उक्लिएको देखिन्छ ।
‘पहिलेको भन्दा नेपालको अवस्था सुध्रिएको हो,’ एक जना न्यायाधीशले दाबी गरेका छन् । प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा अध्ययनमा समेटिएका ५९ प्रतिशत मुलुकको अवस्था खस्केको उल्लेख छ ।
नुनी राजको विषयमा क्षेत्रीय हिसाबले हेर्दा नेपाल दक्षिण एसियाका छमध्ये एक नम्बरमा छ । प्रोजेक्टले जारी गरेको ‘रुल अफ ल इन्डेक्स २०२३’ मा दक्षिण एसियाली मुलुकमध्ये नेपालपछि श्रीलंका र भारत छन् । यस किसिमको अध्ययन सन् २०१६ देखि हुँदै आएको थियो । विश्वका ७८ प्रतिशत मुलुकमा गरिएको अध्ययनले सात वर्षमा ७७ प्रतिशत मुलुकमा कानुनी राजको अवस्था खस्कँदै गएको पाइएको छ । यो प्रतिवेदनमा युरोपियन देशहरू डेनमार्क, नर्व र फिनल्याण्ड सबैभन्दा कानुनी राज्य भएको देशमा परेका छन् भने बेलायत पन्ध्रौ स्थान र अमेरिका २७ औँ स्थानमा रहेको छ ।