काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा रहेको ‘नागिनी गुफा’का बारे बुढानीलकण्ठवासी नै अनविज्ञ छन् । नगरपालिका तथा वडा कार्यालयले यो विषयलाई महत्व नदिएकोमात्र हैन मेयरलगायत कतिपय जनप्रतिनिधिलाई नागिनी गुफाभन्ने पत्तोसम्म छैन ।
नगरपालिकाको वडा नं ५ मा रहेको ‘नागिन गुफा’ प्रवर्द्धन एवम् प्रचारप्रसारका स्थानीय सरकारलाई मतलब नभए पनि स्थानीयहरू भने एकजुट भएका छन् । स्थानीयवासीहरूले बुढानीलकण्ठको धरोहरका रूपमा ‘नागिनी गुफा’ रहेको भन्दै यसको उत्खनन् र प्रबर्धनतिर जुट्न पर्ने पदयात्रा कार्यक्रम गरेका छन् । चिसेनी भन्ने ठाउँमा रहेको नागिनी गुफा प्रबर्धनका लागि स्थानीय चिसिनि युथ क्लब, दक्षिणेश्वरी युवा क्लबले तथा स्थानीय अगुवाहरूले विशेष पहल गरेका थिए ।
नागिनी गुफा पदयात्रामा करिब १०० जना सहभागी भएका थिए । पदयात्रामा आर्ट अफ लिभिङका अभियान्ता पनि सहभागि थिए । आर्ट अफ लिभिङका प्रतिनिधिले गुफा नजिकै ध्यान तथा योगसमेत गराएका थिए ।
(फाेटाेः बिजएसजी न्युज)