- जीआर रञ्जीत
आधुनिक समयमा लुगा धुन विभिन्न वासिंङ मेसिनको प्रयोग गरिन्छ । वासिंङ मेसिन बन्नु अगि सर्फ र साबुनको प्रयोग गरिन्थ्यो । साबुन नै नबनेको समयमा कसरी लुगा धुन्थे ? त्यस समय लुगा धुने आफ्नै मौलिक विधि हुने गर्दथ्यो । त्यस विधिलाई खँ याङ्केगु भनिन्छ । यस विधिमा फोसी (एक प्रकारको मासु पकाउने भाडो) माथि पोतासी (रक्सी पार्ने भाडो) राखिन्छ ।
त्यस भित्र नौ (छ्वाली बाले पछि निस्किने ) राखिन्छ र माथिबाट पानी हालिन्छ । यसरी हालेको पानी तलबाट रातो पानी निस्किन्छ । यसै पानीलाई हाल सर्फ पानी जस्तै प्रयोग गरिन्छ । यस पानीमा हेमा (मसिनो भुस) को पनि प्रयोग गरिन्छ । यसरी तयार पारिएको पानीमा धुनु पर्ने लुगा राख्दछ र धुन सुरु गरिन्छ ।
लुगा निकै मैलो भए हिजामगले बेसरी पिट्छ वा छ्वा वाइगु (लुगालाई बजार्नु) गरिन्छ । यति गरेपछि लुगाको मैलो निस्किन्छ र खोलाको पानीमा पखालिन्छ । यति गरेपछि लुगा धुने कार्यले पुर्णता पाउँछ ।
तलको फोटो नेपाल भाषाको गीत “मन जिगु स्यंका बिल ट्याक्सी डाइभर चां” बोलको गीतको हो । यस गीतमा यस खँ याङ्केगु विधि देखाएको छ ।