काठमाडौं । नेपालमा विसं १९९० सालमा गएको महाभूकम्पको ९० वर्ष पूरा भएको छ । यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भएका थिए । पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव थिएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा, निर्व्याजी ॠण सुविधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।
भूकम्पमा भूकम्प पीडितले भूकम्पपीड़ितोद्वारक ऋणसंस्थाबाट ऋण सापटी लिनलाई फारम भर्नुपर्ने व्यवस्था गरेका थिए । पाटन इलाछे टोलकी लत माया चित्रकारीनीले ३०० रुपैयाँ सापटी लिनलाई भरेको आवेदन फारममा उनले पूरा व्यक्तिगत विविरणहरू भरेकी छन् ।
यसबाट काठमाडौं उपत्यकामा आधुनिक किसिमबाट पुननिर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चाँदी लिइ डेढ करोड बराबरका मुद्रा गराएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।
वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा प्रलयदूत महाभूकम्प गएको थियो। त्यस दिन सूर्य, चन्द्र, मङ्गल, बुध, शनि, राहु र शुक्र समेत मकरराशिमा सातओटा ग्रह एकै रेखामा परि गोलयोग परेको कुरा पहिले नै ज्योतिषीहरूले उत्पातको भविष्य भनेका थिए।