काठमाडौं । मदन पुरस्कार विजेता पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय तोकिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार आरोपमा दोषी ठहर भएका उनलाई कैद सजाय तोकेका हुन्।
यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।
सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा पुस ११ गते दोषी ठहर गरेको थियो।
विसं। २०६३ को मदन पुरस्कार पाएका छन्। नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको कथालेखनमा आफ्नै विशिष्ट पहिचान छ।