कोत पर्व नेपालको इतिहासमा दोश्रो ठूलो हत्याकाण्ड हो। रानीको बिश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरू बीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो।
गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा सर्वप्रथम अभिमान सिंह बस्नेत मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे लगायतका ३१ जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यश घटनामा ११ चौतारिया, ६ पांडे ,३ थापा र ११ अन्य क्षेत्रीय भारादारकोहत्या भएक्क थियो।
काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम सर्जक थिए। उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, नरसिंह थापा र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए । उनी राजा रणबहादुर शाह, महारानी राज राजेश्वरी र भीमसेन थापासँगै बनारस गएको थिए । माथवर सिंह थापाको हत्या पछि बनेको मन्न्री मण्डलमा उनी पाँचौ बरियतामा थिए । उनको मातहतमा एक रेजिमेन्ट सेना थियो । बडामहाराजका काजी तुलाराम पाँडेका नाति दलभञ्जन पाँडेलाई काजीको पगरी बख्स गरेको श्री ५ गीर्वाणयुद्ध को लालमोहर । काजी दलभञ्जन पाँडेको कोतपर्वमा हत्या भएको थियो ।
उनी सरदार जगजीत पाँडेका पुत्र थिए, जो गोरा पाँडे गुटका थिए। उनका हजुरबुबा काजी तुलाराम पाँडे कान्तिपुरको लडाइँमा १८२५ इन्द्रजात्रामा वीरगतिको प्राप्त भएका थिए। उनका सबै दाजुभाइहरू- जङ्ग वीर, वीरभञ्जन र सिंह वीर आफ्नो जीवनमा काजी बनेका थिए। उनका काका रणजीत पाँडे एक समय नेपालको मुलकाजी बनेका थिए। भने उनका काका भोटु पाण्डे नेपाल चीन युद्धको आक्रमणमा सैन्य अधिकारी थिए ।
यस्तो विभत्स र दु:खलाग्दो स्थितिको नतिजा जङ्गबहादुर प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो। यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने (बस्न्यात खलक, भने जुठो परेकाले कोतमा उपस्थित हुन पाएनन् र बचे) भने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए । यस पर्व सँगै जङ्गबहादुर प्रधानमन्त्री / मुख्तियार भए राणा शासनको उदय भयो। यही काण्डले जङ्गबहादुरको उदय भएको थियो।