काठमाडौं । बुढानीलकण्ठ भेकको सबैभन्दा पूरानो सामुदायिक खानेपानी संस्था हो, कपन जोरधारा खानेपानी संरक्षण संस्था । पचासको दशकको अन्त्यतिरबाट स्थानीय नागरिकहरूले खानेपानीको सहजताका लागि सुरू गरेको सानो अभियान विस्तारका क्रममा कपन जोराधारा खानेपानी संरक्षण संस्था बनेको हो । यस संस्थाले लगभग १२०० घरलाई खानेपानीको आपूर्ति गर्दै आएको छ ।
भूमिगत पानीको प्रयोग गरेर कपन भेकमा काकाकुलझैँ भएको बस्तीमा यस संस्थाले खानेपानी वितरण गरेर उर्जा प्रदान गरेको थियो । करिब ५ लाख लिटरको वितरण ट्याङ्कीसमेत रहेको खानेपानी वितरण प्रणालीमा पछिल्ला समय भूमिगतरूपमा कम पानी निस्किन थालेपछि सांसद गगन थापा तथा उनको संसद कार्यालयको भूमिकामा खानेपानी संस्थानको पानी जोड्ने काम भएको छ भने एउटा भूमिगत डिपबोरिङ पनि संचालित छ । बिधिवत संस्था दर्ता भएपछिका १६ वर्षमा यस पानी उत्पादन तथा वितरण प्रणालीले बिबिध उतारचढाव भोगेको छ ।
राजनीतिक खिचातानीदेखि व्यवस्थापकीय असक्षमताका कारण मर्यो मर्यो भन्ने अबस्थामा पुगेरको जोरधारा खानेपानी संस्था यतिखेर जुर्मुराउने प्रयत्नमा छ । कपनभित्र सबैभन्दा घनाबस्तीमा खानेपानी वितरण गर्ने काममा सक्रिय रहेको संस्था सक्रियताका साथ जुर्मुराउन लागेको देखेर स्थानीयवासी उत्साहित भएका छन् ।
संस्थाको १५ वार्षिक साधारण सभा
संस्था स्थापना भएको अलि धेरै समय भए पनि विधिवत् दर्ताको हिसाबले पुष २१ गते शनिवार १५ औँ साधारणसभा गर्दैछ । यो साधारणसभामा संस्था आयव्यय विवरण तथा प्रगति विवरण पेश गर्ने सभामात्र नभएर ७ औँ अधिवेशन पनि हो । यस अधिवेशनले संस्थामा नयाँ नेतृत्व दिँदैछ । साधारणसभा कार्यक्रम जोरधारा खानेपानी संस्था नजिकै रहेको बुढानीलकण्ठ १२ स्थित इभरसाइन पार्टी भेन्युमा हुनेछ ।
गगन थापा प्रमुख अतिथि
वार्षिक साधारणसभा कार्यक्रमको प्रमुख अतिथि सांसद गगन थापा रहने संस्थाका उपाध्यक्ष रामप्रसाद लुइँटेलले बताएका छन् । थापाको चुनावी क्षेत्रमा रहेको खानेपानी उत्पादन तथा वितरण प्रणालीलाइ राम्रो र व्यवस्थित बनाउने काम गर्दै आएका सांसद थापाको पहलमा खानेपानी संस्थानको पाइप लाइन जोरधाराको ट्याङ्कीमा जोडिएको । सांसद थापाले साधारणसभा कार्यक्रमको उद्घाटन गर्नेछन् ।