Author: Kathmandu Khabar

काठमाडौं ।  यतिखेर अर्थमन्त्रीको कार्यशैली तथा नेपालको अर्थतन्त्रको अबस्थाप्रति स्वयम् प्रधानमन्त्री प्रचण्ड पनि रिसाएको बताइन्छ । अर्थमन्त्री चेन्ज गर्न प्रचण्डले देउवालाईसमेत पटक पटक भनेको भनेर समाचारहरू प्रकाशित भएका छन् । तर देउवाको अति निकट मानिने अर्थमन्त्री महतलाई हटाउन देउवा राजी नभएपछि मन्त्रीमण्डल परिवर्तन गर्ने प्रचण्डको योजना केही समयदेखि मौन बसिरहेको छ । महतलाइ हटाउन खोज्दा गठबन्धन नै टुटेर प्रधानमन्त्री पद जाला भन्ने उल्टो त्रास प्रचण्ड परेको जानिफकारहरू बताउँछन् । यता अर्थमन्त्री प्रकाशशरण महत भने समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने बताउँछन् बैंकबाट बचत फिर्ता…

Read More

डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभैकन धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू छन् । दर्जनौं धार्मिकस्थलहरूको प्रचार-प्रचार तथा विकास गर्नसके डोल्पामा लाखौं धार्मिक पर्यटकहरू भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । डोल्पाली लगायतका विभिन्न जिल्ला बासीहरूको अटुट धार्मिक विश्वास बोकेका डोल्पाका अन्य धार्मिक सम्पदाहरू मध्ये श्री बाला त्रिपुरा सुन्दिरी मन्दिर पनि एक हो । प्रचूर धार्मिक पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा पर्दै आएको यस मन्दिरको नेपालका अन्य मन्दिरहरू भन्दा पृथक धार्मिक महत्व रहेको छ । इ.सं. १११४ सालमा स्थापना भएको यस मन्दिर भौगोलिक रूपमा पनि पृथक छ…

Read More

जन्मदर्ता सिफारिस लगायतको प्रमाणपत्र किर्ते गरी अर्काकी छोरीलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह कारबाहीबाट जोगिन विभिन्न शक्तिकेन्द्र धाइरहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका मेयर सिंह कारबाहीबाट जोगिन शुक्रबार दिनभर जसो सिंहदरबारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा प्रधानमन्त्री कहाँ पुगेका थिए। सिंहदरबार पुगेका मेयर सिंहले नागरिकता, जन्मदर्ता लगायतको किर्तेबाट जोगाए जसपा परित्याग गरी यहाँकै पार्टीमा पार्टी प्रवेश गर्ने वाचा सहित विभिन्न मन्त्रालय धाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। मेयर सिंहले वीरगंज उप–महानगरपालिका हुँदा २०७१ कार्तिक २० गते…

Read More

काठमाडौं । नेपालले नेदारल्याण्डलाइ ९ विकेटले पराजित गराएको छ । नेपालको कसिलो बलिङको अगाडि निरीहझैँ भएको नेदारल्याण्डले पहिले ब्याटिङ गरेर १३८ रन बनाएको थियो । १३९ रनको टार्गेट लिएर ब्याटिङमा उत्रिएको नेपाललमो १५ ओभरमै नै निर्धारित लक्ष्य पुरा गर्यो । नेपालका लागि अनिल शाह र आशिफ सेखले अर्ध शतक प्रहार गरे भने कुशल भर्तेलले २८ रन बनाए । यसअघि कुसल भुर्तेलले ४ विकेटसहित सबै नेपाली बलरहरूको कसिलो बलिङ प्रस्तुत गरेका थिए ।

Read More

काठमाडौँ– नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो । अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ । याे अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन भएको भए पनि अहिले पुनर्गठन गर्दै भण्डारीलाई संयोजक तोकिएको हो । कांग्रेस केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेका छन् । प्रस्तावमा  सनातन हिन्दुराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको…

