![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं- क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका कपन बस्ने अल शाहिद ओभरसिज प्रा.लि. को संचालक ४० बर्षीय बलराम भट्टराई रहेका छन् ।
भट्टराईले रविन्द्र मण्डललाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु, त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ र क्यानडा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु जहाँ मासिक ४ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटक पटक गरी जम्मा २० रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टराईको खोजतलास गर्ने क्रममा बिहीबार सुकेधाराबाट पक्राउ गरेका हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।