

- बिजेन्द्र श्रेष्ठ
काठमाडौं । बागद्वार बागमती नदीको उद्गम स्थल हो। हामी यो मानेमा भाग्यमानी छौ कि बागद्वार हाम्रै बूढानीलकण्ठ नगरपालिकामा पर्छ । हाम्रो प्रकृति हाम्रो सम्पदा हो । प्रकृति संरक्षणमा हाम्रो सानो प्रयासले पनि महत्वपूणर् अर्थ राख्छ । बूढानीलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनको लागि एउटा महत्वपूर्ण स्थल बागद्वारलाई सफा राख्नु हाम्रो दायित्व पनि हो ।
बूढानीलकण्ठ नगरपालिकालाई कार्य क्षेत्र बनाएर सामाजिक कार्य गर्दै आइरहेको बूढानीलकण्ठ युथ सर्कलले मानव स्वास्थ्यलाई पनि मध्यनजर गर्दै पर्यटन प्रवर्धनका लागि टेवा पुर्याउने हेतुले प्रकृतिलाई सफा, स्वच्छ र हराभरा राख्न साथीहरुसँग नयाँ नयाँ कुराहरु/अनुभवहरु साटासाट गर्दै यात्रालाई अविस्मरणीय बनाउन २०८० माघ ११ गते बसेको बैठकले फागुन ५ गते शनिवार “बागद्वार सरसफाई तथा हाईकिङ” कार्यक्रम गर्ने निर्णय गरेको थियो । कसैलाई आर्थिक भार नपरोस् भन्ने उदेश्यका साथ ब्रेकफाष्ट र लञ्चको खर्च सहभागीहरु आफैले गर्नुपर्ने गरी कार्यक्रमको तिब्र तयारी गर्दै थियौ।
म नेपाली काँग्रेस बूढानीलकण्ठ नगर कार्य समितिको सचिव पनि हुँ। अझ भन्नु पर्दा नेपाली काँग्रेस भित्र पनि केन्द्रिय महामन्त्री आदरणिय नेता माननीय गगन थापाको कार्यकर्ता । गगन ब्यक्ति हैन बिचार हो भन्ने विचारको हिमायती हुँ । त्यसैले मलाई ’गगन थापाको कार्यकर्ता हुँ’ भन्न गर्व लाग्छ । सम्पूर्ण युवाहरुका आसा र भरोसाका केन्द्र अनि भविष्यका पार्टी सभापति र प्रधानमन्त्रीको रुपमा आम मानिसले हेरिरहेका उहाँको लोकप्रियता २०७८ सालको महाधिवेशनमा महामन्त्री पदमा पाएको दुई तिहाई मत, २०७९ सालको संसदिय निर्वाचनमा क्षेत्र नं. ४ को सबै बुथमा भएको बिजय, २०८० माघ १३ देखि २६ गतेको मेचि-महाकाली संवाद यात्रालगायत धेरै कुराहरुले देखाई सकेको छ। उहाँका प्रत्येक भाषण खोजी खोजी सुन्ने म, देश दौडहामा रहेका बेलामा पनि समय निकालेर आफ्नो क्षेत्रमा आएर हामी जस्ता कार्यकर्तालाई दिन लागेको प्रशिक्षण कार्यक्रममा उपस्थित नहुने त कुरै छैन ।
नगरको संगठन बिस्तार बिभागको प्रमुखको नाताले बूढानीलकण्ठ नगरमा संगठन बिस्तार गर्नु र संगठन चलायमान बनाउनु मेरो दायित्व हो । पार्टीले गरेका हरेक कार्यक्रम र गतिबिधिहरुमा सहभागिता जनाउनु मेरो कर्तव्य पनि हो । त्यो मेलै पुरा पनि गर्दै आईरहेको छु । पार्टीको कार्यक्रमसँग जुधाएर अर्को कार्यक्रम गर्ने कुरा कल्पना भन्दा पनि बाहिरको कुरा हो ।
जब २०८० फागुन १ गते मंगलबार नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. ४ प्रदेश (२) ले पनि फागुन ५ गते माननीय गगन थापाज्यूको प्रमुख आतिथ्यमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको जानकारी प्राप्त भयो, जानकारी प्राप्त हुने बितिक्कै हामीले “बागद्वार सरसफाई तथा हाईकिङ” कार्यक्रमलाई फागुन ५ गतेबाट फागुन १२ गते शनिवार सारेका छौ । आफ्नो स्वास्थ्य र प्रकृतिको लागि एकदिन समय दिएर हाम्रो यात्रामा सहभागि हुन सबैलाई हार्दिक अनुरोध गर्दछु।
- (लेखकः नेपाली कांग्रेस बुढानीलकण्ठ नगर सचिव हुन्)