काठमाडौं खबर माघ १९, २०८०
काठमाडौं । केही समयअघिसम्म पनि नेपाल भन्ने बित्तिकै काठमाडौंको चार भञ्ज्याङभित्रको स्थानलाई चिनाउने गरिएको थियो । राणा काल र सोभन्दा पहिलेको बानी नहटेको भए पनि काठमाडौंलाई नेपाल नभन्नू भन्ने आदेश २०१५ सालमा नै तत्कालीन राजा महेन्द्रले दिएका थिए ।
२०१५ साल चैत्र १४ को राजपत्र नेपाल गजेटमा नेपाल भन्नाले सबै नेपालको पूर्वदेखिसम्मको भूभागलाई जनाउने भन्दै काठमाडौंलाई काठमाडौंकै नामले सम्बोधन गर्नुपर्ने आदेश उनले दिएको थियो । यो राजा महेन्द्रको ठाडो निर्देशनमा भएको थियो ।
सो राजपत्रमा भनिएको छ ‘अब उप्रान्त प्रत्येक शिक्षा संस्था, नगरपालिका, पञ्चायत र सबै सरकारी अड्डाखाना समेतले नेपाल भन्नाले समस्त राज्य सम्झनुपर्छ र राजधानी मात्रलाई सम्बोधन गर्दा काठमाडौं भन्ने बानी पार्नुपर्छ ।’