काठमाण्डौ – काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले आउँदो माघ १ गतेदेखि काठमाण्डौ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी माघ १ गतेदेखि काठमाण्डौ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी गएको बुधवार बेलुकीदेखि फेरि काठमाण्डौमा पथान्तरण गरिएको छ ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने सहमति भएअनुसार बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पथान्तरण गरिएको छ ।
निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाण्डौ पथान्तरण गरिएको हो । , २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले पुष मसान्तसम्ममा मेलम्ची खोलाको पानी काठमाण्डौको सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।’
झन्डै २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम शुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको हो । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले आउँदो माघ १ गतेदेखि काठमाण्डौ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ आउने छ । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पठाएको थियो ।