सन् १९५२ मा पहिलो पटक नेपालबाट अमेरिकी फुलब्राइट छात्रवृत्ति पाएर योगप्रसाद उपाध्याय र रामचन्द्र मल्होत्रा उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका थिए। योगप्रसाद उपाध्याय भने अमेरिकाको ‘अमेरिकन युनिभर्सिटी’ पुगेका थिए। सन् १९५३ को फेब्रुअरीमा युनिभर्सिटीकै पत्रिकामा उनको तस्बिर सहित प्रकाशित भएको खबर रहेछ यो ।
वि.सं. २००७ सालमा प्रजातन्त्र आउँदा नेपालमा करिव दुई प्रतिशत साक्षरता थियो भने पहिलो निर्वाचन वि.सं. २०१५ सम्म आउँदा करिव ६ प्रतिशत सम्म थियो। नेपालल कति पछि मात्र पश्चिमी आधुनिक शिक्षा संग जोडिन पुग्यो भन्ने उदाहरण हुन मल्होत्रा र उपाध्याय। अघिल्लो पुस्तालाई बिधालय स्थापना गर्नु र बालबालिका बिधालय सम्म पुर्याएर साक्षर बनाउने चुनौती थियो भने अहिलेको पुस्तालाई शिक्षामा गुणस्तर कायम गर्दै त्यसलाई रोजगार र उत्पादनसँग जोड्नुपर्ने चुनौती छ। तर दुर्भाग्य आज त्यस्तो हुन नसकी सरकारी बिधालयमा शिक्षाको गुणस्तर झन्झन् खस्कंदै गएको छ भने शिक्षामा व्यापारीकरण समेत तीब्र रुपमा बढ्दै गएर दुई तीन थरिको बिद्यार्थीका रुपमा समाज बाँडिन विवश भएको छ ।
सात सालको क्रान्तिमा समेत नेपाली कांग्रेसबाट सहभागी भएका उनी अध्ययन गर्न अमेरिका जाँदा त्यतिबेला गृहमन्त्रालयका डेपुटी सेक्रटेरी रहेछन्। त्यस्तै वि.सं. २०४६ सालको परिवर्तन पछिको अन्तरिम सरकारमा गृहमन्त्री हुँदै पछि छोटो समय अमेरिकाको लागि राजदूत समेत भए ।