Read More

काठमाडौँ- दक्षिण कोरियाले सन् २०२४ मा उद्योग तथा कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार नलैजाने भएको छ। कोरियाले यसै वर्षदेखि नेपालबाट सात क्षेत्रमा ईपीएसमार्फत कामदार लैजाने प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गत वर्ष नै गरेको थियो। गत पुसमा दुई युवाको ज्यान जाने गरी ललितपुरमा भएको घटनापछि कोरियाले तत्काल उत्पादन र कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार लैजान चासो नदिएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए। कोरियाले कोरियन भाषा परीक्षामार्फत ई-९ भिसाअन्तर्गत सूचना प्रविधि (आईटी), यातायात, रेस्टुरेन्ट, क्याफे, सुविधा स्टोर, उद्योग, पानीजहाज निर्माण, निर्माण क्षेत्र र होटलजस्ता सेवा क्षेत्रमा नेपाल कामदार लैजाने प्रस्ताव गरेको थियो। पुसमा भएको घटनापछि कृषि र उद्योगबाहेकका क्षेत्रमा नेपाली कामदार…

Read More

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दैछ।त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपाल अघिल्लो खेलमा भएको कमजोरी सुधार गर्दै आज उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ।आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टिमः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ,…

Read More

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिका वडा नं १२ ले फागुन ३ गते प्रकाशित गरेको एक सूचना अहिले व्यापक चर्चाको विषय बन्दै भाइरल भएको छ । वडाले आफ्नो लेटर प्याडमा दर्ता सहयोगीका लागि दरखास्त आव्हानसम्बन्धि सूचना प्रकाशित गरेको यो विषय यसकारण भाइरल भयो कि पत्रमा लेखिएको थियो, “फागुन महिनाको १ गतेभित्र कार्यालय समयमा निवेदन पेश गर्न सूचनामार्फत जानकारी गराइन्छ ।” बुढानीलकण्ठ नगरपालिका यस्ता उट्पट्याङ टाइपका समाचार बन्न माहिर मानिन्छ । उपत्यकामै कम शैक्षिक योग्यता भएका जनप्रतिनिधिहरुको नगरपालिका भनेर बदनाम भएको बुढानीलकण्ठमा जनप्रतिनिधि जनताका कामभन्दा राजनीति बढी गर्ने भनेर आलोचित छन् । यद्यपि यो सूचना वडा सचिवको दस्तखतमा सार्वजनिक भएको हो । यस…

Read More

काठमाडौँ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृतिमाथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्रति विमति जनाएका हुन् । वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको बृहत् छलफलमा सरकारलाई थोरै पानीको प्रलोभनमा पारेर लगानीकर्ता र परियोजनाले निर्माणको अनुमति लिएको भन्दै विज्ञहरूले आपत्ति व्यक्त गरेका हुन् । हरेक नेपालीको टाउकोमा थपिने गरी एसियाली विकास बैङ्कको ७० अर्ब रुपियाँ ऋण लगानीमा नागमती बाँध निर्माण आयोजनाले निर्माण गर्न लागेको छ । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नागमती बाँध…

Read More

काठमाडौं । बुढानीलकण्ठमा सार्वजनिक जमिनको विषय पेचिलो छ । जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधि नै सार्वजनिक जमिन मिच्नेदेखि अतिक्रमणको संरक्षक बनिरहेको परिप्रेक्षमा हामीले २०७३ सालमा बुढानीलकण्ठ नगरपालिकाले प्रकाशित गरेको सार्वजनिक जग्गाको तथ्यांक तथा अबस्था बारेको प्रतिवेदन हात परेको छ । तत्कालिन बेलामा ठुलै बजेटमा बनेको सो प्रतिवेदनमा हावादारी रहेछ भन्ने कुरा प्रमाणित भएको छ । साविक चुनिखेल गाविसको एउटा कित्ता जग्गा जुन उद्धब खरेल संयोजक रहेको प्रतिवेदनमा स्थानीयले अतिक्रमण गरेको भनेर व्याख्या गरिएको छ । सो जग्गाका जग्गा धनी बाबुकाजी श्रेष्ठले सो जग्गा आफ्नो पुर्ख्यौली तथा लालपूर्जामा भएको दावी गरेर जग्गाधनी पूर्जा नै सार्बजनिक गरेका छन् । सो प्रतिवेदन प्रकाशित भएपछि…

