काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।
बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्ता रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो।
क्यानडासँग खेल्ने नेपाली टोलीः रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह।