काठमाडौं खबर माघ २३, २०८०
धुर्मुस-सुन्तली फाउन्डेशनले अलपत्र पारेको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला अन्ततः सरकारले सम्पन्न गर्ने भएको छ। आज बिहान बसेको बागमती प्रदेशको क्याबिनेट बैठकले रंगशाला निर्माणका लागि बजेट सुनिश्चितता गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेसँगै अब निर्माण पूरा हुने बताइन्छ ।
यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानीको सहमति भएको थियो । सोहीअनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँको बजेट सुनिश्चित गरेका हुन् ।
रंगशाला निर्माण थालेको धुर्मुस सुन्तली फाउन्डेसनले रकम जुटाउन नसकेको र आफूहरु उल्टै ऋणमा फसेको जनाउँदै निर्र्माणको कामबाट हात झिकेपछि रंगशाला अलपत्र भएको हो ।