Read More

बिजेन्द्र श्रेष्ठ काठमाडौं ।  बागद्वार बागमती नदीको उद्गम स्थल हो। हामी यो मानेमा भाग्यमानी छौ कि बागद्वार हाम्रै बूढानीलकण्ठ नगरपालिकामा पर्छ । हाम्रो प्रकृति हाम्रो सम्पदा हो । प्रकृति संरक्षणमा हाम्रो सानो प्रयासले पनि महत्वपूणर् अर्थ राख्छ । बूढानीलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनको लागि एउटा महत्वपूर्ण स्थल बागद्वारलाई सफा राख्नु हाम्रो दायित्व पनि हो । बूढानीलकण्ठ नगरपालिकालाई कार्य क्षेत्र बनाएर सामाजिक कार्य गर्दै आइरहेको बूढानीलकण्ठ युथ सर्कलले मानव स्वास्थ्यलाई पनि मध्यनजर गर्दै पर्यटन प्रवर्धनका लागि टेवा पुर्याउने हेतुले प्रकृतिलाई सफा, स्वच्छ र हराभरा राख्न साथीहरुसँग नयाँ नयाँ कुराहरु/अनुभवहरु साटासाट गर्दै यात्रालाई अविस्मरणीय बनाउन २०८० माघ ११ गते बसेको बैठकले फागुन ५…

Read More

काठमाडौं ।  पशुपति क्षेत्रअन्तर्गत जयवागेश्वरी मन्दिर परिसरमा काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा काठमाडौँ ग्वलः अर्केष्ट्रा २०८० आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा सक्रिय चौधबाट क्लबहरूको सहभागिता रहने ग्वलः अर्केष्ट्रा २०८० का बारेमा कार्यक्रम संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का आशामान संगतले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । २०८० फागुन ५ गते शनिबार दिउँसो ३ बजे आयोजना गरिने अर्केष्ट्रामा विभिन्न ग्वल क्षेत्र लगायतका स्थानीय क्लब, संघसंस्था, बाजा खलः, पुचः तथा टोलहरू कार्यक्रमा सहभागी रहने छ । वडाध्यक्ष संगतले युवापुस्ता केन्द्रीत बाजागाजाको संरक्षणार्थ ग्वलः क्षेत्रको पहिचानका लागि ग्वलः अर्केष्ट्रा आयोजना गरिएको बताएका…

Read More

काठमाडौं । शिक्षा क्षेत्रमा फराकिलो पाइला हिँडिरहेको काठमाडौँको मनास्लु वर्ल्ड कलेजले विशिष्ट व्यक्तित्वहरूलाइ सम्मानका साथ कक्षा ११ माँ भर्ना भएका विद्यार्थीहरूको स्वागत गर्ने भएको छ । फागुन ६ गते आइतवार नेपाल प्रज्ञा प्रतिष्ठमान आयोजना हुने एक एक विशिष्ट कार्यक्रममा कलेजले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको हातबाट विशिष्ट व्यक्तिहरूको सम्मान गर्न लागेको हो । मनास्लु वर्ल्ड कलेजले आफू शिक्षाका साथै सामाजिक सेवामा पनि समर्पित रहँदै आएको शैक्षिक संस्थाको परिचय दिँदै संगीतकार, खेलाडी, संचारकर्मी, शिक्षासेवी, समाजसेवी तथा विद्यालय कर्मचारीलाइ सम्मान गर्न लागेको प्रिन्सिपल राजन श्रेष्ठले बताए । फागुन ६ गते हुने कार्यक्रमअन्तर्गत सम्मान कार्यक्रमअघि मनास्लु आइडलको ग्र्यान्ड फिनाले, मनास्लु डान्सिङ स्टारको ग्र्यान्ड…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुढानील्कण्ठ लक्षित टिप्पणी गरेका छन् । मेयर बालेनले समाजिक सन्जालमा एक स्टाटस लेख्दै सार्वजनिक सम्पत्तिका बारे गरेको टिप्पणीका केही अंश बुढानीलकण्ठ लक्षित थियो । उनले लेखेका छन्, खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन ।“ बुढानीलकण्ठ नगरपालिकामा खोला मासेर बाटो तथा घर बनाएको प्रति उनले गरेको टिप्पणीले बुढानीलकण्ठ मेयर मिठाराम अधिकारीलाइ पनि समेत छोएको छ । अधिकारीको घर नै खोलामा परेको भनेर टिप्पणी हुने गरेको छ । बालेनले आफूहरू फराकिलो काठमाडौं बनाउने बाटोमा रहेको बताएका छन् । काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन…

