काठमाडौंमा रहेको पशुपतिनाथ हिन्दु तथा बौद्ध दुवैको एक प्रसिद्ध तीर्थस्थल हो । विशेषगरी हिन्दूहरूले पशुपतिनाथलाई आफ्नो आराध्यदेवको रूपमा पुज्दछन् । यी देवताहरुको पनि देवता (देवादिदेव) महादेव अर्थात् भगवान शिवशंकरको मन्दिर ।
महायान बौद्ध परम्पराअनुसार पशुपतिनाथलाई श्रीहेरूकको तीर्थ स्थलको रुपमा मानी आएको छ । बज्रयानाबौद्ध परम्परामा श्रीहेरुका बुद्धशासनलाई कायम राख्ने धर्मपालको रुपमा चिनिन्छ । पशुपतिनाथलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्वी मानिसहरुले महान तीर्थस्थलको रूपमा विश्वास गर्दै आएको छन् । लिच्छवीकालभन्दा अघि र लिच्छविकालमा काठमाडौं, पाटन र भक्तपुरमा बुद्ध धर्मको राम्रो विकास भई यस क्षेत्रमा बौद्ध विहार, चैत्य, बुद्ध प्रतिमा, बुद्ध सम्बन्धित विभिन्न प्रतिकहरू आदिको भव्यताकासाथ निर्माण भएको थियो। त्यसबेला पशुपतिनाथको प्रमुख पूजारी बज्रायानी बौद्ध मार्गीहरू नै थिए । यसबेलासम्म उपत्यकामा हिन्दु धर्मको प्रभाव खासै नभएको देखिन्छ। यसरी लिच्छिविकालदेखि यता लामो समयसम्म पशुपतिनाथको पुजारी नेवा बज्रायानका बौद्धमार्गीपुजारीहरू हुँदै आएको इतिहासहरु पाइन्छ ।
ई.सं. १४८४ मा राजा रत्नमल्लले पाटन र काठमाडौं दुवै राज्यमा शासनको वागडोर आफ्नो हातमा लिएको थियो । त्यस बेलादेखि राजा रत्नमल्लले नेपालमा हिन्दुधर्मको विकास र विस्तार गरेको पाइन्छ। त्यस समयदेखि हालसम्म पशुपतिनाथको पुजारीमा हिन्दूहरू रहँदै आएको छ ।त्यसपछिको राजाहरुले भने हिन्दु धर्मलाई व्यापक रूपमा विस्तार गरेको देखिन्छ। प्रत्येक वर्ष यहाँ हिन्दु परम्परा अनुसार विभिन्न मेलाहरु लाग्ने गर्दछ । त्यस मेलामा भारत लगायत देशको विभिन्न जिल्लाहरूबाट हिन्दुहरूको ठूलो संख्यामा उपस्थिति हुने गर्दछन् । समयको अन्तरालपछि पशुपतिनाथको मूल ढोका प्रवेशद्वारमा “हिन्दूहरूलाई मात्र प्रवेश,” भन्ने सूचना टाँस्न थाल्यो । यसको मतलब हिन्दूबाहेक अरू धर्मका मानिसहरू पशुपति मन्दिरभित्र प्रवेश गर्न पाइदैन भनेको हो ।
वास्तवमा बौद्धहरूले पशुपतिनाथलाई ‘घुलाङ्फोडाङ्’ अर्थात् श्रीहेरूको महान तीर्थ स्थलको रूपमा विश्वास गर्दछन् र बेला बेला बौद्ध गुरुहरु यहाँ आइ सम्पुर्ण सत्व प्राणीहरुका हितार्थ झिन्सेक(यज्ञ)पुजाहरु पनि गर्ने गर्दछ।र वर्षमा एक चोटि (अर्थात् आजकै दिन) पशुपति मन्दिर भित्र रहेका शिवलिङ्गमा पञ्चबुद्ध मुकुट पहिराइ क्षमा पुजा गर्ने गर्दछ जसलाई त्यहाका पुजारी हरु शिवलिङ्गको छाँया दर्शन भन्ने गर्दछ्न।यसरी क्षमा पुजा गर्नुको पछाडी पौराणिक कथा रहेका छ(तल लिन्क राखिएको छ)। यसका साथै मुल मन्दिर भित्र स्तुपा सङ्गै ८४ महासिद्दका मुर्तिहरु पनि छ्न।यहाँ बौद्धमहासिद्दहरुले तपस्या गरि सिद्धी प्राप्त गरेका ऐतिहासिक प्रमाणहरु साथै यत्रतत्र बुद्ध प्रतिमा बुद्ध प्रतिकहरु पनि रहेका छ्न। तर पशुपतिनाथमा रहेका भारतीय पूजारी लगायत यस क्षेत्रको विकास समितिमा समेत हिन्दुहरूको चलखेल बढेको र यस तीर्थ प्रति रहेको बौद्धहरूको आस्था ,विश्वास र बौद्ध सम्पदा कलाकृतिमाथि हिन्दुहरुले प्रायः बेवास्ता गरेकाकारण पशुपतिप्रतिको बौद्धहरूको आस्था विस्तारै घट्दै गएको आभाष पाइन्छ ।
अहिले पनि पशुपतिका भारतीय मूल भट्ट नियुक्ति हुनुअघि नेवारी गुभाजुसँग दीक्षा लिनुपर्छ र अहिले नि पशुपतिको एउटा दिशामा नेवा गुभाजुले नै पूजा गर्ने गर्दछ । मूल भट्टमा अझै पनि उपायकौशल्य छैन वा यो परम्परा गर्नमा डर मान्ने गर्छ। कुल परम्पराअनुसार जम्मा तीन थरी पुजारीसँग मात्रै पशुपतिमा पूजा गर्नेबारे पूरा ज्ञान रहेको छन् ।
१. काठमाडौंका नेवा पुजारीहरू/ गुभाजुहरू
२.तिब्बती मूलका लामा पुजारीहरू र
३. दक्षिण भारतीय पुजारीहरू
शासन गर्ने राजनीति यस्तो भयो कि पशुपतिमा पुजारी कसलाई बनाउँदा आफूलाई फाइदा हुन्छभन्दा नेवारलाई बनाउने कुरा भएन । (दबाउनपर्नेलाई पुजारी बनाएर सम्मान गर्ने कुरा भएन ।) र लामालाई बनाउँदा केही फाइदा भएन/ देखिएन । यसैले भारतीयलाई पुजारी बनाउँदा आर्थिकरूपमा धेरै नै फाइदा हुने देखेर नै भारतीय पुजारी राखिएको हो । पशुपतिनाथलाई बौद्ध र हिन्दुका धार्मिक सहिष्णु तथा आस्थाको केन्द्रको रुपमा विकास गर्न बौद्ध इतिहासको सिंहालोकन गरी यस क्षेत्रको विकास गर्न बौद्ध विद्वान तथा धर्मभिरूहरूलाई पनि समेट्नु आजको आवश्यकता हो । हिजो आज यस मन्दिरको मूलढोकामा पशुपति क्षेत्र विकास कोषले प्रवेश हिन्दुहरूको लागि मात्र भनी लेखी टाँसेको देख्दा अरू धर्मावलम्बीहरूलाई दुःख लाग्ने स्वभाविकै हो । जुन परापूर्वकालमा बौद्ध क्षेत्र थियो ।