![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । पर्यटकीय नगरीका रुपमा चर्चित काठमाडौंको ठमेल चौबीसै घण्टा खुल्ने भएको छ। रात्रिकालीन समयमा पनि व्यवसाय सञ्चालनको लागि मापदण्ड बनाएर बजार खोल्न दिने तयारी भएको हो। ठमेल पर्यटन विकास परिषद्ले नै ‘व्यवस्थित ठमेल, सुरक्षित ठमेलको अवधारण अनुरुम घरधनी, व्यवसायी तथा पर्यटकको शान्तिसुरक्षा व्यवस्थापन आचारसंहिता २०८०’को मस्यौदा बनाई जिल्ला सुरक्षा समितिमा बुझाएको छ।ठमेल खुल्ला गरिँदा खासगरी दोहोरी साँझ, गजल बार, लाउञ्ज बार, डान्स रेष्टुराँ, डिस्को पप बार, लाइभ ब्यान्ड, रेष्टुराँ र व्यवसाय मध्यरातिसम्म सञ्चालन हुनेछन्।
अहिले ठमेलभित्रका होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल, गार्मेन्ट, क्यूरियोसप, हस्तकला सामग्री पसल, मनि चेञ्जर, स्पा, फास्टफुड, कफी तथा बेकरी सप, मार्ट, ग्रोसरी सप, फलफूल तथा तरकारी, ट्रेकिङ गियर सफ, पुस्तक पसल, आर्ट ग्यालेरी, सुवेनियर सप राति ९–१० बजे नै बन्द हुने गरेको छ। विशेषतः ठमेलका रेष्टुरेन्ट १२ बजे, डान्सबार, दोहोरी २ बजे र क्लब बिहान ४ बजेसम्म चल्दै आएका छन्।