काठमाडौं खबर फाल्गुन २, २०८०
नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीनको कानूनी इच्छा मृत्युबाट निधन भएको छ । लामो समयदेखि बिरामी रहेका दुवै जनाले चिकित्सकको सहयोगमा इच्छा मृत्यु रोजेका हुन् । उनीहरुलाई नजिकैको चिहानमा गाडिएको छ ।
उनीहरुले अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्याण्डमा शोकको अवस्था छ ।नेदरल्यान्ड्समा सन् २००० मा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको थियो। यसअन्तर्गत ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि अनुरोध गर्न सक्नेछन् ।
मिडिया रिपोर्टका अनुसार ६८ वर्षसँगै बसेपछि एग्ट र युजीनले आफ्नो मृत्युको समय र दिन आफैं तय गरेका थिए । एग्गेटलाई सन् २०१९ मा ब्रेन हेमरेज भएको थियो । यी दम्पतीका तीन सन्तान रहेका छन् ।