Read More

काठमाडौं । बुढानीलकण्ठमा कति सार्वजनिक जग्गा छ ? तथा त्यसको अबस्थामा बारे अझैँ अध्ययन हुन सकेको छैन । सार्वजनिक जमिन व्यापकरूपमा दुरूपयोग भएको काठमाडौँका नगरपालिकामध्ये बुढानीलकण्ठ नगरपालिका माथिल्लो श्रेणीमा पर्दछ । बुढानीलकण्ठ नगरपालिका बन्नुअघिका साविक गाविस हुँदैमा जनप्रतिनिधिको मिलोमतो सार्वजनिक जमिनको व्यापक दुरूपयोग भएको तथ्य लुकाएर लुक्न सक्ने अबस्था छैन । अधिकांश पूर्व जनप्रतिनिधिको निजी सम्पत्तिसँग सार्वजनिक जमिनको किस्साले छुनुले पनि बुढानीलकण्ठमा व्यापकरूपमा सार्वजनिक जमिन दुरूपयोग भएको मान्न सकिन्छ । हाल बुढानीलकण्ठ नगरपालिकाका मेयर रहेको मिठाराम अधिकारी हुन् वा पूर्व मेयर उद्धव खरेल उनीहरूलाइ सार्वजनिक जमिनको राजनीतिक, आर्थिक तथा व्यक्तिगत दुरूपयोगको विषय छुने गरेको छ । हाल मेयर रहेका मिठाराम…

Read More

काठमाडौं ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय गच्छेदारले उन्मुक्ति पाएका छन् ।  सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लगिएको यस प्रकरणमा त्यसबेलाका भौतिक योजना तथा निर्माणमन्त्री गच्छेदारले नीतिगत निणर्य गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । तर, विशेष अदालतले क्याविनेटको निणर्यमा मन्त्रीको एकल भूमिका नहुने तर्क गर्दै उनलाई सफाई दिएको हो । अख्तियारले १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छेदारसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना र कैद…

Read More

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकोछ । बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो। निगमले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ।खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन। निगमले १५ दिनअघि पनि भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। यो सहित पेट्रोलको मूल्य एक महिनामै ६ रुपैयाँ प्रतिलिटर बढेको छ।

Read More

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा रहेको ‘नागिनी गुफा’का बारे बुढानीलकण्ठवासी नै अनविज्ञ छन् । नगरपालिका तथा वडा कार्यालयले यो विषयलाई महत्व नदिएकोमात्र हैन मेयरलगायत कतिपय जनप्रतिनिधिलाई नागिनी गुफाभन्ने पत्तोसम्म छैन । नगरपालिकाको वडा नं ५ मा रहेको ‘नागिन गुफा’ प्रवर्द्धन एवम् प्रचारप्रसारका स्थानीय सरकारलाई मतलब नभए पनि स्थानीयहरू भने एकजुट भएका छन् । स्थानीयवासीहरूले बुढानीलकण्ठको धरोहरका रूपमा ‘नागिनी गुफा’ रहेको भन्दै यसको उत्खनन् र प्रबर्धनतिर जुट्न पर्ने पदयात्रा कार्यक्रम गरेका छन् । चिसेनी भन्ने ठाउँमा रहेको नागिनी गुफा प्रबर्धनका लागि स्थानीय चिसिनि युथ क्लब, दक्षिणेश्वरी युवा क्लबले तथा स्थानीय अगुवाहरूले विशेष पहल गरेका थिए । नागिनी गुफा पदयात्रामा करिब १०० जना सहभागी…

