काठमाडौं खबर माघ २०, २०८०
शाक्यमुनि बुद्धलाई ‘विष्णुको अवतार’ मान्ने गरिन्छ । यो व्याख्यालाई कतिपय बौद्ध अध्येताले ‘अपव्याख्या’को संज्ञा दिने गर्छन् । यो व्याख्याले बुद्ध धर्ममा ह्रास आउँछ र यसको क्षयीकरण हुन्छ । तर त्यो भन्दा ठूलो क्षयीकरण बौद्ध शास्त्रमा लेखिएका “प्रतिमा-लक्षण” र बुद्धका शारीरिक लक्षण र गुणहरूविपरीत बनाइएका यस्ता मूर्तिहरूले पनि बुद्धको शासनलाई छोट्याउँदछ ।
बुद्धको मूर्ति हेर्दा बुद्धका शारीरिक बनौट, भावभंगीले हाम्रो मनमा एक किसिमको शान्ति र ज्ञानको लागि उत्सुकता जगाउनुपर्छ। मनमा यस्तो भावनाका ‘रस’ पैदा हुनुपर्छ जसले गर्दा अध्यायमा, संसार छोड्न, समाधिमा लाग्न, शील र सदाचार पालन गर्न प्रेरणा मिलोस्।
प्रस्तुत बुद्धको मूर्ति बैजनाथ गाउँपालिकाको कृषि प्रदर्शनीमा राखिएको हो । माघ १७ गते भएको प्रदर्शनीस्थलमा राखिएको यो भगवान बुद्धको प्रतिमा लक्षण र भावभंगिमा मिलेको देखिँदैन । पहिलो तर्क त भगवान गौतमबुद्धको प्रतिमा बनाउनु नै उहाँको सिद्धान्तको विपरीत मान्ने गरिन्छ । बनाएको मूर्ति पनि भावभंगीमा नमिल्दा यो अवस्था देखिएको छ । अध्येताहरू यसलाई राम्रो लक्षण मान्दैनन् । यो मूर्तिले हाम्रा पारम्पारिक मूर्ती बनाउने शिल्प भएका कालिगढरु लोप हुँदै गएको लक्षण र संकेत देखिएको छ ।