काठमाडौं खबर माघ १७, २०८०
काठमाडौं । लुम्बिनी प्रदेशमा पर्ने देवदह नगरपालिकामा एउटा ऐतिहासिक दरबार छ । हाल नगरपालिकाको ११ नं वडामा पर्ने एक राणाकालीन दरबार अहिले संरक्षणको अभावमा जीर्ण बनिरहेको छ ।
इँटाको पर्खाल झिँगटीको छानोबाट बनेको यो दरबार एक तलाको रहेको छ । यो तत्कालीन समयमा एउटा समृद्ध दरबारको रूपमा रहेको भए पनि यहाँ अहिले स्पष्ट इतिहास बताउने कुनै प्रमाण भेटिँदैन ।
वडाको बड्की गुम्मी गाउँमा रहेको राणाकालीन भवन वि।सं। २००४ सालमा बनेको हो । अहिले थारूहरूको बसोबास रहेको यो गाउँमा कुन राणा खलकले दरबार बनाए भन्ने यकिन भएको छैन । तर पुराना भौतिक संरचनाहरुको संरक्षणको अभावले भने राज्यलाई गिज्याइरहेको देखिन्छ ।
यस्ता संरचनाहरूलाई बचाइ राख्न सके यो नयाँ पुस्ताहरुलाई खुला सङ्रग्रालय हुन सक्छ ।