Read More

काठमाडौं । आजदेखि आइसिसी लिग–२ को त्रिदेशीय सिरिज सुरू हुँदैछ । सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले खेल्दैछन् । आजको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र नामिबिया भिड्दै छ । खेल बिहान सवा ९ बजे सुरू हुनेछ । नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन् ।यस्तै, नेपालले फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ । यस्तै, फागुन ९ मा नामिबिया र फागुन…

Read More

काठमाडौं ।  वरिष्ठ चरा चित्रकार तथा चराविज्ञ कलाकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको माघ १७ गते गङ्गालाल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। १५ औं पुण्य तिथि पारेर बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। अग्रज कलाकार के के कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. रमेश शुभेच्छुले कलाकार पौडेलको जीवन र व्यक्तित्व एवम् सिर्जनात्मकताको विषयमा धारणा राखेका थिए । उनको विषयमा उनका सहपाठी अग्रज कलाकार…

Read More

काठमाडौं । सत्ता गठबन्धनमा धमिरा लागेको चर्चा चलिरहेको छ । बिबिध खाले विषयले वर्तमान सत्ता गठबन्धन फागुन महिनासम्मका लागि मात्र मेहमान बन्न सक्ने भनेर आँकलन गरिन थालेको बेला कारणहरूकोखोजी पनि हुन थालेको छ । सत्ता गठबन्धनका खटपटका बारेमा  औपचारिक रूपमा प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमै संकेत गरेका छन् । माओवादी केन्द्रीय कमिटीको बैठकमा कांग्रेससँगको सहकार्य सहज नभएको स्वयम् प्रचण्ड तथा बाँकी कतिपय नेताले खुलेर बोलेका छन् । केन्द्रीय नेताहरूलाई प्रचण्डले किन त्यसो भने भन्ने कुरामा चाहिँ धेरैको आशंका छ । पछिल्ला दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच अविश्वास बढ्न थालेको छ । त्यसको संकेत कांग्रेसका नेता मात्र होइन, माओवादी नेताहरूले…

Read More

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्डमा ९२ अंक प्राप्त गरी नेपालकै उकृष्ट हुन सफल भएको छ। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिएसँगै नेपालकै प्रथम हुन सफल भएको हो। न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सर्पोट सर्भिसमा २० प्रतिशत गरी कुल १ सय प्रतिशतमध्ये ९२ प्रतिशत अंक ल्याई चौतारा अस्पताल १५ शय्या वर्गको अस्पतालमा पहिलो भएको हो। निर्देशनालले २०८० फागुन १ र २ गते अस्पतालमा न्यूनतम सेवा मापदण्डको अनुगमन गरेको थियो। अनुगमन पछि समिक्षा कार्यक्रममा विभिन्न सूचाङ्को आधारमा अनुगमन गरिएको र १००…

Read More

विगतका वर्षमा जस्तो भेलेन्टाइन डे मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक यो वर्ष देखिएनन् । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक भने कम छन् । नारायणगढ-मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौँसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ-बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउँछन् । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ…

Read More

काठमाडौंलाई आफ्ना मागहरू सुनाउन पूर्वबाट पैदल यात्रा गरी आएका मिटरब्याज पीडितहरू र स्थानीयबासीबीच मकवानपुरमा झडप भएको छ। माघ १५ गते काकडभिट्टाबाट हिँडेका मिटरब्याज पीडितहरूको समूह मंगलबार साँझ मकवानपुरको मनहरी आइपुगेको थियो। साँझ सडक किनारमा बसेर खानाको तयारी गर्दै गरेको करिब दुई सय जनाको समूह र स्थानीयबासीबीच झडप गरेको सिराहाको गोलबजारकी पुनमकुमारी महतोले बताइन्। झडपमा परी घाइते भएका १७ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये १६ जना मिटरब्याज पीडित हुन्। एक जना स्थानीय पनि घाइते भएका छन्। मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय सदस्य विशाल क्षेत्रीका अनुसार मनहरी पुग्नै लागेको पैदलयात्रीको समूह नजिकै एक युवक सवार…

