काठमाडौं । विक्रम संवत् २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि धेरै शहीदहरुले सहादत प्राप्त गरे । त्यसमध्ये सुरुमा शहीद बन्ने ४ जनाको हालसम्म पनि शहीद दिवसमा स्मरण गर्ने गरिएको छ ।
तर प्रजातन्त्र प्राप्तिमा जनताको बलिदानी भए पनि त्यसपछि जारी गरिएको लालमोहरमा भने राजाको लाजमर्दाे ढंगले चाकडी गरिएको थियो । राणाहरुबाट भागेर भारतमा शरण लिन पुगेका राजा त्रिभुवनलाई उनले जारी गरेको लालमोहरमा प्रयुक्त शब्दहरु आफैँलाई गिज्याउने खालका थिए ।
सो लालमोहरको पृष्ठभूमिमा भनिएको थियो ः ‘स्वस्तीश्री गिरिराजचक्रचुडामणि नरनारायेत्यादि विविधविरुदावली विराजमानयानोन्नत ओजस्वीराजन्य तारा ओमरामपट्ट अतुलज्योतिर्मय त्रिशक्तिपट्ट अतिप्रवल गोरखाददक्षिणबाहु महाधिपति श्रीमन्महाराजाधिराज श्री मन्महाराज त्रिभुवन वीरविक्रम जंगबहादुर शाहबहादुर शमशशेर जंगदेवानाम सदा सरविजयिनाम् ।’
सो लालमोहरमा राणा, राजा र तत्कालीन विद्रोही काँग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको सूची राखिएको थियो । यस्तो छ लालमोहर :