

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले आलोचित भैरहन्छ । कहिले आफ्नो कर्मले त कहिले आफ्नो बोलिले । के गर्ने वा के बोल्ने हेक्का नभएका व्यक्तिरूपमा आलोचना भैरहने अधिकारीले कपन डुबानका बारेमा सांसद गगन थापा महानगर मेयर बालेन शाहलाइ दोष दिएका छन् ।
कमजोर शैक्षिक पृष्ठभूमि तथा विकाससम्बन्धि सोच एवम् आयातनका अभाव भएका मेयरहरूको गिन्तिमा पहिलो नम्बर पर्ने भनेर बुढानीलकण्ठमै आलोचित मेयर अधिकारीले नगरपालिकाभित्र एमालेले आयोजना गरेको एक कार्यक्रममा कपन डुबान समस्या समाधान गर्न सांसद गगन थापाले नचाहेको भनेर बताएपछि आलोचित भएका हुन् ।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को वडा अधिवेसनको उदघाटन सत्रमा बोल्दै प्रमुख अधिकारीले आफ्नै पहल र निणर्यमा कपनका खोलाहरूमा ढल हाल्ने निणर्य गरेका कुरा बिर्सिँदै सांसद थापालाइ गाली गरेका हुन् । मेयर अधिकारीले बोल्ने क्रममा काठमाडौँ महानगर तथा मेयर बालेन शाहको पनि आलोचना गरेका छन् । मेयर अधिकारीले कपन डुबानका बारेमा आफुले सांसद थापासँग कुरा गर्न खोज्दा समय नदिएको भन्दै महानगरले खोला खोल्दा मौन बसेको भनेर आलोचना गरेको हुन् ।
०५४ सालमा तत्कालिन कपन गाविसको अध्यक्ष हुँदा मिठाराम अधिकारीले आफ्नो कार्यकालको अन्त्यतिर कपनका खोलाहरूमा ढल हाल्ने निर्णय गरेका थिए । हाल कपन १० मा रहेको मेयर अधिकारीको निवाससँगै पनि एउटा खहरे थियो । अधिकारीको घरको २ वटा कोठा सो खहरेको भागमा परेको भनेर पटक पटक कुरा उठ्ने गरेको छ । तर अधिकारी यो विषयमा चुँक्क पनि आवाज निकाल्न चाहदैनन् ।
घरजग्गा कारबारी छविका मेयर अधिकारीको हाल साँप्रेढुंगामा रहेको ३ तले टहरो पनि नगरपालिकाको मापदण्ड विपरीत बनेको भनेर आवाज उठिरहेको छ ।