![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । पचली भैरव १२ वर्षे खड्ग सिद्धि जात्राअन्तर्गत माघ १२ र १३ गते (शुक्रबार र शनिबारका) दिन टोखाको ‘थनेलाछि’मा पचली भैरब गथु प्याखँ नाच हुने भएको छ । ४८ वर्षपछि यो नाच हुन लागेको बताइएको छ । उत्तरी भेगस्थित पुरानो बजार टोखामा हरेक वर्ष खड्ग जात्रा मनाउने गरिन्छ । तर गथु प्याखँ नाच भने धेरै लामो समयपछि हुन लागेको हो ।
त्यसो त प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीको दिन पनि टोखामा जात्रा गर्ने परम्परा छ । विधि विधानअनुसार खड्गको पूजा गरी त्यसलाई बाँसले छोपेर खटमा राख्ने गरिन्छ । स्थानीय तलेजु मन्दिरबाट निकालिएको जात्रा तल्लो लाछीसम्म पु¥याइन्छ । सो जात्रा कहिलेदेखि निकाल्न थालिएको भनेर यकिन साथ भन्न नसकिए पनि प्राचीन समयदेखि टोखाको सुरक्षाका लागि वर्षमा एकपटक सो जात्रा गरिएको विश्वास छ । त्यस क्षेत्रका जीवित देवी, कुमारी र गणेशको समुपस्थितिमा देखाउने खड्ग जात्राले त्यहाँका नागरिक तथा त्यस क्षेत्रको सुरक्षा हुने जनविश्वास रहेको
१२ वर्ष खड्ग सिद्ध जात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भङ्ग भएको छ । अबको एक वर्षसम्म चल्ने यो खड्ग सिद्ध जात्रा वि.सं. २०८१ सालको भलभल अष्टमीका दिन समापन हुनेछ । नाच समापन भएपछि नाचका देवगणहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने परम्परा छ ।