काठमाडौं ।बुढानीलकण्ठ नगरपालिकाका वडाध्यक्षहरूले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लडाइँ गरिरहेको समाचार प्रकाशित भएकै बेला सो नगरपालिकाका मेयर मिठाराम अधिकारी आफै क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बसेको छन् ।
कुनै समय “जे को भए पनि अध्यक्ष बन्न पर्ने व्यक्ति” भनेर आलोचित बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी संकटापन्न कपन बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा आफै बस्न चाहेको बुझिएको छ । नियमतः जनप्रतिनिधि कुनै पनि यस्ता समितिहरुमा बस्न नपाइने भए पनि बुढानीलकण्ठमा यस्ता नियमहरू मानिने गरिएको देखिदैन । मेयर अधिकारी उनकै निवासमा रहेकाे एक सहकारीको अध्यक्ष अझै सक्रिय रहेका छन् ।
बुढानीलकण्ठ वडा नं ११ का वडाध्यक्षले ग्राम शिक्षा मन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा बस्न लडाइँ गरिरहेको समाचारकाबीच मेयर अधिकारी आफै क्याम्पस सञ्चालक समितिमा बसेको निर्णय सार्वजनिक भएको ।
संकटमा रहेको कपन बहुमुखी क्याम्पसलाइ नगरको नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्न लागेको भन्ने शब्दावली राखेर मेयर अधिकारीसहितका जनप्रतिनिधि सञ्चालक समितिमा बसेका छन् । सञ्चालक समितिमा उपमेयर अनिता लामासहित तीनजना वडाध्यक्ष रहेका छन् । जनप्रतिनिधिभन्दा बाहेकका व्यक्तिमा कमल गौतम र माधव आचार्य, केदार पुडासैनी र विष्णु शर्मा रहेका छन् । पुर्व उपमेयर रमा राइ पनि सञ्चालक समितिमा रहेकी छिन् । सो क्याम्पस संचालक समितीको सदस्य सचिवमा क्याम्पस प्रमुख भुमिदत्त पौडेल रहेने बताइएको छ ।