काठमाडौं । नेपालमा महिलाहरू झन् असुरक्षित हुँदै गएको प्रहरी तथ्यांकले पुष्टि गरेको छ ।नेपालमा वर्षेनि दुई हजार बढी जबरजस्ती करणीको उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७५-०७६ मा दुई हजार २३० वटा जबरजस्ती करणीको उजुरी दर्ता भएको छ । जसमा कोशी प्रदेशमा ५४४, मधेशमा ३००, बागमतीमा २३०, गण्डकीमा १८१, लुम्बिनीमा ३६९, कणर्ालीमा १४० र सुदूरपश्चिममा १७० रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७६-०७७ मा दुई हजार १४४ वटा जबरजस्ती करणीको मुद्दा दायर भएको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै बलात्कारको मुद्दा कोशी प्रदेशमा दर्ता भएको छ । सो प्रदेशमा ४८५, मधेशमा २८८, बागमतीमा २५६, गण्डकीमा १६२, लुम्बिनीमा ३४८, कणर्ालीमा १३९, सुदूरपश्चिममा २००, उपत्यकामा २६६ र ब्युरोमा एउटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
यता, आर्थिक वर्ष २०७७-०७८ मा दुई हजार ५३२ वटा उजुरी परेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ६०२, मधेशमा ३७५, बागमतीमा ३००, गण्डकीमा २०९, लुम्बिनीमा ४३८, कणर्ालीमा १५५, सुदूरपश्चिममा २२६, उपत्यकामा २२७ वटा रहेका छन्् ।
आर्थिक वर्ष २०७८-०७९ मा उजुरीको संख्या दुई हजार ३८० वटा रहेको छ । कोशी प्रदेशमा ५१२ वटा उजुरी दर्ता हुँदा मधेशमा २८९, बागमतीमा २६५, गण्डकीमा २११, लुम्बिनीमा ३८९, कणर्ालीमा १५७, सुदूरपश्चिममा २३४, उपत्यकामा ३२३ वटा उजुरी परेको छ । आर्थिक वर्ष २०७९-८० मा दुई हजार ३८७ वटा उजुरी दर्ता भएको छ । कोशी प्रदेश ५६७, मधेशमा ३१६, बागमतीमा २६१, गण्डकीमा १७९, लुम्बिनीमा ३५३, कणर्ालीमा २०५, सुदूरपश्चिममा १८९, उपत्यकामा ३१७ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।