काठमाडौं खबर माघ २६, २०८०
काठमाडौं : साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेकाहरू परदेश यात्राअन्तर्गत पशुपतिनाथ मन्दिर आएका छन् । पौष शुक्ल पूर्णिमामा शुरु भएको व्रतअन्तर्गत व्रतालु विभिन्न तीर्थस्थलको यात्रा गर्ने गर्छन् यस क्रममा माघ कृष्ण औँसीमा पशुपति क्षेत्र आउने परम्परा छ।
व्रतालु मन्दिर, फर्पिङ, पनौती र चाँगुनारायणमन्दिर पनि जाने छन्।माधवनारायणव्रतको टोली पशुपतिनाथ आइपुग्दा उनीहरूलाइ हेर्न पत्रकारदेखि सर्वसाधारण पशुपतिनाथ पुगेका थिए ।