काठमाडौं । नेपाली लेखक संघ काठमाडौँले नेपाली साहित्य मूर्धन्य हस्तक्षर कवि तथा साहित्यकार वैरागी काँइलाको लेखनयात्रा तथा व्यक्तित्वको बारेमा परिचर्चा गरेको छ । नेपालकै जोठो साहित्यिक संस्था नेपाली लेखक संघको काठमाडौँ शाखाले नियमित श्रृंखलाको रूपमा सुरू गरेको स्रष्टाहरूका लेखन यात्रा तथा व्यक्तित्वका बारेमा परिचर्चा गर्ने कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रम साहित्यकार एवम् कवि वैरागी काँइलामा समर्पित गरिएको थियो ।
स्वयम् वैरागी काँइला उपस्थित कार्यक्रममा उनका बारेमा प्रा. डा. अभि सुवेदी र प्रा. ज्ञानु अधिकारीले परिचर्चा गरेका थिए । कार्यक्रममा वैरागी काँइलाको निजी जीवनदेखि लेखन पक्ष, दृष्टिकोण एवम् लेखनगर्भका बारेमा सुवेदी एवम् अधिकारीले परिचर्चा गरेका थिए । कार्यक्रममा डा. तुलसी भट्टराइ एवम् डा, विष्णुविभु घिमिरे पनि स्रष्टा काँइलाका बारेमा अभिमत राखेका थिए भने स्वयम् वैरागी काइँलाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
धुम्बराहीस्थित गेट कलेजमा आयोजना भएको कार्यक्रम नेपाली लेखक संघ काठमाडौँका अध्यक्ष विसुकुमार के.सी.को सभापतित्वमा आयोजना भएको थियो । उपाध्यक्ष विमुन्स पौडेलले संचालन गरेको कार्यक्रममा ५ दर्जन नेपाली साहित्य क्षेत्रका चिरपरिचित स्रष्टा, साधक तथा अनुरागीहरू उपस्थित थिए ।
फाेटाेः बसन्त गाैतम