काठमाडौं खबर माघ ४, २०८०
काठमाडौँ — सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका–६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । जनवादी गायकका रुपमा चिनाइने पुन माओवादी केन्द्र निकट कार्यकर्ता हुन् ।