काठमाडौं । बुढानीलकण्ठमा सार्वजनिक जमिनको विषय पेचिलो छ । जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधि नै सार्वजनिक जमिन मिच्नेदेखि अतिक्रमणको संरक्षक बनिरहेको परिप्रेक्षमा हामीले २०७३ सालमा बुढानीलकण्ठ नगरपालिकाले प्रकाशित गरेको सार्वजनिक जग्गाको तथ्यांक तथा अबस्था बारेको प्रतिवेदन हात परेको छ । तत्कालिन बेलामा ठुलै बजेटमा बनेको सो प्रतिवेदनमा हावादारी रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।
साविक चुनिखेल गाविसको एउटा कित्ता जग्गा जुन उद्धब खरेल संयोजक रहेको प्रतिवेदनमा स्थानीयले अतिक्रमण गरेको भनेर व्याख्या गरिएको छ । सो जग्गाका जग्गा धनी बाबुकाजी श्रेष्ठले सो जग्गा आफ्नो पुर्ख्यौली तथा लालपूर्जामा भएको दावी गरेर जग्गाधनी पूर्जा नै सार्बजनिक गरेका छन् ।
सो प्रतिवेदन प्रकाशित भएपछि नगरपालिका मेयर बनेका उद्धव खरेलले प्रतिवेदन बनाए पनि सो प्रतिवदेन सिमित व्यक्तिलाइ मात्र बाँडेर पेश्की फर्स्यौट गरिएको थियो । ठूलै समितिसहितकोसो प्रतिवेदनमा उल्लेख भएका कतिपय तथ्यांक नितान्त मिथ्या हुनसक्ने आशंकाकाबीच बाबुकाजी श्रेष्ठले लालपूर्जासहित सो जग्गाको हकभोग दावी गर्दै पूर्वमेयर खरेललाई प्रश्न गरेका छन् ? “नगरबासीलाई मानसिक तनाव केका लागि भूतपूर्व मेयरसाब???”