नेपालमा राष्ट्रको इतिहास र संस्कृतिमा अमिट छाप छोड्ने असाधारण व्यक्तिहरूलाई सम्मान गर्न राष्ट्रिय नायक (राष्ट्रिय विभूति) को मान्यताको ठूलो महत्त्व छ। नेपालमा राष्ट्रिय नायकको मान्यता सन् १९५५ (विसं २०१३) मा महत्वपूर्ण घोषणासँगै सुरु भएको थियो । राजा महेन्द्रद्वारा नियुक्त प्रख्यात लेखक बालकृष्ण सामको नेतृत्वमा गठन भएको आयोगले पहिलो १३ राष्ट्रिय विभूतिको सूचीकरण गरेको थियो ।
देश र जनताका भलाइका लागि सम्पूर्ण जीवन समर्पण गर्ने असल राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रिय विभूति भनिन्छ व्यक्तिगत स्वार्थ, लोभ, अहदुकार जस्ता दुर्गुणलाई पर फालेर देश विकास र मानव हितका लागि लाग्ने तथा राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने मानिस राष्ट्रिय विभूतिका पक्तिमा पर्दछन् यस्ता व्यक्तिले राष्ट्रिय सम्मान प्राप्त गर्दछन् नेपालमा पनि राष्ट्रियताका लागि देशको भूगोल, प्रकृति, संस्कृति, कला, साहित्य आदिका उत्थानका लागि दिनरात जुटिरहने महावीरहरू छन् ।
विगत २५ वर्षमा नेपालका १८ राष्ट्रिय विभूति बनेका छन् । उनीहरूले नेपाली जनताको सामूहिक स्मृतिलाई आकार दिँदै राष्ट्र निर्माणको प्रक्रियामा निर्णायक भूमिका खेलेका छन् । आध्यात्मिक नेताहरू र कविहरूदेखि साहसी सिपाहीहरू र सुधारकहरूसम्म फैलिएका, प्रत्येक विभूतिले नेपालको पहिचानको एक विशिष्ट पक्षलाई मूर्त रूप दिन्छ। २०१७ देखि २०६० सालसम्म विभूति घोषित १३ जनाको हकमा सम्भवतः नरकारात्मक टीकाटिप्पणी र आलोचना हुने गरेका छैनन् । आलोचनारहित यी १३ जनामा राजा जनक, आदर्श नारी सीता, गौतम बुद्ध, अंशुवर्मा, अरनिको, रामशाह, पृथ्वीनारायण शाह, भानुभक्त, भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, मोतीराम भट्ट र राजा त्रिभुवन रहेका छन् । २०६० सालयता राष्ट्रिय विभूति घोषित पाँचजनामा शंखधर शाख्वा, महागुरु फाल्गुनन्द, पासाङ्ल्हामु शेर्पा, वीर भक्ति थापा र जयपृथ्वी बहादुर सिंह रहेका छन् ।
लोकतान्त्रिक सरकारबाटै घोषित यी पाँचजना राष्ट्रिय विभूतिको पूर्व पृष्ठभूमि तथा उनीहरूले राष्ट्रको गौरव र मर्यादा बढाउन पुर्याएको विशेष योगदान पनि उल्लेखनीय रहेको छ। लोकतान्त्रिक सरकारले राष्ट्रिय विभूति घोषणा गरेको पहिलो व्यक्ति शंखधर शाख्वा हुन् । उनी काठमाडौंको मरुटोल निवासी सुन व्यापारी थिए । नेपाल संवत्बाहेक शंखधर सम्बद्ध ऐतिहासिक प्रमाण अरू छैन । तथापि जनश्रुति र कथनकै आधारमा सरकारले शंखरधरलाई राष्ट्रिय विभूति घोषित गरेपछि नै शंखरधरलाई चिनाउने अभिप्रायले मल्ल के सुन्दरले लेखेको ‘शंखधर’ उपन्यासमा जनश्रुति र कथनले स्थान पाए पनि त्यसलाई प्रमाणित गर्ने अन्य आधार छैन । शंखरधर ११औं शताब्दीका हुन् भन्ने विश्वास गरिँदै आएको छ ।