काठमाडौं खबर पुस १५, २०८०
ल्होसार शब्द (ल्होंसार) मिलेर बनेको शब्द हो । गुरुङ्ग भाषामा ल्होको अर्थ वर्ग र सारको अर्थ नयाँ हो । त्यसैले ल्होसार भनेको नयाँ वर्ष हो अर्थात एक साल समाप्त भएर अर्को नयाँ सालको आगमन हुनु हो । तिब्बती वर्मेली उत्पतिका मुल जातिगत मान्यताहरुमा ल्होसार १२ भागमा बाडिएको हुन्छ । जुन १२ वटा जीवजन्तुहरुको नाममा नामकरण गरिएको हुन्छ । १२ जीवजन्तुमध्ये प्रत्येक वर्षका लागि एक–एकवटा तोकिएको हुन्छ । १२ वर्षको चक्र पूरा गरेपछि त्यही ‘ल्हो’ पुन दोहोरिएर आउँछ । त्यसलाई ल्हो बहोर (वर्ग चक्र) भनिन्छ ।
नेपालमा ल्होसार तीन प्रकारले मनाइन्छ । जुन तल निम्नानुसार रहेका छन्ः
१) तोला ल्होसारः–तिब्बती भाषा अनुसार तोला शब्दको अर्थ समय परिवर्तन भन्ने बुझिन्छ । पौष १५ कै दिन ‘ल्हो’ वर्ग परिवर्तन हुनाले पौष कृष्ण पक्षको प्रतिपदामा पनि ल्होसार नै गुरुङ्गहरुकोल्होसार हो ।
२) सोनाम ल्होसारः– यसको शाब्दिक अर्थमा भन्नुपर्दा कृषकहरुको ल्होसार भन्ने बुझिन्छ । सोनामको अर्थ किसान हो । यो पर्वलाई नेपालमा तामाङ्ग जातिले विशेष गरी मनाउदै आएका छन् ।
३) ग्याल्बो ल्होसारः–ग्याल्बो भनेको तिब्बती भाषामा राजा हो । त्यसैले ग्याल्बोलाई राजाको ल्होसार भन्ने गरिन्छ । यो तिब्बती परम्परा अनुसार तिब्बतका राजघराना र राजकीय गुम्बाका ठूलाबडा लामाहरुले मान्ने गर्दछन् ।
नेपालमा यो प्रायः गरी शेर्पा तथा हिमाली समुदायमा बसोबास गर्ने जातिले मनाउने गर्दछन् । ल्होसार मान्ने आ–आफ्ना तरिकाहरु छन् । गुरुङ्ग जातिले भने पौष १५ लाई नै वर्ग फेरिने दिनको रुपमा मान्दछन् । यो पर्व गाँउघरको परिवेशमा टोल छिमेक तथा साथी संगीहरु सामुहिक भेला भई वनभोज खाने प्रचलन रहेको पाइन्छ । आजभोलि सहर बजारमा यो पर्वलाई धुमधामका साथ चेलीबेटीलाई निम्तो गरिसँगै बसी विभिन्न नाचगानका साथ रमाइलो गरी भोज खाने, बौद्ध गुम्बामा गई पुजा गर्ने, ग्रहदशा काट्ने, बर्जित वर्गहरुको जन्तर लगाउने, दान, दक्षिणा गने गर्दछन् ।
प्रत्येक गुरुङ्ग समाज, भाइखलक, साथीभाइ जम्मा भई सामुहिक भोजको आयोजना गरी ल्होसार पर्वको एक आपसमा शुभकामना आदानप्रदान गदै मनाउने गरिन्छ । ल्होसार मान्नु नै आफ्नो सास्कृतिक परम्परालाई मान्यता दिनु र समाज लाई व्यवस्थित गर्नु हो । पूर्वका गुरुङ्गहरु आफ्नो जातिय भाषा बोल्दछन्भने गण्डकी क्षेत्रको पश्चिमी गोर्खादेखि पर्वतसम्म तथा स्याङ्गजाका गुरुङ्गहरु आफ्नो जातिय भाषा बोल्दैनन् तर आज पूर्वका गुरुङ्गहरुले पनि आफ्नो जातीय भाषा संस्कृति अपनाउन र सिक्न थालिसकेका छन् ।