![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । नेपाली कांग्रेसभित्रको हिन्दुराष्ट्र अभियानका अभियान्ताहरू कांग्रेस प्रभाव विभाग प्रमुख मीन विश्वकर्मासँग आगो भएका छन् । संस्थापन समूहले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डाले स्थान नदिन भूमिका खेलेको तथा तुच्छ अभिव्यक्ति दिएको भन्दै उनीहरू विश्वकर्मासँग् रूष्ट भएका हुन् ।
कांग्रेस महासमिति बैठकका निष्कर्ष औपचारिक रुपमा सुनाउन पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वकर्माले दिएको अभिव्यक्तिप्रति अभियन्ताले चुनौति दिएका छन्। अभियानका संयोजक शंकर भण्डारीले कांग्रेसले हिन्दुराष्ट्रको एजेन्डा वेवास्ता गरे पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी पनि दिएका छन्।
उनले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए। बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दू राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले कुरालाई आत्मसात् नगरेको भन्दै यस्तो चेतावनी दिएका हुन्।
विश्वकर्माले हिन्दु राष्ट्रको एजेन्डा पार्टीको केन्द्रीय समिति बैठकमा प्रवेश नै नगरेको र महासमिति बैठकमा पनि त्यसले स्थान नपाएको दाबी गरेका थिए । हिन्दु राष्ट्रका पक्षधरहरुले महासमिति बैठकको मुखैमा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेर सभापति शेर बहादुर देउवालाई आफ्ना मागसहित हस्ताक्षर बुझाएका थिए।
महासमिति बैठकसम्म पुग्दा हस्ताक्षर गर्ने केन्द्रीय सदस्य संख्या ४० भन्दा धेरै पुगेको थियो। यस्तै महासमिति बैठकमा हिन्दु राष्ट्रसहित १ हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। विधिवत रुपमा महासमिति बैठकअघिको बन्दसत्रमा संयोजक भण्डारीलाई १० मिनेट समय बोल्न दिइएको थियो। तर पार्टीका प्रचार विभाग प्रमुख विश्वकर्माले भने केन्द्रीय कार्यसमितिको बैठकमा उक्त प्रस्ताव नआएको दाबी गरेका छन्।
‘