Read More

मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने १०६ वर्ष पुरानो चुरियामाई सुरूङमार्गको मर्मतसम्भारको काम सकिएको छ। नेपालकै पहिलो मानव निर्मित मानिने यो सुरूङ बागमती प्रदेशको राजधानी हेटौंडा उप-महानगरपालिका १५ स्थित चुरियामाई क्षेत्रमा छ। लामो समयदेखि प्रयोगमा नआउँदा यो सुरूङ मार्ग जीणर् बनेको थियो। इतिहास बोकेको यो सुरूङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशले मर्मतको योजना बनाएको थियो। सुरूमा २० मिटर सुरूङ भासिएको अनुमान गरिएको थियो। तर मर्मतका क्रममा ४० मिटर भासिएको पाइएको उनले बताए। सुरूआतमा सुरूङको कुल १९८ मिटर मर्मत गर्नुपर्ने अनुमान थियो। तर काम गर्दै जाँदा मर्मतसम्भार गर्नुपर्ने सुरूङको लम्बाई बढेको निर्देशनालयले जनाएको छ। राणाकालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा बारा र मकवानपुर…

Read More

काठमाडौं । रवि लामिछाने अर्थात् वर्तमान राजनीतिमा सर्वाधिक विवादका पर्याय । पत्रकारिताबाट एकाएक राजनीतितिर आएर ठूलै तरंग ल्याउन सफल भएका रवि लामिछाने यतिखेर सहकारी ठगी प्रकरणमा मुछिएका छन् । भाग्यले साथ पाउँदै आएका भनिने उनी पूर्वगृहमन्त्रीमात्र नभै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पनि हुन् । उनै रवि लामिछाने अब सम्पत्ति शुद्धिकरणमा पनि तानिएका छन् । सम्पत्ति शुद्धिकरण विभागले रविको सम्पत्ति खोजबिन शुरु गरिसकेको छ । विशेषगरेर ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा तथा अन्य बिभिन्न विषयमा रविद्वारा भएका आर्थिक कारोबार प्रति विभागले गहिरिएर चासोका साथ छानविन गरिरहेको छ । विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,…

Read More

नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीनको कानूनी इच्छा मृत्युबाट निधन भएको छ । लामो समयदेखि बिरामी रहेका दुवै जनाले चिकित्सकको सहयोगमा इच्छा मृत्यु रोजेका हुन् । उनीहरुलाई नजिकैको चिहानमा गाडिएको छ । उनीहरुले अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्याण्डमा शोकको अवस्था छ ।नेदरल्यान्ड्समा सन् २००० मा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको थियो। यसअन्तर्गत  ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि अनुरोध गर्न सक्नेछन् । मिडिया रिपोर्टका अनुसार ६८ वर्षसँगै बसेपछि एग्ट र युजीनले आफ्नो मृत्युको समय र दिन आफैं तय गरेका थिए ।  एग्गेटलाई सन् २०१९ मा…

Read More

काठमाडौं । नेपालको तराई भू-परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ ।‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले आज नेपालको तराई भू-परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो । नेपालको तराई भू-परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, अफ्रिकन फार्मर ट्रान्सफरमिङ फुड सिष्टम (माली, सेनेगल, तान्जानिया, युगाण्डा र केन्या), रिग्रिनिङ अफ्रिका (इथियोपिया, घाना, केन्या, माली, नाइजर, रुवाण्डा, सेनेगल सोमालिया), ‘रेन्टोरिङ मेडिटेरेनियन फरेष्ट’ (लेवनान, मोरक्को, ट्युनिसिमभ र टर्की), अक्सिअन अन्डिना (अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वैडर र चिली), पाकिस्तानको लिभिङ इन्डुस पनि विश्व सूचीमा समावेश भएका छन् । वन तथा…

Read More

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा…

Read More

काठमाडौं । आज  माघ शुक्ल पञ्चमी । अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले बुधबार देवी सरस्वतीको उपासना गर्दैछन्। यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ। यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ। अमरकोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन्। पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ। यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई…

Read More