काठमाडौं खबर माघ १२, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आफ्नो चुनावी क्षेत्रमा भैरहेका विकास निर्माणका बिभिन्न गतिबिधिका निरीक्षण गरेका छन् । नेपाली कांग्रेस स्थापना दिवश पारेर आयोजना गरिएको निरीक्षण तथा अनुगमन कार्य क्षेत्र नं ४ अधिकांश वडामा भएको बताइएको छ ।
सांसद थापाको प्रयास एवम् पहलमा भएका तथा अन्य विकासे गतिबिधिको बस्तुगत अनुगमनका लागि पार्टीसँगै थापा फिल्डमा पुगेको संसद सचिवालयले जनाएको छ । क्षेत्र नं ४ भ्रमणका क्रममा थापाले पार्टी पङ्तिसँग पनि भेटघाट गरेको बताइएको छ ।
-तस्वीरः बिजेन्द्र श्रेष्ठ