काठमाडौं । यतिखेर अर्थमन्त्रीको कार्यशैली तथा नेपालको अर्थतन्त्रको अबस्थाप्रति स्वयम् प्रधानमन्त्री प्रचण्ड पनि रिसाएको बताइन्छ । अर्थमन्त्री चेन्ज गर्न प्रचण्डले देउवालाईसमेत पटक पटक भनेको भनेर समाचारहरू प्रकाशित भएका छन् । तर देउवाको अति निकट मानिने अर्थमन्त्री महतलाई हटाउन देउवा राजी नभएपछि मन्त्रीमण्डल परिवर्तन गर्ने प्रचण्डको योजना केही समयदेखि मौन बसिरहेको छ । महतलाइ हटाउन खोज्दा गठबन्धन नै टुटेर प्रधानमन्त्री पद जाला भन्ने उल्टो त्रास प्रचण्ड परेको जानिफकारहरू बताउँछन् ।
यता अर्थमन्त्री प्रकाशशरण महत भने समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने बताउँछन् बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताउदै। चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुपुगेका अर्थमन्त्री महतले भने, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं।’ ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु। बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन।’
लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको भन्दै मन्त्री महतले पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको छ। लघु वित्त र सहकारीबाट ऋण लिएकालाई उपयोग गर्न खोजिएको छ। यो एकदमै खतरनाक प्रवृत्ति हो ।
‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्तारु मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री महतले भने, ‘सँगसँगै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ। लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन।’