काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ख प्रदेश कमिटिले स्थानीयस्तरका नेता तथा पार्टी कमिटिका पदाधिकारीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पछिल्ला समय नियमितरुपमा कार्यक्रम गरिरहेको प्रदेश ‘ख’ कमिटिले फागुन ५ गते शनिवार विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वडा कार्यसमिति तथा पदाधिकारीका साथै भातृ संस्थाका पदाधिकारीलाइ दिइने प्रशिक्षण कार्यक्रममा महामन्त्री गगन थापा उपस्थित रहने बताइएको छ ।
पार्टी सहमहासचिव बद्रि पाण्डे, कृष्ण रिजाललगायतका केन्द्रिय नेतृत्वद्वारा दिइने प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटिका तर्फबाट विसुकुमार केसी तथा क्षेत्रीय कमिटिका तर्फबाट क्षेत्रीय सचिव दामोदर भट्टराइले प्रशिक्षण कार्यक्रममा आफ्नो प्रस्तुति दिने बताइएको छ । रामप्रसाद लुँइटेल नेतृत्वको क्षेत्र नं ४ ‘ख’ प्रदेश समिति निरन्तर बिभिन्न कार्यक्रममार्फत कार्यकर्ता तथा कांग्रेसका सुभेच्छुकमाझ उर्जा प्रदान गरिरहेको भन्दै प्रशंसित भैरहेको छ ।