बुट्टेदार सेतो खास्तो जुन विशेषगरी महिलाहरूले लगाउने गर्छन् त्यसलाई जंगबहादुरकी छोरी डम्बर कुमारीले नेपाल भित्र्याएको भन्ने इतिहास भेट्ने गरिन्छ । यस्तो खास्तो मल्लकालमै नेपालमा अस्तित्वमा थियो भन्न सक्ने अवस्था छ । यस्तै तर फरक रंगको खास्तो धेरैपहिलेदेखि प्रचलनमा रहेको छ । गृहस्थी वा पारिवारिक जीवन त्यागेर बौद्ध प्रब्रजित पवित्र जीवन बिताउने, बुद्ध बिहारलाई आफ्नो निवास बनाउने, समाजमा तथागत बुद्धको धर्म दर्शन प्रचार गर्ने सपथ खाएका कपाल मुडुलो, पहेँलो बस्त्र पहिरेको पुरुषहरुलाई हामी भिक्षु भनेर चिन्छौ । भिक्षुहरुले दस सिल र २२७ वटा नियमहरु पालना गर्दछन । उनीहरुलाई भन्ते सम्बोधनले श्रद्धा सम्मान गरिन्छ । भन्तेहरुलाई चतुप्रत्यय (चार कुराहरूको ) को आवश्यक पर्छ । चिवर (वस्त्र ), बासस्थान, भोजन र औसधि । वास्तवमा यहि नै उनीहरुको भौतिक सम्पत्ति मान्ने चलन छ । यसमध्ये आठ वस्तुहरू अर्थात् अष्ट परिस्कार भिक्षुहरूको व्यक्तिगत सम्पत्ति हुन् ।
बौद्ध भिक्षुका आठ व्यक्तिगत सम्पत्तिहरू:-
ती हुन्:-
(१) संघाटी :- दुवैपट्टि भएको खास्तो ।
(२) उत्तरासँग :- एउटा मात्र भएको खास्तो ।
(३) अन्तरवासक :- लुंगी ।
(४) पात्र :- फलाम वा माटोको भाडो, जुन भाडो भिक्षा माग्न प्रयोग गरिन्छ ।
(५) खुर :- कपास काटने छुरा ।
(६) कायबन्धन :- पुटाका वा पेटि ।
(७) परिस्सावन :- पानी छान्ने कपडा ।
(८) सूचिका :- धागो वा सियो ।
यो खास्तो बनाउने भएरै यो काम गर्ने कालिगडलाई छिपा (रञ्जितकार) भनिएको हो भने यो खास्तोलाई छिगा भनिन्छ । छि भन्नाले नेपाल भाषाका शब्द छिनातगु (छापेको) हो भने गा भन्नाले खास्तो हो । यसरी इतिहास बोकेको चिजलाई सिधै डम्बर कुमारी (जंगबहादुर राणाको छोरी) ले भारतबाट भित्राएको भनेर पेटेन्ड लिई इतिहास लेख्नाले हाम्रो इतिहासमा कतिको सत्यता छ भन्ने प्रश्न उठेको छ ।