

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यो अवधिमा १४ वटा वाणिज्य बैंकहरुले अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले खुद नाफा कमाएको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः २ अर्ब ७३ करोड ७९ लाख र २ अर्ब ६० करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
अर्ब कमाउने अन्य बैंकहरुमा प्राईम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्रभु बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन् ।